मुग्लिन-पोखरा सडकः पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु
१२ माघ २०८०
•
३ मिनेट पाठ
मुग्लिन-पोखरा सडकः पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु
मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ। मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।




पहिलो दिन बिहीवार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए। उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ।

उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए। उनले भने, ‘अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ। आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन्।’ पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए। सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शङ्कर पन्तले बताए। उनले भने, ‘सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन्। धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो।’ उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे।

मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो। हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए।

पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ। यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ। जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ।

यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ। आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो। मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए। त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ। यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ। पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा ‘आर्क डिजाइन’मा पुल बन्दैछ। पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। रासस
अर्को समाचार
पोखरा–मुग्लिनः यात्रा सहज, तर काम बाँकी
१८ जेष्ठ २०८३
•
५ मिनेट पाठ
पोखरा–मुग्लिनः यात्रा सहज, तर काम बाँकी
बिस्तार भएपछिको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–आँबुखैरेनी खण्ड। फाइल तस्बिरः सन्तोष पोखरेल/नागरिक
बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकको अधिकांश यात्रा सहज बनिसकेको छ। पोखराबाट मुग्लिनसम्मको ९० किलोमिटर अहिले दुईघण्टामा पार गर्न सकिने भएको छ। सार्वजनिक सवारीमा समेत यात्रा अवधि घटेको छ। निजी सवारीको यात्रा अवधि त झनै कम भएको छ।  




पोखरा–मुग्लिनको पोखरादेखि आँबुखैरेनीसम्मको खण्डलाई दुईभागमा बाँडेर बिस्तार गर्न थालिएको थियो। पोखरा–आँबुखैरेनी (८० किमि) लाई दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा झन्डै ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार गर्न थालिएको थियो। राजमार्गका ठाउँठाउँमा ठुला आकारका पुल बनाउने काम नसकिएपनि यात्रुले निकै नै कम दूरीमा मात्र कच्ची र एकतर्फी सडकमा यात्रा गर्नुपर्ने अवस्था छ।  

दुइतर्फी कालोपत्रे नसकिएको केही भागमा एकतर्फी (दुइलेन) कालोपत्रे गरेर भएपनि यात्रालाई सहज बनाउने प्रयास गरिरहेको आयोजनाले बताएको छ। पूर्वी खण्डको राजमार्ग कालोपत्रे गर्ने काम अघिल्लो वर्ष नै सकिएको थियो। पूर्वी खण्डको दमौलीमा ठुलो आकारको पुलको काम मात्र पुरा हुन बाँकी रहेको छ। अहिले दमौलीमा धमाधम पुल बनिरहेको छ। निर्माणाधिन पुलका कारण दमौलीमा केही दूरी मात्र पुरानो र कालोपत्रे नभएको सडकमा मात्र यात्रा गर्नुपर्छ। नत्रभने पूर्वी खण्डको काम सकिएको छ।  

पश्चिममा पनि धेरैजसो खण्ड कालोपत्रे भइसकेकोले यात्रा सहज बनिसकेको पोखरा–मुग्लिन आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्ण कुँवरले जानकारी दिए। पश्चिम खण्डका आयोजना प्रमुख कुँवरका अनुसार सबैगरि ३८.७१ किलोमिटर सडकमध्ये प्रथम तहको कालोपत्रे ३८ किलोमिटरको काम सकिएको छ। दोश्रो तहको कालोपत्रे भने ३७.२८ किलोमिटर मात्र भएको छ। 

त्यस्तै ३६.३२ किलोमिटर लामो २ लेनको सर्भिस लेन मध्ये २०.८६ किलोमिटर पुरा भएको छ। यो दूरीमा १२ वटै पुल बनिसकेका छन्। १ सय ५ वटा कल्भर्ट पनि तयार भएका छन्। ६०.५० किलोमिटर नाली मध्ये ६०.१४ किलोमिटर नाली पनि तयार भएको छ। ७७ किलोमिटर सडक सुरक्षा ब्यारियर (डब्लु–बिम) मध्ये १५ किलोमिटर मात्र तयार भएको छ। अहिले सुरक्षा व्यारियरको काम भएको र एकमहिनामा सकिने उनले बताए।  

‘झन्डै ८० प्रतिशत भौतिक प्रगति पुरा भएको छ। यात्रुलाई यात्रामा सहज बनिसकेको छ। सबै काम सकिन पुलको काम पनि सकिनुपर्छ। पुलका कारण पनि केही दूरीमा कालोपत्रे हुन नसकेको हो,’ कुँवरले भने। कुँवरका अनुसार विजयपुर पुलको एप्रोचमा एकतर्फी ४ सय मिटर र पोखरा विश्वविद्यालय अगाडीको १ सय मिटर गरि जम्मा ५ सय मिटर एकतर्फी सडक तयार हुन बाँकी छ। हाल बाँकी रहेको खण्ड पनि कालोपत्रे भएमा चारलेन सडकको कालोपत्रे सकिने आयोजनाले बताएको छ। विश्वविद्यालय अगाडीको खण्डमा पर्खाल लगाउनुपर्ने भएकोले काम बाँकी रहेको छ।  

‘यात्रुले यात्रामा सहज अनुभूति गरिसकेका छन,’ उनले भने, ‘यात्रा अवधि पनि छोटिएको छ। आयोजनाको काम बाँकी रहेपनि यात्रामा झन्झट भने हटिसकेको छ।’
 पश्चिम खण्डको झन्डै ३९ किलोमिटर मध्ये १९ किलोमिटर सडक ६ लेन पर्छ। बाँकी खण्ड मात्र चारलेनको रहनेछ। पश्चिमखण्डको अधिकांश भाग सहरी क्षेत्र पर्ने भएकोले पनि ६ लेनको सडक बन्ने उनले बताए। ‘असार १५ सम्म मात्र हामीसँग समय छ। तर, पोखरामा नियमित रुपमा वर्षा भएकोले सबै काम सकिन केही समय अपुग हुनेछ। कम्तिम ६ महिना समय अझै अपुग हुनेछ,’ उनले भने, ‘मध्यपूर्वको मुलुकमा निम्तिएको द्वन्द्वको असरको प्रभाव स्वरुप डिजलको भाउ बढेकोले नियमित काम प्रभावित भएको हो। नत्र अहिलेसम्म सकिने अवस्था आउँथ्यो।’

‘एकतर्फी भएपनि दुइलेन भएकोले दोहोरो सवारी चलेका छन। त्यसैले पश्चिम खण्डमा यात्रा गर्दा पनि अब बढीमा आधा किलोमिटर मात्र कालोपत्रे नभएको वा पुरानो सडकमा यात्रा गर्नुपर्छ। यात्रा निकै नै सहज भईसकेको छ,’ कुँवरले भने, ‘यात्रुलाई हिडडुलमा सहज होस भनेर अहिले मुख्यरुपमा कालोपत्रेलाई नै जोड दिइएको हो।’ यो खण्डको बिस्तार २०७८ जेठ ३ (२०२१ मे १७)  मा सुरु भएको थियो। बारम्बारको म्याद थप पछि २०८३ असार १५ (२०२६ जुन २९) मा यो आयोजनाको सबै काम सकिनुपर्ने हुन्छ।

पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड स्तरोन्नतीको क्रममा भत्काएर लथालिंग पारिएको थियो। तिब्रताका साथ काम नहुँदा लथालिंग उक्त सडकको यात्रा सकसपूर्ण बनेको थियो। यात्रुलाई सहजै यात्रा गर्न मिल्नेगरि राजमार्गको कालोपत्रेलाई प्राथमिकता दिएको सडक आयोजनाले बताएका छन्।  

भताभुंग हुँदा सडक यात्रा असहज भएको भन्दै निकै नै आलोचना हुने गरेको थियो। राजमार्गको सकसपूर्ण अवस्थाका कारण गण्डकी प्रदेशको पर्यटन क्षेत्रले नोक्सान खेप्नुपरेको पर्यटन क्षेत्रको गुनासो गर्दै आएका थियो। कहिले स्थलगत यात्रा गराउँदै त कहिले ज्ञापनपत्र बुझाउँदै व्यावसायीले सडक निर्माण कम्पनिलाई छिटोगरि काम सक्न दवाव पनि दिँदै आएका थिए। पोखरा–आँबुखैरेनीको करिब तीनघण्टाको यात्रा सडक बिस्तार सुरु भएसँगै दोब्बर समयमा मात्र पुरा हुने अवस्था थियो।  

निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको थियो। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो।

१३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब ७ करोड रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।

प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले बताएको छ। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस