इस्लामाबाद (पाकिस्तान), फागुन २२ (एजेन्सी) - पाकिस्तानले पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको आरोपमा पक्रन इन्टरपोलको मद्दत लिने भएको छ।
'हामीले इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेर भए पनि चाडै नै मुसर्रफलाई फिर्ता ल्याउने छौँ,' पाकिस्तानका आन्तरिक मन्त्री रहमान मलिकले भने, 'हामीहरू त्यसको अन्तिम चरणमा छौँ।'
सन् २००७ को डिसेम्बर २७ मा पाकिस्तानी सेनाको हेडक्वार्टर भएको स्थान रावलपिण्डीमा भुट्टोको हत्या गरिएको थियो।
सन् २००८ देखि लण्डन र दुबइमा स्वनिर्वासित जीवन बिताइरहेका मुसर्रफले अफूलाई गिरप्तार गर्ने सरकारको चेतावनीपछि पाकिस्तान आउने कार्यक्रममा ढिलाई गरेका थिए। उनले पाकिस्तानमा हुन गइरहेको आम निर्वाचनमा सहभागी हुन स्वदेश फर्कने योजना बनाएका थिए।
पाकिस्तानी अदालतले सन् २००६ मा उनलाई दक्षिण पश्चिम बलुच विद्रोही अकबर बुगटीको मृत्युका सम्बन्धमा पक्राउ आदेश जारी गरेको थियो।