कटारी नगरपालिकाको बजेट अधिवेशन आउँदो साउन २७ गते हुने भएको छ। असार पहिलो हप्तादेखि अन्तिमभित्र अधिवेशन गरिसक्नुपर्ने भएता पनि विविध कारणले अधिवेशन हुन सकेको थिएन।
वडाध्यक्षहरुको माग अनुसारको बजेटकाे आकार नहुँदा कार्यपालिका बैठक नै बस्न नसकेपछि असारमा अधिवेशन रोकिएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। हाल सहमति पछि चालु आर्थिक वर्ष ०८१/८२ को बजेट अधिवेशन आउँदो २७ गते गर्ने तय भएको हो।
१४ वडा रहेको कटारीमा वडाध्यक्षहरूले ८३ लाखका दरले वडागत बजेट सिलिङ मागे गरेका थिए। वडाध्यक्षहरुकाे माग अनुसार दिन नसक्ने भएपछि बैठक बस्न नसकेर अधिवेशन हुन नसकेको मेयर श्रेष्ठ बताउँछन्।
गत वर्ष घाटा बजेटकै कारण नगरका कतिपय विकास निर्माणका योजनाहरु प्रभावित भएको बताउँदै उनले चालु वर्षमा तथ्यमा आधारित भएर योजना तर्जुमा गर्न खोज्दा तोकिएको समयमा अधिवेशन गर्न नसकेको जनाए।
मेयर श्रेष्ठका अनुसार वडाहरुलाई ६५ लाखसम्म बजेट दिने गरी वार्षिक योजना तर्जुमा गरिएकाे थियो। तर यसमा वडाध्यक्षहरूले असन्तुष्टि जनाएका थिए। सहमतिका लागि पटकपटक छलफल भएको थियो। अन्ततः ७१ लाखसम्म बजेट वडालाई दिने सर्तमा वडाध्यक्षहरू अधिवेशन गर्न सहमत भएको मेयर श्रेष्ठ सुनाउँछन्।
सहमति अनुसार गत बुधबार बसेको कार्यपालिका बैठकले २७ गते नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउने मिति तय गरेको उनले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले चालु वर्षको बजेट ८५ करोड हाराहारीको ल्याउने तयारी भइरहेको जानकारी दिए। "गत वर्षको भन्दा केही बढी होला तर, घाटा बजेट ल्याउँदैनौँ" उनले भने।
गत वर्ष कटारीको बजेट ८३ करोड ८६ लाख ७८ हजार ५ सय रुपैयाँको थियो। तर, अनुमान अनुसार स्रोत जुटाउन नसक्दा घाटा बेहोर्नु परेर योजनाहरु प्रभावित बनेको भट्टराई बताउँछन्।
चालु वर्ष त्यस्ता हुन नदिन तथ्य केलाउने काम भइरहेको भट्टराईको भनाई छ।