'लगानी परिचालन गर्न कोष'
१२ फागुन २०७३
•
५ मिनेट पाठ
'लगानी परिचालन गर्न कोष'
काठमाडौं- पूर्वाधार विकासमा निजी लगानी परिचालन गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) को महत्वपूर्ण भूमिका भएकाले उक्त मोडलमा लगानी परिचालन गर्न नेपाल सरकारले केही नयाँ कोषहरू स्थापना गर्नुपर्ने भर्खरै सम्पन्न नेपाल पूर्वाधार शिखर सम्मेलनले निष्कर्ष निकालेको छ। सार्वजनिक र निजी क्षेत्रको लगानी परिचालनका लागि स्वायत्त विकास कोष, रणनीतिक पूर्वाधार कोष र जलवायु लगानी कोष स्थापना गर्न अनुभवी विज्ञको सुझाव आएको सम्मेलन आयोजकले जनाएको छ।

'नेपाल जस्तो अविकसित देशले यी कोषहरू स्थापना गरेर पूर्वाधारमा लगानी परिचालन गर्नुपर्छ भनेर अनुभवी विज्ञबाट सुझाव आएको छ,' बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्य आयोजक नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, 'यी फन्ड बनाउन हामीले मात्र सक्दैनौं, सरकार अग्रसर हुनुपर्छ।'

सरकारको सहयोगमा फागुन ८ र ९ गते भएको सम्मेलनमा मुख्य वक्ताका रुपमा रहेका भारतीय रेल्वे मन्त्री सुरेशप्रभाकर प्रभु र एसियाली विकास बैंकका उपाध्यक्ष बेन्काई ‰याङले विभिन्न देशका अनुभवले पूवर्धार विकासमा निजी लगानी परिचालन गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडल सम्बन्धी ऐन र यस्ता कोष स्थापना गर्न सुझाव दिएको शर्माले जानकारी गराए।

नेपाल जलवायु लगानी कोष प्राप्त गर्नुपर्छ भन्नेमा छिमेकी देशको समेत सद्भाव रहेको र यसको लागि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता आएको अध्यक्ष शर्माले बताए। 

नेपालको आर्थिक विकास गर्न उत्तर–दक्षिण जोड्ने द्रुत गतिको रेल, हाइवेको आवश्यकता रहेको र यसको लागि भारत सरकार सहयोग गर्न तयार रहेको सम्मेलनमा भारतीय रेल्वेमन्त्री प्रभुले जानकारी गराएका थिए। काठमाडौंलाई भारतको राजधानी नयाँदिल्ली तथा नेपालका लागि समुद्रपार व्यापारको पारवहन केन्द्र कोलकातासँग तीव्र गतिको रेल्वे सञ्जालले जोड्न भारत सरकार इच्छुक रहेको उनले बताएका थिए। परिसंघले लामो समयदेखि उठाउँदै आएको यो विषयमा कार्ययोजना बनाएर अगाडि बढ्न परिसंघले सरकारलाई सुझाव दिएको छ।

त्यसैगरी, उत्तरी छिमेकी तथा दोस्रो ठूलो व्यापार तथा लगानी साझेदार चीनतर्फ पनि सडक तथा रेल्वे सञ्जाल विस्तारका लागि सरकारी स्तरबाट पहल गर्नुपर्ने सम्मेलनको सुझाव छ। उत्तर र दक्षिणका विशाल अर्थतन्त्र भएका छिमेकी देशसँग बलियो पूर्वाधार सञ्जाल विस्तार नेपालको आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि कोशेढुंगा साबित हुने भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

देश विकासमा निजी क्षेत्रको समेत सहभागितामा दिगो र दरिलो पूर्वाधार सञ्जाल किन आवश्यक छ भन्ने यस सम्मेलनले प्रमाणित गरेको परिसंघको बुझाइ छ।

आइडिया स्टुडियोको सहकार्यमा संकलित पूर्वाधार विकाससम्बन्धी आइडियामध्ये १० आइडिया सम्मेलनमा प्रस्तुत भएका थिए। तीमध्ये काठमाडौंमा मोनो रेल चलाउने, ग्रामीण क्षेत्रमा सामान ओसारपसार गर्ने इलेक्ट्रिक रेल्वे चलाउने र ठूला पूर्वाधार बनाउन प्रयोग हुने हेभी इक्विपमेन्ट चालकलाई तालिम सञ्चालन गर्ने आइडियालाई उत्कृष्टका रुपमा छानिएको छ।
अर्को समाचार
सरकारी कोषका चार खर्ब पुँजी बजारमार्फत परिचालन गरिने
२५ पौष २०७४
•
७ मिनेट पाठ
सरकारी कोषका चार खर्ब पुँजी बजारमार्फत परिचालन गरिने
काठमाडौं –  नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झन्डै ४ खर्ब ५ अर्ब स्थिर रकमलाई पुँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पुँजी बजारमा आकर्षित गराउने पहल गरेको हो ।

कोषलाई स्थिर रुपमा मात्रै राख्दा त्यसले कुनै पनि मुनाफा नदिएको र लगानीको विस्तारसमेत नभएकाले बजार विस्तारका लागि स्टकले पहल शुरु गरेको हो । स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए ।

कर्मचारी सञ्चय कोषसँग २ खर्ब ५० अर्ब सञ्चित कोष छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा  ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा १४ अर्ब रकम छ ।

नेपाल प्रहरीको कल्याणकारी कोषमा २ अर्ब १९ करोड तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा १ अर्ब २७ करोड रुपैयाँ छ । प्रमुख कार्यकारी अधिकृत साउदले सेना र प्रहरीसँग छिट्टै पुँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजनामा रहेको बताए ।

‘बजार विस्तारसँगै लगानीमा अभिवृद्धि हुने भएकाले स्टकले सरकारी कोषको रकमलाई परिचालन गर्ने नीतिअनुसार छलफल सुरु गरिएको हो । हामी छिट्टै त्यस्ता कोषको रकमलाई पुँजी बजार विस्तारमा परिचालन गर्न लागेका छौं,’ उनले भने ।

नेपालको पुँजी बजार करिब १६ खर्बको रुपैयाँ बराबरको छ । बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइमा स्टक रहेको छ ।

साना लगानीकर्ताले मात्रै बजारको विस्तार हुन नसक्ने र बजारको स्थायित्वसमेत हुन नसक्ने भएकाले सबै प्रकारका स्रोत तथा कोषलाई लगानीका लागि परिचालन गर्न लागिएको स्टकको भनाइ छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामाजिक सुरक्षा कोषमा रहेको रकम पुँजी बजारमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञानको अभावमा पनि परिचालित हुन नसकेको नेप्सेको बुझाइ छ ।

‘पहिले हामी त्यस्ता निकायसँग छलफल गर्छौं र उनीहरूलाई पुँजी बजारमा जाँदाको फाइदा र लगानी विविधीकरणको विषयमा जानकारी दिन्छौं । आशा छ, उहाँहरू पनि पुँजी बजारमा आउनुहुनेछ,’ साउदले भने ।

यस्तै नेप्से ५० करोडभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण सेयर जारी गर्ने वातावरण बनाउन लागिपरेको छ । सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण सेयर जारी गर्ने तत्परता देखाएका छन् ।

पछिल्लो दिनमा डिसहोम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायत व्यापारिक संस्थाले पनि साधारण सेयर जारी गर्ने तयारी गरेका छन् ।

वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै

स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पुँजी बजारमा ल्याउन पहल सुरु गरेको छ । यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ ।

लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पुँजी बजारमा ल्याउन आफूहरूले पहल गरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ ।

‘५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने निकाय ढिलोचाँडो पुँजी बजारमा आउँछन् । हामी सहजीकरण गरिरहेका छौं । वास्तविक क्षेत्र छिट्टै सेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।  

बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पु¥याउने नीतिगत पहल सुरु गरेको छ ।

पुँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन् । (रासस)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस