व्यक्तिगत र सरकारी जमिनमा अवैध उत्खनन गरेको उजुरी परेपछि दुई साताअघि प्रशासनले रोक लगाएको चौदण्डीगढीको लामा खोला र माडीबास क्षेत्रमा अख्तियार टोलीले निरीक्षण अनुगमन गरेको छ। चौदण्डीगढी नगरपालिका २ र ४ नं. वडाको लामा खोला आसपास अवैध उत्खनन भएको स्थानीयको चर्को गुनासोपछि जिल्ला प्रशासन कर्यालय उदयपुरले रोक लगाएको थियो।
रोकिएको उत्खनन कार्य प्रशासनले खोल्ने नखोल्ने टुङ्गो नलाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि टोली घट्नास्थल पुगेर उत्खननको नापजाँचसेमत गरेको छ। अख्तियार कार्यालय इटहरीबाट आएको टोलीले जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि र स्थानीयवासीसँग सोधपुछ गर्नुका साथै उत्खनन क्षेत्र पुगेर नापजाँच गरी फर्केको छ।
फिल्ड निरीक्षणका क्रममा अख्तियारको टोलीले चौदण्डीगढी वडा नं. ७ का वडाध्यक्ष केशव अधिकारी, ४ नं. वडाध्यक्ष लुङ्गराज राई, २ का पूर्व वडाध्यक्ष सन्तोष सुवेदी, ७ नं. पूर्व वडाध्यक्ष तेजराज तिम्सिना र नेपाली कांग्रेस नगर सभापति राजेन्द्र पौडेललगायतसँग कुराकानी गरेको जनाइएको छ।
नगरपालिकाको अनुमति लिएको भन्दै ठेकेदार कम्पनी साङ्गे छोयलिङ कन्सट्रक्सन प्रालिले स्थानीयको निरन्तर गुनासोका बाबजुद सो क्षेत्रमा ठूलो परिमाणको ढुङ्गा माटो उत्खनन गर्दै आएको छ। आफ्नो भोगचास गर्दै आएको जमिनमा उत्खनन नगर्न स्थानीयवासीले पटकपटक आग्रह र चेतावनी दुवै दिँदा पनि नरोकेपछि बाध्य भएर प्रशासन र जिल्ला समन्वय समितिमा उजुरी दिएका थिए। उजुरीपछि समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको संयुक्त टोली १९ वैशाखमा स्थलगत निरीक्षणमा पुगेर विवाद समाधान नभएसम्म उत्खनन नगर्न रोक लगइाएको थियो।
यही बिचमा चौदण्डीगढी ७ का वडाध्यक्ष अधिकारीले २२ वैशाखमा अख्तियारमा उजुरी दिँदै उत्खनन कार्यको सत्यतथ्य छानबिन गर्न माग गरेका थिए। आफ्ना वडावासीले चासभोग गर्दै आएको जमिन बस्ती नै जोखिममा पार्ने गरी अनधिकृत उत्खनन गरेको भन्दै सो कार्य गरेको माग बमोजिम अख्तियार टोली आएको बताइएको छ। वडाध्यक्ष अधिकारीले माडीबास तथा लामाखोला बरपानी क्षेत्रको नदीजन्य पदार्थ अवैध उत्खनन गरेको पाइएपछि अख्तियारमा उजुरी दिएको बताएका थिए।
उजुरीका आधारमा अख्तियारले छानबिन थालेको अख्तियारले उत्खनन क्षेत्रबाट निकालेको गिटी ढुङ्गा बालुवाको परिमाणबारे यकिन गर्न मिहीन ढङ्गले नापचाँज गरेको वडाध्यक्ष अधिकारीले बताएका छन्। व्यक्तिगत, सार्वजनिक र सरकारी जग्गाबाट जथाभावी ढुङ्गा, गिट्टी, बालुवा र माटो निकालेर खुलेआम नगरबाहिर लाने गरेको स्थानीय बताउँछन्।
वडाध्यक्ष अधिकारीले ‘ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (संशोधन २०७९)’ विपरित गैरकानुनी तवरले उत्खनन गर्ने गरेको आरोप लगाउँदै आएका छन्। व्यक्तिगत नम्बरी जमिनसँगै ऐलानी, सरकारी र सार्वजनिक तथा चुरे वन क्षेत्रसमेत दोहन गरेकाले अख्तियारमा उजुरी गर्न बाध्य भएको अधिकारीको भनाइ छ।