डिभिजन वन कार्यालय उदयपुर, गाईघाटले चालु आर्थिक वर्ष ०८१/८२ मा अढाई करोडभन्दा बढी राजश्व उठाएको छ। डिभिजनले वनसँग विभिन्न शीर्षकमा राजश्व उठाउने गरेको छ ।
जस अनुसार डिभिजनले उपभोक्ताबाट अन्य सेवा शुल्क, अन्य प्रशासनिक सेवा शुल्क, वन क्षेत्रको आय, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा तथा वन क्षेत्रको रोयल्टी शिक्षकमा राजश्व सङ्कलन गर्ने अधिकार राख्दछ । यी सबै शीर्षकमा डिभिजनले २ करोड ६७ लाख ४० हजार ४ सय ४१ रुपैँया आमदानी गरेको छ।
डिभिजन प्रमुख (डिएफओ) रामभगत यादवका अनुसार सबभन्दा बढी राजश्व अन्य क्षेत्रको रोयल्टी शीर्षकमा उठेको छ । सो शीर्षकमा २ करोड ५५ लाख ५८ हजार ३ सय ५६ रुपैँया उठेको छ । ४ लाख २५ हजार धरौटी सदरस्याहाबाट उठेको छ । अन्य सेवा शुल्क ८३ हजार ६ सय १२ रुपैँया, वन क्षेत्रको अन्य सेवा शुल्कबापत १ हजार ५ सय र दण्ड जरिवाना ५ सय ५० रुपैँया सङ्कलन भएको डिएफओ यादवले बताए ।
डिएफओ यादवका अनुसार डिभिजनले वन संरक्षण, विकास, प्रवर्द्धन तथा डढेलो नियन्त्रण र वन पैदावारको उत्पादन र विक्री वितरण गर्ने काम मात्र गर्ने गरेको छ । जस अन्तर्गत बिरुवा उत्पादन, रोपन, विक्री वितरण, संरक्षण र संबद्र्धनबारे प्रचारप्रसार र गतिविधि गर्ने काम पनि गर्ने गरेको छ ।
तर, धेरैजसो वन जङ्गलको सुरक्षा र वन पैदावारको जिम्मा सामुदायिक वन उपभोक्ता समूहलाई दिइसकेकाले उनीहरूकै जिम्मामा वनसम्बन्धी गतिविधि हुने गरेको छ । गाईघाट डिभिजन अन्तर्गत ७४ हजार ४ सय ७८ हेक्टर क्षेत्रफल जमिनमध्ये ४९ हजार २ सय ४४ हेक्टर वन क्षेत्रले ओगटेको छ ।
यो डिभिजन अन्तर्गत सदरमुकाम त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिका पर्दछन् । यी ३ वटै नगरपालिकाभित्र ३ सय ८१ सामुदायिक वन उपभोक्ता समूह गठन भएर क्रियाशील रहेका छन् । समुदायमा आधारित उपभोक्ता समूह गठन भएकाले वनसम्बन्धी सबै गतिविधिको जिम्मा उनीहरूमै रहने र डिभिजन र सब डिभिजनले उनीहरुलाई नियमन मात्र गर्ने डिएफओ यादवले बताएका छन् ।