फेरि दाता सम्मेलनको तयारी
०५ मंसिर २०७४
•
७ मिनेट पाठ
फेरि दाता सम्मेलनको तयारी
काठमाडौं- सरकारले बाढीबाट भएको क्षति पुनस्र्थापनाका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ । बाढी पुनस्र्थापनाका लागि आवश्यक बजेट जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।




आगामी डिसेम्बर पहिलो साताभित्र दाता सम्मेलन आयोजना गर्ने तयारी भइरहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ । आयोगको नेतृत्वमा हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरुलाई आमन्त्रण गरी सहयोगको अपिल गरिनेछ ।

आयोगले हालै सार्वजनिक गरेको ‘बाढीपछिको पुनस्र्थापना आवश्यकता आंकलन’ प्रतिवेदनमा बाढीले पु¥याएको क्षति पुनस्र्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक हुने औंल्याइएको छ । प्रतिवेदनअनुसार गएको साउन–भदौमा आएको बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले आयोगले तयार गरेको पुनस्र्थापना आवश्यकता आंकलन प्रतिवेदनबारे दातृ निकायलाई जानकारी गराउन र पुनस्र्थापना कार्यमा सहयोगको अपिल गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए । ‘बाढीबाट क्षति पुगेका आवास, कृषि, सिँचाइ, पूर्वाधार, खानेपानी लगायत विभिन्न क्षेत्रको पुनर्निर्माण÷पुनस्र्थापनाका लागि कुन दाताबाट कसरी सहयोग जुटाउन सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुनेछ,’ उनले सोमबार नागरिकसँग भने, ‘सरकारबाट प्राथमिकता निर्धारण गरिएको क्षेत्रमा सहयोगका लागि दातासमक्ष अपिल गरिनेछ ।’

आयोगकै एक अधिकारीले भने बाढी पुनस्र्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन सरकार आफैंले गर्न सक्ने अवस्था रहेको बताए । ‘बाढीबाट भएको क्षति पुनस्र्थापनाको लागि आवश्यक रकम ठूलो होइन, यो रकमको व्यवस्थापन सरकारले आफ्नै बजेटबाट गर्न सक्ने अवस्था छ,’ ती अधिकारीले नागरिकसँग भने, ‘तीन आर्थिक वर्षमा ७३ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्न गाह्रो छैन ।’ आयोगको आंकलन प्रतिवेदनमा आगामी तीन वर्षभित्र पुनस्र्थापनाको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

सरकारले २०७२ वैशाख १२ को भूकम्पपछि पुनर्निर्माणमा सहयोग जुटाउन दाता सम्मेलन आयोजना गरेको थियो । ‘भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक रकमको ठूलो थियो, त्यसैले दाता सम्मेलन गर्नुपर्ने बाध्यता नै थियो,’ उनले भने, ‘भूकम्पको तुलनामा यो रकम धेरै सानो भएकाले दाता गुहार्नुपर्ने आवश्यकता थिएन ।’

आयोगका कार्यक्रम निर्देशक पौडेलले पनि पुनस्र्थापनाका लागि आवश्यक रकम सरकार आफैंले व्यवस्थापन गर्न सक्ने अवस्था रहेको स्वीकार गरे । तर मुलुकले यस्तै विपद्को अवस्थामा दाताबाट सहयोग लिने भएकाले सम्मेलन आयोजना गर्नुपरेको उनले बताए । ‘मुलुकले दाताबाट सहयोग लिने भनेको यस्तै अवस्थामा हो, त्यसैले यसलाई स्वाभाविक रुपमा लिनुपर्छ,’ उनले भने ।

बाढीपछिको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गठन गरेको बाढी पुनर्निर्माण एकाइका आयोजना प्रमुख सुमन कर्णले दाता सम्मेलनलाई आर्थिक सहयोग लिने हिसाबले मात्र लिन नहुने बताए । ‘दाता सम्मेलनको उद्देश्य आर्थिक सहयोग लिनेमात्र होइन,’ उनले भने, ‘उनीहरुबाट पुनर्निर्माणका लागि आवश्यक विशेषज्ञ र प्राविधिक सहयोग जुटाउन पनि सम्मेलन आवश्यक छ ।’ पुनर्निर्माण कार्यमा विभिन्न क्षेत्रका विज्ञको सहयोग आवश्यक हुने उनको भनाइ छ ।

आयोजना प्रमुख कर्णले दातासम्मेलन लगत्तै विकास साझेदार संस्थाहरु (एइनजिओ÷आइएनजिओ) सँगसमेत छलफल गरिने जानकारी दिए । बाढीप्रभावित क्षेत्रमा जीविकोपार्जन, खानेपानी, कृषिलगायत विभिन्न क्षेत्रमा गरिरहेको सहयोगलाई एकद्धार प्रणालीबाट लैजान ती साझेदारसँग समन्वय गरिने उनले बताए । ‘बढी प्रभावित भएको क्षेत्रमा आवश्यकअनुसारको सहयोग कार्यक्रम लैजान एकाइले समन्वय गर्नेछ,’ उनले भने ।

पुनस्र्थापनाको कार्यलाई सरल र छरितो प्रक्रियाबाट अगाडि बढाउने उनको भनाइ छ । प्रभावित क्षेत्रमा करिब दुई लाख घरको सर्वेक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले निर्वाचनलगत्तै सर्वेक्षणको काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘सर्वेक्षणलगायत पुनर्निर्माण कार्यमा जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति र स्थानीय तहलाई जिम्मेवारी दिन्छौं,’ उनले भने, ‘यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउनेछौं ।’  

आयोगको प्रतिवेदनमा बाढीबाट १८ जिल्ला अति प्रभावित भएको उल्लेख छ । प्रतिवेदनमा पुनर्निर्माणका लागि तीन वर्षको अवधिमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनस्र्थापना रणनीति अवलम्बन गर्न सुझावसमेत यसमा समेटिएको छ । बाढीबाट क्षति पुगेको घर पुनर्निर्माणका लागि तीन लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ ।
अर्को समाचार
दाता सम्मेलनको तयारी 'पूरा'
०६ असार २०७२
•
७ मिनेट पाठ
दाता सम्मेलनको तयारी 'पूरा'
काठमाडौं- भूकम्पको क्षतिपछि पुनर्निर्माणका लागि सहयोग जुटाउन आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ।संसदको राष्ट्रिय विपत व्यवस्थापन तथा अनुगमन समितिको बैठकमा अर्थमन्त्री रामशरण महतले सम्मेलनमा ६५ मुलुक र संघसंस्थालाई सरकारले निमन्त्रणा गरेको जानकारी दिए। उनका अनुसार अहिलेसम्म करिब ४० राष्ट्र र संस्थाका प्रतिनिधिले उपस्थित हुने जानकारी गराइसकेका छन्।




'सम्मेलनमा हामीले एजेन्डा मात्रै राखेर हुँदैन,' मन्त्री महतले भने, 'भूकम्पले वास्तविक क्षति कति पुर्यापएको हो, परिपूर्तिका लागि कति रकम आवश्यक पर्छ, त्यसको मूल्यांकन कसरी गरिएको छ, सबै हेरेर मात्रै विदेशीले सहयोग गर्ने हुन्।'

त्यसका लागि पिडिएनए तयार भइसकेको जानकारी मन्त्री महतले दिए। पाकिस्तान, इन्डोनेसिया, हाइटी लगायतका मुलुकमा पनि यही विधिका आधारमा क्षतिको मुल्यांकन भएको जनाउँदै उनले अहिलेसम्म ६ सय ६६ अर्बको क्षति पुगेको अनुमान गरिएको बताए।

सम्मेलनपछि विदेशीले दिने सहयोगमा अपुग सरकारले नै खर्च गर्नुपर्ने बताए। 'पहिले कहाँ गर्ने भन्ने विषयमा विवाद थियो,' उनले भने, 'तर, भूकम्पले क्षति पुगेको नेपालमा सम्मेलन गरियो भने सहानुभूति हुन्छ भनेर छिटो गर्न लागिएको हो।'

मन्त्री महतका अनुसार केही संस्थाले दिल्ली, टोकियो र पेरिसमा अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेको पनि जानकारी दिए।

'नेपालमा आर्थिक गतिविधि शिथिल छ,' उनले भने, 'पर्यटनको अवस्था पनि त्यस्तै छ। अहिले नेपालमै यो सम्मेलन गर्न सके राम्रो सन्देश जान्छ। नेपाल सुरक्षित छ, घुम्न जानुपर्छ भन्ने सन्देश जान्छ।'

उनले नेपालका तर्फबाट प्रस्तुत गरिने प्रस्ताव गुणस्तरको भएको पनि जनाए। मन्त्री महतले नेपाललाई निरन्तर सहयोग गर्ने दातृ निकाय बाहेक अन्य देशलाई पनि निमन्त्रणा गरिएको बताए।

'हाम्रा पुराना सबै दातालाई बोलाइएको छ,' उनले भने, 'कतिपय नयाँ पनि छन्। अस्ट्रिया, बेल्जियम, लक्जेम्बर्ग, न्युजिल्यान्ड, ब्राजिल जस्ता नयाँ मुलुकले पनि चासो देखाएकाले आमन्त्रण गरेका छौं।'

मन्त्री महतले नेपालको स्वाभिमान खलबलिने गरी नेपालको नीतिविपरीत गएर कुनै पनि सम्झौता नहुने धारणा राखे।

बैठकमा सांसदहरूले दुई छिमेकी मुलुकका प्रधानमन्त्रीलाई बोलाउन दुई मन्त्रीलाई पठाइएको भए पनि चीनमा किन नगएको भन्दै प्रश्न उठाएका थिए। त्यसमा मन्त्री महतले चीन र भारतका प्रधानमन्त्रीलाई विशेष निमन्त्रणा दिन बोलाइएको भए पनि आउन नसक्ने जानकारी गराएको बताए।

बैठकमा उपस्थित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सरकारमा रहेका दलहरूबीच कुनै विवाद नभएको भन्दै मिडियाले नै विवाद निम्त्याइदिएको बताए। 'चीनका प्रधानमन्त्रीको पहिले नै कार्यक्रम तय भएको जानकारी पाएपछि चीन नगएको हो,' पाण्डेले भने, 'दुई रात सुत्न मात्रै विदेश जाने मान्छे होइन। आउन नभ्याउने जानकारी पाएपछि निमन्त्रणा दिन जानैपर्ने अवस्था रहेन।'

बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय सम्मेलनका लागि संसदमा रहेका दलहरूसँग छलफल नगरेको र पिडिएन रिपोर्ट माग्दा पनि सरकारले नदिएको भन्दै आलोचना गरेका थिए।

पूर्वप्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले परिचयपत्र र प्राथमिकता निर्धारण गरेर मात्र नेपाल बलियो रूपमा प्रस्तुत हुन सुझाव दिए। उनले नेपाललाई सहयोग गर्न चाहने संघसंस्थाको पनि बैठक राख्न सरकारलाई सुझाव दिएका थिए।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले चीन र भारतलाई विश्वासमा लिन नसकेको बताए। 'पहिले नै विश्वास दिलाउनुपर्थ्यो,' पौडेलले भने, 'ढिला भयो। अब पनि नेपाल खतरा होइन सुरक्षित छ भन्ने सन्देश दिने गरी सम्मेलन आयोजना हुनुपर्छ।'

एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संसद र दलहरूलाई अहिलेसम्म पनि जानकारी नगराएको भन्दै आक्रोश व्यक्त गरे। 'देशले राख्ने प्रस्ताव के हो?' उनले भने, 'अहिलेसम्म दलहरूलाई पनि जानकारी गराइएन। देशको बेइज्जत नहोस्। हामीले लिने सहयोग कस्तो हो? त्यो पनि जानकारी गराइएन।'

उनले संसद र संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई विश्वासमा लिन सरकारसँग आग्रह गरे। विदेशी सहयोग एकद्वार प्रणालीमा नगए मुलुकमा दुर्घटना हुन सक्ने बताउँदै कसैले आग्रह गरेको भरमा गाउँ बनाउने जिम्मा कसैलाई नदिन सरकारलाई सुझाव दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस