उर्जामा लगानी जुटाउन फेरि दाता सम्मेलन
२७ फागुन २०७२
•
५ मिनेट पाठ
उर्जामा लगानी जुटाउन फेरि दाता सम्मेलन
काठमाडौं– 'दश वर्षमा दश हजार मेगावाट' विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायलार्इ सहभागी गराएर अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेकाे छ।

सम्मेलनको मिति तय नभए पनि मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्याउने लक्ष्यका साथ सरकारले आवश्यक तयारी गरेको हो। नेपालको जलविद्युत् क्षेत्रमा हाल विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, जर्मन सहयोग नियोग, कुवेती कोष, साउदी कोष, युरोपेली बैंकलगायतले सहयोग गर्दै आएका छन्।

ऊर्जा क्षेत्रको विकासका लागि भन्दै सरकारले यही फागुनको पहिलो साता ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेको थियो। हाल उक्त घोषणालाई नीतिगत र व्यावहारिक रुपमा अगाडि बढाउन विभिन्न चरणमा काम सुरु गरिएको छ।

प्रसारण लाइन निर्माण, विद्युत् खरिद सम्झौता, विद्युत् ऐन तथा नियमन आयोग गठनसम्बन्धी ऐन, विद्युत् चोरी नियन्त्रण तथा नियमन ऐनको तयारीमा रहेको ऊर्जा मन्त्रालयले पछिल्लो पटक दाता सम्मेलनको समेत तयारी गरेको हाे।

ऊर्जा मन्त्रालयका प्रवक्ता सञ्जय शर्माका अनुसार सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्था र लगानीका क्षेत्र तथा अवसरका बारेमा जानकारी गराइनेछ। संविधानसभाबाट संविधान जारी भइसकेको र मुलुक क्रमशः स्थिरताको बाटोमा लागिरहेको अवस्थामा द्रुततर रुपमा ऊर्जा क्षेत्रको विकासमा लाग्ने सरकारले प्रतिबद्धता जनाएको छ।

भारतको अघोषित नाकाबन्दीपछि ऊर्जा क्षेत्रको विकास र विस्तार मुलुकका लागि अपरिहार्य बन्दै गएको छ। नदी प्रवाहमा आधारितभन्दा पनि जलाशयुक्त र बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यसहित सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरिसकेको सन्दर्भमा दातृ निकायको सम्मेलनले त्यसमा थप बल पुर्याउने ऊर्जा मन्त्रालयको भनाइ छ।

"दातृ निकायबीच द्विपक्षीय रुपमा छलफल र संवाद होओस् भन्ने चासोका साथ सामान्य तयारी गरिएको छ, केही दिनभित्रै हामी मिति तय गर्छौं," प्रवक्ता शर्माले भने। गत वैशाखमा गएको भूकम्पपछि सरकारले पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो। सो सम्मेलनमा दातृ निकायले पुनः निर्माणमा सहयोग गर्ने वचन दिएका थिए। पुनः निर्माण प्राधिकरणमा भएको ढिलाइसँगै केही निराशा पैदा भए पनि पछिल्लो दिनमा प्राधिकरणले काम सुरु गरेकाे छ।

ऊर्जा क्षेत्रको विकास गर्ने र विश्वासिलो वातावरण बनाउने लक्ष्यका साथ सम्मेलनको तयारी भइरहेको मन्त्रालयको दाबी छ। कुन कुन आयोजना र कुन क्षेत्रमा कसरी सहयोग लिने भन्ने विषयमा प्रस्ट धारणाका लागि दाता सम्मेलनको तयारी गरिएको बताइएको छ। मन्त्रालयले सम्भवतः दुई सातापछि उक्त सम्मेलनको आयोजना गर्ने गरी तयारी सुरु गरेको छ।

दाता सम्मेलनको लक्ष्य र अपेक्षाका बारेमा छलफलपछि नै तय हुने उल्लेख गर्दै प्रवक्ता शर्माले ऊर्जा सङ्कट निवारणकालले निर्दिष्ट गरेका लक्ष्य र चाहनालाई पूरा गराउन स्वदेशी तथा विदेशी निकायसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए। सरकारले विशेषगरी जलाशययुक्त आयोजना नै ऊर्जा सङ्कट निवारण गर्ने प्रमुख आधारका रुपमा चित्रण गरिरहेको सन्दर्भमा दाता सम्मेलनले सोही दिशालाई आत्मसात् गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउनका लागि सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आग्रह गरिने भएको छ। सो सम्बन्धी तयारी भइरहेको छ। रासस
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस