र
उदयपुर, वैशाख १३
अदालत र कर्मचारी संयन्त्रको अवरोधबीच झन्डै ६ महिनापछि उदयपुर सिमेन्ट उद्योग सुरु भएको छ। गत मंसिरदेखि पूर्णरूपमा बन्द रहेको उद्योग बिहीबार बिहान ‘किल्न फायरिङ’ भएको हो।
निमित्त महाप्रबन्धक महेश साहले कानुनी झमेला र कर्मचारीहरूकै अवरोधबीच फायरिङ गरेर उद्योग पुनः सञ्चालन गर्न थालेको बताए। बिहान
१०ः४० बजे किल्न फायरिङ गरिएको उद्योगको मेसिन उपकरण सञ्चालन भइरहेको छ। कम्तीमा आठ घण्टा मेसिन चलेपछि क्लिङ्कर उत्पादन हुन थाल्ने जिएम साहले बताए।
उनका अनुसार हाललाई कम्तीमा प्रतिदिन चार सय मेट्रिकटन क्लिङ्कर उत्पादन हुने अनुमान गरिएको छ। उद्योगसँग अहिले चाहिने कच्चा पदार्थ कोइला र डिजेल १२ दिनसम्म पुग्ने मौजुदा रहेको छ। त्यतिन्जेल उद्योग सुरु गर्न सके थप कच्चा पदार्थ खरिद गर्नुपर्ने हुन्छ। १२ दिन उत्पादन भएको क्लिङ्कर सिमेन्ट बनाएर बिक्री वितरण गरे रकम जम्मा भएर पुँजी परिचालन (रनिङ) गर्न सकिने साह बताउँछन्।
‘अहिलेलाई कानुनी र अन्य विभिन्न अवरोधका बाबजुद किल्न फायरिङ गरेर उद्योग चलाउन थालेका छौं’, साहले भने, ‘मौजुदा कच्चा पदार्थले हामीलाई कम्तीमा १२ दिन क्लिङ्कर उत्पादन गर्न पुग्छ। त्यसपछि थप सञ्चालन गर्न कोइला र डिजेल किन्नुपर्ने हुन्छ।’ मौजुदा कच्चा पदार्थ सकिएपछि भने थप खरिद गर्नका लागि बजेट नभएकाले सिमेन्ट बिक्री गरेर पुँजी परिचालन गर्ने अपेक्षा उद्योगले
गरेकोे छ।
उद्योग चलाउन नेपाल विद्युत् प्राधिकरणसँग पनि सल्लाह भएको र प्राधिकरणले नियमित विद्युत् आपूर्ति गरिदिने वचन दिएको छ। विद्युत्को बक्यौता करोडौं बाँकी रहे पनि उद्योग चलाउन विद्युत् अभाव हुन नदिने प्रतिबद्धता जनाएको जिएम साहले बताए। ‘हामीले उद्योग सुरु गर्नका लागि बाधा नगरिदिन प्राधिकरणलाई पनि भनेका छौं’, उनले भने, ‘प्राधिकरणले विद्युत् नरोक्ने वचन दिइसकेकाले त्यसतर्फ समस्या छैन।’
साहका अनुसार एक महिनाघि बन्द उद्योग सुरु गर्न मेसिन उपकरण मर्मतसंभार भइरहेका बेला ललितपुर जिल्ला अदालतले सप्लायर्सको बक्यौता रकम भुक्तानी गर्न पत्र पठाएको थियो। वैशाख ५ गते नै फायरिङ गर्ने गरी तयारी भइरहँदा अदालतले उद्योगलाई चार हजार मेट्रिकटन कोइला आपूर्ति गरेको बक्यौता नौ करोड ९२ लाख ७७ हजार रूपैयाँ १५ दिनभित्र जम्मा गर्न पत्र लेखेको साहले बताए। अन्यथा उद्योगका नाममा रहेका विभिन्न बैंकका खाताहरू बन्द हुने चेतावनी पनि पत्रमा दिइएको उनले बताए।
पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड दैनिक आठ सय मेट्रिकटन गैंडा सिमेन्ट उत्पादन गर्ने क्षमताको हो। अदालतले वैशाख २ गते लेखेको पत्रानुसार २०८१ चैत २९ गतेको आदेश अनुसार कोइला सप्लायर्स आपूर्तिकर्ता पायोनियर होल्डिङको बक्यौता भुक्तानी गर्न भनिएको छ।
अदालतको पत्रमा २०८१ साउन ९ गते चार सय मेट्रिकटन कोइला पायोनियर होल्डिङ प्रालिले उपलब्ध गराउने ठेक्का सम्झौता भएको तर विवाद भएपछि समाधान गर्न पक्ष–विपक्षबीच गठित एकल मध्यस्थताको २०८१ माघ ३ गतेको निर्णय बमोजिम भुक्तानी गर्न ताकेता गरिएको छ। फैसला कार्यान्वयन शाखाका तहसिलदार राजकुमार गुरुङद्वारा हस्ताक्षरित पत्रमा बक्यौता रकम उद्योगको साधारण, पुँजीगत वा अन्य कुनै शीर्षकबाट भुक्तानी गरी अदालतलाई जानकारी गराउन भनिएको छ।
‘....बादीलाई बुझाउनुपर्ने रकम नौ करोड ९२ लाख ७७ हजार रूपैयाँ उद्योगको साधारण, पुँजीगत वा अन्य जुनसुकै शीर्षकबाट पनि भुक्तानी गरी यस अदालतको कार्यालय कोड नं. २०९४७३४०१ मा अनिवार्य उल्लेख गरी’ भन्दै अदालतको पत्रमा उल्लेख छ, ‘कोलेनिका ललितपुरको नेपाल बैंक लिमिटेड च्वागल शाखामा रहेको धरौटी खातामा प्रस्तुत पत्र प्राप्त भएको १५ दिनभित्र जम्मा गरी सो को भौचरसहितको जानकारी यस अदालतमा पठाइदिन हुन अनुरोध छ।’
अदालतले उक्त अवधिभित्र रकम जम्मा गरेको भौचर प्राप्त नभए मुलुकी देवानी कार्यविधि २०७४ को दफा २४२ (७) बमोजिम उद्योगको नाउँमा रहेका विभिन्न बैंकको मौज्दात रकमबाट बिगो भराउने प्रक्रिया अघि बढाउने बेहोरासमेत जानकारी गराइएको पत्रमा उल्लेख छ।
जिएम साहले अदालतको पत्रबारे उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराएर अबरुद्ध उद्योग सञ्चालन गरेको बताएका छन्। यसअघि पनि अदालतको आदेशबाट एउटा सप्लायर्सको झन्डै एक करोड रकम भुक्तानी भएको थियो। यसअघि रौता सर्भिसेज प्रालिका सञ्चालक सुभास राउतले काठमाडौं जिल्ला अदालतमा दिएको मुद्दाउपर ०८१ माघ २१ गते फैसला गर्दै ९६ लाख ९२ हजार पाँच हजार ५२ रूपैयाँ ३० पैसा उद्योगको खाताबाट सारेर दिलाइ–भराइ दिएको थियो।
लगातार २–३ वर्षयता घाटा लाग्दै टाट पल्टेको उद्योगलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गर्ने शर्तमा १६ करोड पुँजीगत अनुदान निकासा गरेका थिए। २०८० चैतमा प्राप्त सो रकमबाट उद्योग सञ्चालन गर्न यन्त्र उपकरणहरूको मर्मत सम्भार भइरहेको छ। १६ मध्ये पाँच करोड मर्मतमा खर्च भएर बाँकी रहेको रकम बक्यौता तिर्न अदालतले भटाभट आदेश दिन थालेपछि उद्योग सञ्चालन हुनै नसक्ने जिएम साह बताउँछन्। ‘त्यो १६ करोड अघिल्लो सरकारले यन्त्र उपकरण मर्मत गरेर सञ्चालन गर्न भनेर दिएको हो, त्यसबाट मर्मत कार्य भइरहेको छ’ साहले भने ‘बाँकी ११ करोडमध्ये पाँच करोड आन्तरिक ऋण लिएर उद्योग सुरु गर्ने तयारी हुँदै गर्दा झन्डै १० करोड अर्को पार्टीलाई बुझाउन अदालतले आदेश दिएपछि उद्योग थप अलपत्र पर्ने देखियो।’ बन्द उद्योग सुरु भए सिमेन्ट उत्पादन र बिक्रीवितरण गर्न पाउँदा पुँजी परिचालन हुने उनी बताउँछन्।
सोही उद्देश्यले यही वैशाख ५ गते फायरिङ गरेर उद्योग सुरु गर्न प्लान्टका मेसिन उपकरण लगभग मर्मत गरिसकिएको छ। अब किल्न सञ्चालनको सङ्घारमै आईपरेको यस्तो कानुनी जटिलताले उद्योगको भविष्य झन् अन्यौलग्रस्त भएको जिएम साहले बताए।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले राज्यको सम्पत्ति उदयपुर उद्योग उद्योग यसरी बन्द हुनु दुःखद भएको भन्दै तत्काल सुरु गर्न आफूले सक्दो पहल गर्ने बताए। उनले पूर्ण सरकारी स्वामित्वको यस्ता उद्योग निर्वाध सञ्चालन हुनुपर्नेमा विभिन्न समस्या रहेको भन्दै सङ्घीय सरकारले यसको पुनः सञ्चालनमा तत्काल कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याए। सरकारलाई प्रदेश र स्थानीय सरकार तथा स्थानीय राजनीतिक दलहरूले पनि मिलेर उद्योग सुरु गर्न आपूmले पहल गरिरहेको सिडिओ लुइँटेलले बताएका छन्।
उदयपुर सिमेन्ट उद्योगको ‘किल्न फायरिङ’ गरिँदै।तस्बिर ः महेश्वर÷नागरिक