भारतसँग सप्तकोसी बाँधको उचाइ घटाउने सहमति
३० असोज २०८०
•
३ मिनेट पाठ
भारतसँग सप्तकोसी बाँधको उचाइ घटाउने सहमति
सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ । सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको अध्ययन सम्बन्धमा गठित नेपाल–भारत संयुक्त विज्ञ टोलीको गत असोज २२ देखि २४ गतेसम्म भएको १७ औं बैठकले आयोजनाको बाँध करिब ३१ मिटर घटाउने सहमति गरेको हो ।  

विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बाँधको उचाइ ३३५.२५ मिटरबाट ३०४.८ मिटरमा झार्ने सहमति भएको बताए । ‘समुन्द्रीसतहबाट करिब ३१ मिटर उचाइ घटाउने विषयमा छलफल भएको हो,’ उनले भने, ‘यसको विस्तृत विवरण भने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेपछि मात्रै टुंगो लाग्नेछ ।’  

महानिर्देशक चटौतले आयोजनाको बाँध घटाउनुमा सप्तकोसी आयोजनाभन्दा माथिल्लो भेगमा निर्माणाधीन जलविद्युत् आयोजनाले पानीको खपत गर्ने र वातावरणीय संरक्षण लगायतका कारणले आयोजनाको बाँधको सतह घटाउन लागिएको बताए । ‘यो आयोजनाको अहिलेसम्म पनि विस्तृत अध्ययन हुनै पाएको छैन,’ उनले भने, ‘अबको ३० महिनाभित्र आयोजनाको विषयमा विस्तृत अध्ययन गर्न लागिएको हो ।’  

ऊर्जा मन्त्रालयका अनुसार यो आयोजनाबाट ३४ सय ८९ मेगावाट बिजुली उत्पादन गर्न सक्ने भनिएपछि यसपछि झण्डै तीन हजार मेगावाट क्षमतामा झर्नेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले सप्तकोसी आयोजनाको डुवान क्षेत्र, माथिल्लो तटीयक्षेत्रमा प्रस्तावित सञ्चालित गरिएका आयोजनाहरू र सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरूलाई समेत मध्यनजर गरी बाँधको ऊचाइ घटाउने सहमति भएको बताए ।

‘संयुक्त जलस्रोत समितिको नवौं बैठकको निर्देशन बमोजिम आयोजनाबाट तयार गरिएको परिमार्जित आकार प्रकार सम्बन्धी अध्ययनको प्रतिवेदन प्रस्तुत भएको थियो,’ उनले भने, ‘सोही विषयमा विस्तृत छलफल भएर बाँधको उचाइ घटाउने सहमति भएको हो ।’  

ऊर्जा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सिसौलीमा प्रस्तावित रिरेगुलेटिङ ब्यारेजको विकल्पमा उपयुक्त नयाँ स्थानमा रि–रेगुलेटिङ ब्यारेजको साथै नेपाली भूभागमा सिँचाइ सम्बन्धी अध्ययन कार्य जलस्रोत तथा सिँचाइ विभाग (नेपाल) को सहकार्यमा अगाडि बढाउने सहमति भयो ।  

भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङकन र पुनर्वास तथा पुनः स्थापना अध्ययन जस्ता महत्वपूर्ण अध्ययन कार्यहरू बाँकी रहेकाले प्राथमीकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको छ । यो आयोजनाको भारत सरकारबाट सन् १९८१ मा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार बराहक्षेत्रबाट १.६ किलोमिटर उत्तरतर्फ सप्तकोसी नदीमा पानीले भेट्ने भुइँमुनिको चट्टान सतहमा २६९ मिटर कंक्रिटको अग्लो बाँध रहनेछ।  

सप्तकोसी नदी सातवटा शाखा नदीहरू मिसिएर बनेको नेपालको एक प्रमुख नदी हो । यी शाखा नदीहरूमध्ये सुनकोसी, अरूण र तामाकोसी तीन नदीहरूको उद्गमस्थल छिमेकी राष्ट्र चीनको तिब्बत हो भने इन्द्रावती, लिखु, दुधकोसी र तमोरको उद्गमस्थल नेपाल हो । सप्तकोसी नदी भारतको कुर्सेला भन्ने स्थानमा गंगा नदीमा गई समाहित हुन्छ । सन् १९४६ मा भारत सरकारबाट सप्तकोसी उच्च बाँध आयोजनाको अध्ययनका लागि स्थलगत सर्भेक्षण भएको थियो ।  

सर्भेक्षणको आधारमा सन् १९८१ मा भारत सरकारद्वारा आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिएको थियो । प्रतिवेदनमा सप्तकोसी उच्च बाँधबाट नेपाल र भारत दुवै देशलाई सिँचाइ, विद्युत् र बाढी नियन्त्रणका फाइदाहरू प्राप्त हुनसक्ने कुरा उल्लेख गरिएका छन् । 

सन् १९८५ मा जाइकाको सहयोगमा नेपालले कोसी नदी वेसिनको जलश्रोत विकास सम्बन्धी गुरुयोजना तयार गर्दा यस योजनाको साथै सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनालाई पनि प्राथमिकता दिई विकास गर्न सिफारिस गरिएको थियो । गुरु योजनाको प्रतिवेदन अनुसार डाइभर्सन आयोजनाबाट विद्युत् उत्पादनको साथै कमला नदीको दुवै किनारमा रहेका भूभागमा समेत सिँचाइ सुविधा पुग्ने र कमला नदीको तल्लो तटमा बाढी नियन्त्रण हुने समेत उल्लेख गरिएको छ ।
अर्को समाचार
मादी नदीमा माछा संरक्षण योजना
२६ पौष २०८०
•
२ मिनेट पाठ
मादी नदीमा माछा संरक्षण योजना
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ। तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो।

आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछा जोखिममा पर्ने देखिएको छ। यसको क्षतिपूर्तिस्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। नेपालका रैथाने असला र सहरलाई लोपोन्मुख तथा सङ्कटापन्न माछाको प्रजातिका रुपमा लिइन्छ।

योजना मुख्यरुपमा सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा कार्यान्वयन गरिने छ। योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरु, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ।

मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको हो। जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्थाबमोजिम माछा संरक्षण योजना व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याइने छ।

माछा संरक्षण समन्वय समितिका संयोजक एवं व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले असारदेखि भदौ महिनासम्म माछाको प्रजनन समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाउन अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकबाट मादी नदीमा माछा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम स्थानीय एफएम रेडियो, टेलिभिजनजस्ता आमसञ्चार माध्यमबाट प्रसारण÷प्रकाशन गर्ने र सार्वजनिक ठाउँमा सन्देशमूलक बोर्ड राख्ने निर्णय भएको छ।

व्यास–३, ४, ५, ६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका वडा नम्बर ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्रमा मान्ने निर्णयसमेत बैठकले गरेको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस