सरकारी खर्चमा कडाइ गर्दा अर्थतन्त्र शिथिल : पुन
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
सरकारी खर्चमा कडाइ गर्दा अर्थतन्त्र शिथिल : पुन
फाइल तस्बिर
अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र संकट वा महासंकटमा नरहेको बताएका छन्। यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए। मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको उल्लेख गरे।

राजस्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रका समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयका दुवै सचिव, सह–सचिवहरू र विभागीय प्रमुखलाई निर्देशन दिए। उनले अर्थ मन्त्रालयले अरू मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए।

मन्त्री पुनले विगतमा खर्च गर्न कसिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए। ‘खर्च गर्न टाइट गरिएका कारण राजस्व संकलन पनि खुम्चियो’, मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरूले पनि खर्च बढाउँछन्।’

पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको स्पष्ट गरे। राजस्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए। ‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ’, मन्त्री पुनले भने, ‘राज्यले पक्रिएर थुनेर मात्र हुँदैन। प्रेरित गराएर कानून कार्यान्वयन गराऔं।’

फरक प्रसंगमा मन्त्री पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिए। ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस्।’

यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए। ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ।

राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो। आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन।’
अर्को समाचार
भन्सार कर्मचारीकै सहयोगमा तस्करी
१८ चैत्र २०८०
•
६ मिनेट पाठ
भन्सार कर्मचारीकै सहयोगमा तस्करी
मुलुकको राजस्व संकलन गर्ने प्रमुख निकाय भन्सार कार्यालयकै कर्मचारीहरू तस्करका सहयोगी हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एक अनुसन्धानअनुसार कर्मचारीहरूकै सहयोगमा तस्करी हुने गरेको देखिएको छ। राजस्व कम उठेको भन्दै सरकारले गुनासो गरिरहँदा कर्मचारीहरूले नै भन्सार कार्यालयमा दर्ता भएका प्रज्ञापनपत्र नम्बर डिलिट गर्ने, फेरबदल गर्ने गरेको तथ्यहरू फेला परेका हुन्।

सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने आर्थिक वृद्घि र विकास, सामाजिक सुनिश्चितताका लागि विश्वव्यापी आर्थिक कार्यको वातावरण निर्माण गर्ने भन्सार कार्यालयका कर्मचारीहरूले नै फरकफरक प्रज्ञापन नम्बर राखेर सामान पास गराउने, कम मूल्यांकन गर्ने र कम राजस्व तिराउन भूमिका खेलेको खुल्न आएको हो।

भन्सारको सफ्टवेयरमा पहिला नै दर्ता भएको प्रज्ञापनपत्र नम्बर कर्मचारीले नै डिलिट गरी सामान पास गराएको र राखिएका सामानमा पनि कम मूल्यांकन गरेको पाइएको हो। सुरुमा भन्सार कार्यालयमा आएको सामान नै नभएको भन्ने जानकारी गराइएको तर अर्थ मन्त्रालयले छानबिन थालेको सूचना पाएपछि नयाँ नम्बर कायम गरी सिस्टममा राखिएको समेत देखिएको छ। यस्तो कार्य गर्ने विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जना छन्। उनीहरूविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सापकोटासहित तत्कालीन भन्सार अधिकृत नवकुल शर्माले २०७९ माघ १० गते नयाँ प्रज्ञापनपत्र नंं. एम ४०५७ दर्ता गराई २०७९ माघ ११ मा सुरुमा घोषणा गरेको अमेरिकी डलरमा मूल्य थप गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने राजस्व रकम बढी लिएको र पैठारीकर्ता देव इन्टरनेसनल प्रालिको सामान जाँचपास गराएको देखिएको अख्तियारले जनाएको छ। सोही कारण सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरी कैद र चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी आधा सजाय मागदाबी गरी विशेषमा मुद्दा दायर गरिएको हो।

अख्तियारले दर्ता गरेको मुद्दामा उल्लेख भएअनुसार २०७९ पुस २० गते दर्ता भएको प्रज्ञापनपत्र नं. ७२६ नम्बरको प्रज्ञापनपत्रमा न्यून बिजकीकरण भएको भनी भन्सार विभागले जानकारी गराएपछि त्यसउपर मिति २०७९ पुस २६ सम्म कुनै कारबाही नगरी राखिएको थियो। त्यसपछि भन्सार विभागबाट नियमित ‘फलोअप’ भएको देखिएको थियो। २०७९ पुस २६ गते भन्सार एजेन्ट ४२३ को प्रतिनिधि सरनकुमार खरेलले देव इन्टरनेसनलको सामान भन्सारमा नआएको भनी पेस गरेको निवेदनमा विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत शर्माले सामान नभएको भन्ने व्यहोराको गलत प्रतिवेदन दिएका थिए।

विराटनगर भन्सार कार्यालयको गोदामको जिम्मा लिएको ट्रान्स नेपाल सर्भिसेज प्रालिले देव इन्टरनेसनल प्रालिका नाममा २०२२ डिसेम्बर २१ मा ४१३ पोका सामान राखेको भन्ने व्यहोरा पत्र, पैठारीकर्ताले ढुवानी गरेको समानको बिल नं. २२१११६९० मा ५९८ पोका समान उल्लेख भएको विवरण हेर्दा भन्सार कार्यालयमा सामान आइसकेको देखिएको थियो।

तर भन्सार अधिकृत नवकुल शर्माले दिएको प्रतिवेदनको सत्यता जाँच नगरी, गोदाम अभिलेख तथा बिल भरपाई नहेरी, बिनाआधार र कारण तथा कानुनविपरीत सो प्रतिवेदनलाई कार्यालय प्रमुख सापकोटाले सदर गरेका थिए। त्यसपछि कार्यालय प्रमुख सापकोटाले बदनियतपूर्वक कानुनविपरीत प्रज्ञापनपत्र नं. एम ७२६ लाई सिस्टमबाटै डिलिट गरिदिएका थिए।

निष्क्रिय प्रज्ञापनपत्र फरफारकसम्बन्धी निर्देशिकाबमोजिम निष्क्रिय प्रज्ञापनपत्र हुन सो प्रज्ञापनपत्र सिस्टममा दर्ता भएको सात दिन पूरा भएको हुनुपर्ने, त्यसपछि कार्यालय प्रमुखले तीन दिनको सूचना दिई निवेदन माग गर्नुपर्ने, सो म्यादभित्र निवेदकबाट निवेदन लिई त्यसको सात दिनभित्र आधार र कारण खुलाई सो प्रज्ञापनपत्र रद्द गर्न सकिनेमा कानुनविपरीत सातौं दिनमा नै बिनाआधार र निर्णयमा कारणसमेत नखुलाई सो प्रज्ञापनपत्र डिलिट गरेको तर त्यसको जानकारी भन्सार विभागमा नगराएको देखिन्छ।

भन्सार विभागबाट प्रज्ञापनपत्र नं. ७२६ डिलिट गरेको सम्बन्धमा २०७९ माघ ५ गते अनुसन्धानका लागि खटाइएको थियो। अनुसन्धानका लागि खटिएका शाखा अधिकृत अनन्तप्रसाद तिम्सिनाले फाराम रद्द गर्ने प्रक्रियाको भन्सार अधिकृत सापकोटाबाट पूर्ण परिपालना नभएको प्रतिवेदन दिएका थिए। उनले प्रज्ञापनपत्र रद्द गर्ने यथेष्ट आधार नदेखिएको, भन्सार यार्ड/गोदाममा मालवस्तु दाखिला भएको अवस्थामा समेत चीनबाट चलान नै नभएको भनी उल्लेख गरेको, पटकपटक जाँचपास गर्ने भन्सार अधिकृत तथा जाँचकीको नाम परिवर्तन गर्ने भन्ने व्यहोराको प्रतिवेदन २०७९ माघ १० गते भन्सार विभागमा पेस गरेका थिए। अख्तियारले उपलब्ध गराएको एक विवरणअनुसार २०७९ माघ १० गते दिउँसो देव इन्टरनेसनलका तर्फबाट भन्सार एजेन्ट ४२३ का प्रतिनिधि सरनकुमार खरेलले नयाँ प्रज्ञापनपत्र नं. ४०५७ दर्ता गराएका थिए। २०७९ माघ ११ गते अर्थ मन्त्रालयबाट प्रज्ञापनपत्र ७२६ डिलिट गरेको सम्बन्धमा छानबिन गर्न सहसचिव सुमन दाहालको नेतृत्वमा तीन छानबिन समिति गठन भएको थियो। सो समितिले छानबिन गर्दा देव इन्टरनेसनलका तर्फबाट भन्सार एजेन्ट ४२३ को प्रतिनिधि सरनकुमार खरेलले दर्ता गराएको नयाँ प्रज्ञापनपत्र नं. ४०५७ को घोषित मूल्यमा ८६ हजार ९०९ अमेरिकी डलर थप गरी १ लाख ६० हजार ३४२ मूल्य बनाई १ करोड ३० लाख ३० हजार ७५२ रूपैयाँ भन्सार रकम महसुल असुल गरिएको देखिएको थियो। एउटै प्रज्ञापनपत्रमा ८६ हजार ९०९ अमेरिकी डलर थप हुनुले बिजकीकरण भएको स्पष्ट देखिएको थियो। अर्थ मन्त्रालयको २०७९ माघ ११ को निर्णयअनुसार प्रमुख भन्सार अधिकृत तारा सापकोटालाई साबिकको जिम्मेवारीबाट हटाई अर्थ मन्त्रालयमा कामकाज गर्ने गरी खटाइएको र भन्सार अधिकृत शर्मालाई समेत जिम्मेवारीबाट हटाइएको थियो।

सहसचिव दाहालको नेतृत्वमा बनेको समितिले भन्सार विभागले प्रत्यक्ष अनुगमन प्रणालीबाट प्रज्ञापनपत्र नं. ७२६ ले २०२३ जनवरी ४ मा घोषणा गरिएको मालवस्तुको घोषित मूल्यमा कैफियत भएको औंल्याई यथार्थ कारोबार कायम गरी जाँचपास गर्न फोनमार्फत निर्देशन दिइए पनि प्रज्ञापनपत्र रद्द गरेको पाइएको उल्लेख थियो। प्रज्ञापनपत्र रद्द गर्दा पर्याप्त आधार र कारण उल्लेख नभएको, प्रज्ञापनपत्र रद्द गर्न कारण भन्सार विभागलाई जानकारी नगराएको, प्रज्ञापनपत्र रद्द गर्दा निष्क्रिय प्रज्ञा फरफारक गर्नेसम्बन्धी निर्देशिका, २०७७ मा भएको व्यवस्थाको पालना नगरेको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको थियो।

साथै भन्सार गोदाममा मालवस्तु हुँदाहुँदै नभएको भनी गलत विवरणलाई आधार मानी प्रज्ञापन गरिएको मालवस्तु आंशिक रूपमा आए पनि आंशिक रूपमा जाँचपास गर्न सक्ने व्यवस्था भन्सार ऐन तथा नियमावली रहेकोमा भन्सार यार्डमा आएको मालवस्तुमा नियममा लाग्ने महसुल असुल गरी जाँजपास गर्नुपर्नेमा सो नगरी भन्सार प्रज्ञापनपत्र रद्द गरेको भेटिएको थियो। भन्सार अधिकृत शर्माले निवेदकले भनेबमोजिम यार्डमै मालवस्तु नभएको भनी विषयलाई आधार लिई प्रज्ञापनपत्र रद्द गर्न प्रमुख भन्सार अधिकृतसमक्ष पेस गरिएको थियो। प्रमुख भन्सार अधिकृतले आसिकुँडा प्रणालीको उद्देश्यविपरीत प्रज्ञापनपत्र रद्द गर्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ।

भन्सार प्रज्ञापन दर्ता नं. ७२६ को मालवस्तु सो प्रज्ञापनपत्र रद्द गरी पुनः प्रज्ञापनपत्र नम्बरबाट घोषणा गरी जाँचपास गरिएको र यसरी जाँचपास गर्ने क्रममा अमेरिकी डलर ८६ हजार ९०९ बराबरको मूल्य थप गरी पैठारीकर्ताले घोषणा गरेका मालवस्तु ८४ लाख २८ हजार ४० थप महसुल असुली गरेको तथ्यबाट विभागले कैफियत औंल्याई वास्तविक कारोबार मूल्य कायम नगर्ने मनशायले कार्यालयले प्रज्ञापनपत्र दर्ता नं. ७२६ दिएको अवस्था थियो। प्रज्ञापनपत्र नं. ७२६ मा घोषणा भएको मूल्य र प्रज्ञापनपत्र नं. ४०५७ का लागि निर्धारण गरेको मूल्यका आधारमा राजस्वको तुलना गर्दा नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा ८४ लाख ५५ हजार ६०५ रूपैयाँ फरक परेको देखिएको थियो। प्रज्ञापनपत्र नं. ७२६ का आधारमा मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार रूपैयाँ गैरकानुनी लाभ हुने देखिएको थियो। त्यसकै आधारमा अख्तियारले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस