दशर्कौदेखि परम्परा बनिसकेको वर्षको अन्त्यमा पुँजीगत बजेट खर्च गर्ने रोगले उदयपुर पनि अछुतो छैन। सङ्घीय सरकारका माथिल्लो निकायदेखि स्थानीय तहसम्मको पुँजीगत बजेट आर्थिकवर्ष सुरु भएको ७ महिना बित्न लाग्दासम्म खर्च प्रतिशत निराशाजनक छ।
जिल्लाका ८ स्थानीय तहदेखि प्रादेशिक र सङ्घीय सरकारी कार्यालयहरूको पुँजीगत बजेट खर्च गराइको विम्ब मिल्दोजुल्दो छ। स्थानीय तहहरूले चालुतर्फको बजेट पुँजीगतको दाँजोमा सन्तोषजनक खर्च गरिरहेका छन् तर, पुँजीगततर्फ ३० प्रतिशत पुर्याउनै मुस्किल भइरहेको छ। केही स्थानीय तहले २० कटाएका छन् भने कतिपयको खर्च प्रतिशत १० पनि नाघ्न सकेको छैन।
जिल्लाको बिकट पहाडी ताप्ली गाउँपालिकाले ६ महिना अवधिमा समग्र बजेट साढे २४ प्रतिशत हाराहारी खर्च गरिरहेको छ। साउनदेखि पुस मसान्तसम्म ताप्लीको चालुतर्फको खर्च २३.४९ प्रतिशत र पुँजीगत बजेट २१.८९ प्रतिशतमै सीमित रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार चालु आर्थिक वर्षका लागि ताप्ली गाउँसभाले ४० करोड ७९ लाख ३ हजार २ सय १२ रुपैयाँको बजेट प्रक्षेपण गरेको छ। जसमा पुँजीगततर्फ ३० करोड २८ लाख ९८ हजार ७ सय ६५ र चालुतर्फ १० करोड ५० लाख ४ हजार ४ सय ४७ रुपैयाँ रहेको छ।
जसमा पुँजीगततर्फको बजेट पुस मसान्तसम्म ६ करोड ६२ लाख ९१ हजार ५ सय ९८ रुपैयाँ मात्र खर्च भइरहेको हाकिम राईले बताए। चालु खर्च भने ताप्लीको २ करोड ९५ लाख ९ हजार ७ सय ५५ अर्थात २८.१० प्रतिशत भएको छ। पुँजीगत र चालु गरी समग्र बजेट खर्च भने ताप्लीले पुस मसान्तसम्ममा ९ करोड ५८ लाख १ हजार ३ सय ५३ रुपैयाँ अर्थात साढे २३ प्रतिशत पुगेको हाकिम राईले बताए।
गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले पुँजीगत रकम भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने तर, विकट पहाडी भेग, सडक बाटोको दुरावस्थाले काम छिटो गर्न समस्या भएर खर्च प्रतिशत कम भएको बताए। उनका अनुसार भौगोलिक कठिनाइका कारण ताप्लीमा भौतिक संरचना निर्माणमा चाहिने कच्चा पदार्थको उपलब्धतामा समस्याले पनि काम ढिला भएर खर्च कम देखिएको हो।
‘भवन, खानेपानी, सडक, सिँचाइजस्ता योजना निर्माणमा ढुङ्गा, गिटी, बालुवा टाढाबाट ल्याउनुपर्छ, सिमेन्ट, रड, जस्तापाता र किला काँटीजस्ता फलामजन्य सामग्री सहर बजारको भर पर्नुपर्छ,’ अध्यक्ष विश्वकर्माले भने, ‘त्यसका लागि सडक बाटो राम्रो नहुनुले पनि उत्तिकै समय जान्छ, त्यसैले पुँजीगत खर्च ढिला हुन जाने हो।’
ताप्लीमा करोडौँको लिफ्टिङ खानेपानी योजना निर्माणाधीन अवस्थामा छ भने वडा भवन, स्वस्थ्यचौकी, सामुदायिक र विद्युत विस्तारजस्ता विकासे योजनाहरूको काम भइरहेको छ। कोही बहुवर्षीय क्रमागत योजनाहरू पनि थुप्रै सञ्चालनमा छन् भने कोही आर्थिक वर्षको अन्त्यमा सम्पन्न गरिने संरचनाहरू प्नि थुप्रै निर्माण भइरहेको अध्यक्ष विश्वकमाले बताए।
लेखापाल टीकाराम रहपालले भने पुँजीगत बजेट खर्च देखिएको भन्दा बढी नै भएको दाबी गरेका छन्। योजना निर्माणको काम भएकाले भुक्तानीको रकम मात्र खर्च देखिए पनि रनिङ बील र भुक्तानीको पाइप लाइनमा रहेका योजनाहरू समेत जोड्ने हो भने खर्च प्रतिशत झण्डै दोब्बर हुने लेखापाल रहपालले बताए।