उदयपुरमा यो वर्ष धन उत्पादन बढ्यो
१० पौष २०८१
•
३ मिनेट पाठ
उदयपुरमा यो वर्ष धन उत्पादन बढ्यो
यस वर्ष उदयपुरमा धान उत्पादन बढेको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धान खेती लगाइएको जमिन र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।




ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवका अनुसार यस वर्ष १२ हजार ७ सय ९४ हेक्टरमा धान खेती लगाइएको थियो। जसमा प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले धान उत्पादन भएको छ। यस वर्ष ५७ हजार ५ सय ७३ मेट्रिक टन धान उत्पादन भएको केन्द्र प्रमुख यादवले जानकारी दिए।

यो उत्पादन गत वर्षभन्दा ० दशमलव ५ प्रतिशतले बढी हो भने खेतीको क्षेत्रफल पनि २ हेक्टर बढीमा धान लगाइएको हो। गत वर्ष प्रतिहेक्टर ४ मेट्रिक टनका दरले फलेको थियो। सो अनुसार गत वर्ष ५१ हजार १ सय ६८ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष पोहोरभन्दा ६ हजार ४ सय ५ हेक्टर बढी धान फलेको ज्ञान केन्द्र प्रमुख यादवले बताएका छन्। गत वर्ष १२ हजार ७ सय ९२ हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाइएको तथ्याङ्क ज्ञान केन्द्रसँग छ। 

उदयपुरमा विभिन्न आधा दर्जन प्रजातिका धान उत्पादन हुँदै आएको छ। किसानले ठाउँ र हावापानी अनुसार फरक फरक प्रजातिको धान लगाउने गरेका छन्। जस अनुसार रञ्जित, राधा–१२, हर्दिन, सभामन्सुली र लल्का बाँसमति प्रजातिका धानको खेती लगाउने गरिएको ज्ञान केन्द्रले जनाएको छ।

उदयपुरका तराई तथा भित्री मधेस र पहाड सबैतिर छ्यासमिस धान खेती गर्ने गरिएको छ। मुख्य गरी तराई र भित्री मधेस क्षेत्र धान खेतीका लागि ‘अन्न भण्डार’ मानिन्छ। पहाडी भेगमा भने सिँचाई सुविधा पुगेका बेँसी र खोला खोल्सी किनारका जमिनमा मात्र धान खेती गर्ने गरिएको छ। चिसो र उच्च ठाउँका सीमित जमिनबाहेक प्रायः जिल्लाका सबै भूभागमा धान उत्पादन हुन्छ तर, सिँचाई सुविधा नपुगेका कारण खेती गर्न नपाइएको कृषक बताउँछन्।

सदरमुकाम त्रियुगा नगरपालिकाका पहाडी वडाहरूबाहेक बाँकी ११ वडा तराई र भित्री मधेस क्षेत्र भएकाले सबैमा धान खेती लगाउने गरिएको छ। १४, १५ र १६ नं. वडाहरू भने पहाडी भेगका भएकाले खोला किनार र सिँचाई पुगेका जमिनमा मात्र धान उत्पादन हुने गरेको छ। बाँकी १ देखि ११ वडा भने समथर जमिन भएकाले सिँचाई सुविधा भए कुलो पैनी नभएको ठाउँमा आकाशे पानीकै भरमा पनि धान खेती गर्ने गरिएको छ । त्रियुगा नदी, बरुवा खोला, कङ, लुहाले, ठाडी, सरस्वती, शाही, असारीलगायत दर्जन खोला खोल्सीहरू त्रियुगा नगरमा धान खेती गर्ने सिँचाईका स्रोत हुन्।

त्यसैगरी अर्को ठूलो नगरपालिका कटारीका १ देखि ७ नं. वडासम्मका सबै भूभाग भित्री मधेस र खोँच क्षेत्र भएकाले अत्याधिक धान खेती लगाउने गरिएको छ। तावा, वैद्यनाथ, कुकुर र कमला नदीको पानीले त्यस भेगको खेतमा सिँचाई सुविधा पुगेको छ भने छाउरी, भोर्ले, साँगुरी, पातलेलगायत खोल्सीहरू सिँचाईका सहायक स्रोतहरू रहेका छन्। 

कटारीकै पहाडी वडाहरूमा पनि धेरथोर धान खेती लगाउने गरिएको छ। वडा नं. ८, ९, १०, ११, १२, १३ र १४ नं. का खोँच र खोला किनार आसपासका जमिनमा सिँचाई व्यवस्था गरेर धान उत्पादन गर्ने गरिएको नगरपालिका कृषि शाखाले जनाएको छ। पहाडी वडामध्ये १४ नं. घुर्मी क्षेत्र आसपासको जमिन धान खेतीका लागि उर्वर मानिन्छ।

उता चौदण्डीगढी र बेलका नगरका पनि समथर क्षेत्रमा धान खेती गर्ने गरिएको छ। बेलकाका ५, ६ र ७ नं. बाहेकका १, २, ३, ४, ८ र ९ नं. पुरै समथर भूभाग भएकाले धान खेतीका लागि उर्वर छ। सिसुवा, गिनेरी, सेती, काली, डडुवा खोलाहरू बेलकाका धान खेती गर्ने सिँचाई स्रोत हुन्। त्यसैगरी चौदण्डीगढीका १, २ र ८ नं. बाहेक ३, ४, ५, ६, ७, ९ र १० नं. वडा सबैमा धान खेती लगाउने गरिएको छ। चौदण्डीका द्वार खोला, हाट खोला, भुल्के, कुवाखन, पञ्चमीलगायत खोलाबाट सिँचाई सुविधा व्यवस्था गरिएको छ।

पहाडी भेगका लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाईका पनि होचो भेग र खोला किनार आसपासको जमिन राम्रो धान उत्पादन हुने ठाउँ हो। तर, जमिन उर्वर भए पनि सिँचाई सुविधा नभएकाले धेरैजसो भूभाग विना सिँचाईको बालीमै किसान निर्भर हुनु परेको छ । कतिपय भूभागमा त सुद्ध खानेपानीसम्म व्यवस्था नभएकाले धान खेतीका लागि सिँचाई पु¥याउने कल्पनासम्म गर्न नसक्ने अवस्था छ । सिँचाई नभएकै कारण धान फल्ने उर्वर जमिन धेरैजसो बाँझो र आकाशे पानीको भरमा हुने बाली लगाउन किसान बाध्य छन्।  
अर्को समाचार
उदयपुरमा चैते धानको उत्पादन बढ्यो, सिँचाइको चिन्ता कायमै
१२ असार २०८२
•
२ मिनेट पाठ
उदयपुरमा चैते धानको उत्पादन बढ्यो, सिँचाइको चिन्ता कायमै
उदयपुरमा यस वर्ष चैते धानको खेती र उत्पादन दुवैमा उल्लेख्य वृद्धि भएको छ। बढी उत्पादन दिने भएकाले किसानहरू यसतर्फ आकर्षित भए पनि सिँचाइको अभाव मुख्य चुनौतीको रूपमा देखिएको छ।




कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार, गत वर्ष १,०६० हेक्टर (१,५९० बिघा) मा गरिएको चैते धान खेती यस वर्ष बढेर १,५६० हेक्टर (२,३४० बिघा) पुगेको छ।

यो गत वर्षभन्दा ५०० हेक्टर (७५० बिघा) ले बढी हो। क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ। यस वर्ष प्रतिहेक्टर औसत ४.५ मेट्रिक टनका दरले कुल ७,०२० मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत वर्षको करिब ६,५०० मेट्रिक टनभन्दा बढी हो।

किसानहरूका अनुसार बर्खे धानभन्दा चैते धान बढी फल्नु नै यसको मुख्य आकर्षण हो। ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि अधिकृत योगेन्द्रप्रसाद यादव भन्छन्, ‘बर्खे धान प्रतिहेक्टर ३.५ मेट्रिक टनभन्दा बढी फल्दैन, तर चैते धानले सहजै ४.५ मेट्रिक टन उत्पादन दिन्छ। अनुकूल मौसम र मलजल पाए किसानलाई यसमा धेरै फाइदा छ।’

चैते धानको सफलताका लागि सिँचाइ अनिवार्य हुन्छ। तर जिल्लाका अधिकांश किसानका लागि यो सबैभन्दा ठूलो बाधा हो। चैतको सुख्खा मौसममा रोपाइँ गर्नुपर्ने भएकाले आकाशे पानीको भर पर्न सकिँदैन। सिँचाइ अभावमा धेरै किसान उर्वर खेत बाँझो राख्न बाध्य छन्।

यसका साथै, किसानहरूले सरकारी अनुदान र किसानमैत्री कार्यक्रमहरू पहुँच र शक्तिका आधारमा वितरण हुने गरेको गुनासो गरेका छन्। जिल्लामा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना र स्थानीय तहमा कृषि शाखाहरू भए पनि तल्लो तहका किसानले सुविधा नपाएको उनीहरूको भनाइ छ।

गाउँघरका थुप्रै खेतबारीमा सिँचाई कुलो पुर्‍याउन सके चैते धान उत्पादन गर्न सकिने सम्भावना भए पनि पहुँच अभावकै कारण खेत बारी बाँझो राख्नुपर्ने बाध्यता किसानमा छ।

लिम्चुङबुङ–५, खोस्टुङका किसान पञ्चशेर राई भन्छन्, ‘सरकारले किसान-किसान भनेको सुनिन्छ, तर हामीलाई न केही आउँछ, न कसैले सोध्छ। अहिलेसम्म केही पाएको छैन।’
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २० मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस