उदयपुरगढी गाउँपालिकाले ‘रैथाने बाली तथा कृषि उपज खाना परिकार मेला’ सम्पन्न गरेको छ । स्थानीय किसानले उत्पादन गरेका अन्नबाली, फलफूल तथा कृषि उपजको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।
गाउँपालिकाको कृषि शाखा र साहस नेपालको साझेदारीमा वडा नम्बर ६ को नेपालटार बजारमा बिहीबार एक दिने मेला आयोजना गरिएको थियो। मेलामा विभिन्न घरेलु उत्पादनदेखि, रैथाने अन्नबाली, फलफूल र पशुपंक्षी तथा खाना परिकार गरी ४ सय बढी स्टलहरूमार्फत प्रदर्शनी तथा विक्री वितरण भएको कृषि शाखा अधिकृत पारसमणि फुयाँलले बताए।
किसानले उत्पादन गरेका कृषि उपज मकै, कोदो, फापर, धान–चामलजस्ता अन्नबाली तथा त्यसबाट बनेका परिकारहरू मेलामा राखिएका थिए । त्यसै गरी सागसब्जी, बन्दा, कोवी, लसुन प्याज, आलु, ब्रोकाउली, फलफूलतर्फ सुन्तला, केरा, बयर, जुनार, निबुवा, कागती मेलामा राखिएको थियो। खानाका परिकार तर्फ कोदोको रोटी, सेल रोटी, मःम, ढिँडो, फापरको मःम, रोटी, ढिँडो, भुटेको मकै भटमास, गुन्द्रुकको अचार, अण्डा करीलगायत राखिएका थिए। विभिन्न गेडागुडी र मुला तथा मासुको अचारका परिकारहरू पनि मेलाका आकर्षण थिए।
अधिकृत फुयाँलका अनुसार कृषकहरूलाई मेहनत गरेर उत्पादन गरेको उपजको प्रचारप्रसार र बजारीकरण गर्दै अर्थोपार्जन गराई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले मेला लगाइएको हो । स्थानीय बालीनालीको संरक्षण, संवर्द्धन र विकास गर्ने तथा किसानलाई कृषि तथा पशुपालनतर्फ व्यावसायिक रूपमा लगाउन सके युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन तथा रोजगारी दिन सकिने ध्येय गाउँपालिकाको छ।
प्रदर्शनीमा विभिन्न ६ विधामा प्रथम, दोस्रो, तेस्रा र सान्त्वनासम्म ४ जनाका दरले २४ कृषकलाई पुरस्कृत गरिएको छ । जसमा वडा नं. ८ वडाका चङ्खबहादुर राई रैथाने बालीविउ समूह तथा रैथाने खाना परिकार गरी २ विधामा प्रथम भए। फलफूल समूहमा ६ नं. का भीम सुर्खेती र स्थानीय उत्पादन सामग्री समूहमा २ नं. की पेशलकुमारी मगर प्रथम भइन्।
त्यसै गरी तरकारी बाली समूहमा ८ नं. का ढकबहादुर राना मगर र विविध समूहमा ६ नं. की हेमकुमारी ढुङ्गाना र प्रथम भए । उनीहरूलाई गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर र उपाध्यक्ष जीतबहादुर खड्काले संयुक्त रूपमा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।