रोकियो दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण
११ माघ २०८०
•
२ मिनेट पाठ
रोकियो दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण
फाइल तस्बिर : नागरिक
म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो। विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका ६ गोचाखोला क्षेत्रमा अहिले  उपकरण मात्रै छन्। डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायतका निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन्।

आयोजनाको पूरा क्षमतामा निर्माण पुनः अघि बढाउने गरी तयारी भइरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिए। उनले यसअघि एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको जानकारी दिए।

‘अब फेरि सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौं, यसै माघ २० बाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरी प्रबन्ध मिलाउँदै छौं, अहिले पनि कर्मचारी आवास गृहतर्फको काम भइरहेको छ’, आयोजना प्रमुख रेग्मीले भने। उनका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ।

कुल दुई हजार आठ सय ५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म नौ सय ९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ। पाँच वर्षअगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाद्वारा आयोजनाको दुखुबेंसीको बालौटेमा निर्माण हुने विद्युत्गृहको शिलान्यास गरिएको थियो।

तर यस आयोजनाको सुरुङबाहेक विद्युत्गृह र ड्यामसाइटतर्फ कुनै काम सुरु भएको छैन। आयोजनाको सुरुङ निर्माणमा विस्फोटक पदार्थ अभावले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रवद्र्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए। ‘स्थानीय स्तरमा केही समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौं’, उनले भने।

आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन्। मालिका ५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेंसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ।

पाँच अर्ब १५ करोड कुल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने छ भने अन्य लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ। –रासस
अर्को समाचार
साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द
२३ चैत्र २०८०
•
४ मिनेट पाठ
साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द
कटारी ८ सिरिसेस्थित सौर्य सिमेन्टको चुनढुंगा खानी। तस्बिर : महेश्वर
स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन। उद्योगले सम्झौता उल्लंघन गरेको भन्दै स्थानीयले अवरोध गरेपछि गत १५ देखि बन्द हुन पुगेको खानी अझै सुचारु हुन नसकेको हो।

स्थानीयको मागका विषयमा समाधान खोज्न कटारी नगरपालिकाले असन्तुष्ट पक्ष, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी, स्थानीय राजनीतिक दल तथा उद्योग प्रतिनिधिलाई सँगै राखेर पटकपटक छलफल गरिसकेको छ, तर पनि निकास निस्कन नसकेका कारण ढुवानी सुचारु हुन सकेको छैन। नगरपालिकाले गत सोमबार र मंगलबार लगातार दुई दिन सर्वपक्षीय छलफल राखे पनि असन्तुष्ट पक्ष अवरोध हटाउन सहमत नभएको बताइएको छ।  

स्थानीय सहमत नभएका कारण साता दिनदेखि रोकिएको चुनढुंगा उत्खनन र ढुवानी कार्य सुचारु हुन नसकेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। मेयर श्रेष्ठले लगातारको छलफलपछि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय कार्यदल गठन गरिएको बताए। कार्यदललाई पूर्णता दिन बाँकी रहेकाले ढुवानी सुचारु नभएको मेयर श्रेष्ठले बताए। उनका अनुसार वडाध्यक्ष नवीन तामाङको संयोजकत्वमा असन्तुष्ट स्थानीय, उद्योग प्रतिनिधि, राजनीतिक दल र प्रहरी प्रशासनको प्रतिनिधित्व रहने गरी कर्यादल गठन गरिएको छ।

कार्यदलले घटनास्थलको अध्ययन गरेर प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दीर्घकालीन निकास निकाल्ने योजना नगरपालिकाले बनाएको छ। खानी सञ्चालन गर्ने विषयमा यसअघि पनि विवाद हुने गरेको र यसरी पटकपटक विवाद गर्नुभन्दा गहिरो अध्ययन गरेर दीर्घकालीन निकास निकाल्न कार्यदल बनाइएको श्रेष्ठको भनाइ छ। कार्यदल गठन भएर अध्ययन सुरु भएपछि उत्खनन र ढुवानी सुचारु हुने पनि मेयर श्रेष्ठले बताएका छन्।

स्थानीयले खानी उत्खनन र ढुवानीले गाउँघरमा अत्यधिक प्रदूषण बढेको, टिफरले बर्सेनि सडक भत्काउने गरेको तथा धुलो र धुवाँ उत्सर्जन गरेको भन्दै खानी बन्द गर्न माग गर्दै आएका छन्। खानीका कारण घरभित्र चुलाचौका र ओछ्यानसम्म धुलो धँुवा पसेर प्रदूषण हुने, बालीनाली धुलोले फल्न नदिने, लुगाफाटा र खानेकुरा प्रदूषित गर्ने गरेको, सडक नाला भत्काएर स्थानीय र राज्यलाई भार बढाएको गुनासो उनीहरुको छ। खानी सञ्चालनपूर्व उद्योगले प्रतिबद्धता र सम्झौताका निश्चित शर्तहरु पूरा नगरेपछि प्रशासन र नगरपालिकालाई नियमन गर्न लगाउँदा बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ।

उद्योगको प्रतिबद्धता अनुसार बस्ती व्यवस्थापन, जमिनको मुअब्जा, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन कार्यान्वयन तथा आईएलओ १६९ विरुद्ध नजाने सम्झौता उल्लंघन भएको स्थानीयको भनाइ छ। ती माग पूरा नगरे उत्खनन र ढुवानी पनि बन्द रहने अडान आन्दोलनरत पक्षले लिएको स्थानीय बताउँछन्।

मजदुर कामविहीन

साता दिनदेखि खानी बन्द भएपछि दैनिक ज्यालादारी मजदुर मारमा पर्नुका साथै उद्योग सञ्चालनमा वाधा र राजस्व घाटा भएको उद्योगले जनाएको छ। उद्योगका वरिष्ठ उपाध्यक्ष राजन झाले सामान्य कारणमा स्थानीयले खानी अवरुद्ध गरेका कारण मजदुर, उद्योग, नगरपालिका र स्थानीयलाई चौतर्फी घाटा भएको बताए। खानी सञ्चालन रोकिँदा उत्खनन गर्ने पाँच दर्जन बढी मजदुर, अढाई सय हाराहारी टिफरमा ५ सय बढी चालक र सहचालकले कामविहीन हुनुपरेको उनले बताए।

त्यसैगरी सिमेन्ट उत्पादन हुँदा सरकारलाई दिइने राजस्व र नगरपालिकाले पाउने कर नोक्सान भएको उपाध्यक्ष झाले बताए। खानी उत्खनन र ढुवानीका सबै कानुनी प्रक्रिया पुरा भएको दाबी गर्दै उपाध्यक्ष झाले तर, विना कारण स्थानीयले अवरोध गरेर चारतिर घाटा भएको बताए।

यसअघि मजदुर संघ संगठनले पनि खानी सञ्चालनमा अवरोध हुनुले मजदुरको पेटमा लात्ती हान्ने काम भएको गुनासो गर्दै प्रदर्शन गरेका थिए। खानी र ढुवानी बन्दले टिफर आउजाउ रोकिन पुग्दा मजदुरको रोजीरोटी खोसिएको मजदुर संगठनहरुको भनाई छ। बन्दले मजदुरलाई कामविहीन बनाएको भन्दै तत्काल समाधानको उपाय खोजेर मजदुरलाई काम दिन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।  

नेकपाको ध्यानाकर्षण  

यता नेत्रविक्रम चन्द (विप्लड) नेतृत्वको नेकपाले स्थानीयले खानी बन्द हुने गरी आन्दोलन गर्नुपर्ने अवस्था आउनुको पछाडि उद्योग, प्रशासन, प्रहरी र नगरपालिकालगायत स्थानीय राजनीतिक दलहरुको कमजोरी भएको जनाएको छ।  

नेकपा पश्चिम उदयपुर कमिटीले एक विज्ञप्ति प्रकाशित गरी खानीस्थल र आसपासका स्थानीयको भावना र मर्मअनुसार उद्योग सञ्चालन नभएकै कारण स्थानीय आन्दोलित भएको जनाएको छ। कमिटीका इन्चार्ज दुर्गा सी र सेक्रेटरी जितबहादुर सीले हस्ताक्षर गरेको विज्ञप्तिमा ३० वर्षसम्म सञ्चालन हुने खानीले पार्ने अल्पकालीन र दीर्घकालीन असर तथा प्रभावबारे सचेत भएर काम गर्न उद्योगलाई आग्रह गरिएको छ।

नगरपालिका, प्रहरी र प्रशासन तथा स्थानीय राजनीतिक दलहरु पनि यसबारे सचेत हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ। उद्योगले खानी सञ्चालन गर्नुपूर्व गरेका प्रतिबद्धता, सम्झौता र शर्तको पालना नगरेकै कारण स्थानीय आन्दोलित हुन पुगेको भन्दै विज्ञप्तिमा त्यस्तो समस्या पत्ता लगाएर सर्वपक्षीय छलफल गरी समाधान निकाल्न आग्रह गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस