एबटाबाद, (पाकिस्तान), फागुन १४ (एजेन्सी)-पाकिस्तनको एबटाबादमा गत वर्ष अमेरिकी कमाण्डोको कार्यवाहीमा मारिएका आतंकबादी तथा अलकायदाका नेता ओसामा बिन लादेनको घरलाई भत्काइएको छ। लादेन धेरै वर्ष देखि यस घरमा लुकेर वसेका थिए।
घर भत्काउने कार्यवाही शनिबार अवेर कडा सुरक्षा घेरामा सुरु गरिएको थियो। स्थानीय मानिसका अनुसार घर भत्काउनमा ठूला क्रेन र बुलडोजरको प्रयोग गरिएको छ। घर भत्काउने कार्यवाही सुरु गर्नु अघि सुरक्षाकर्मीले ओसामाको परिसर तर्फ जाने सबै बाटो बन्द गरिएको थियो।
यही घरमा विश्वकै 'वान्टेड' आतंकबादी ओसामा बिन लादेनलाई अमेरिकी सिल कमाण्डोले एक कार्यवाहीका क्रममा सन् २०११को २ मेमा मारेको थियो।
घर भत्काउने काम स्थानीय समय अनुसार शनिबार राति लगभग ९ बजे सुरु गरिएको थियो। प्रकाशका लागि यहाँ क्रितृम प्रकाश (फ्लड लाइट्स)को प्रयोग गरिएको थियो।
ओसामा बसेको भवन वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। पाकिस्तान रेडियोले एबटाबाद स्थित बिलाल टाउनमा ओसामो भवन ढलाउन लागेको समाचार दिएको थियो। पाकिस्तानके टेलिविजन जिओ न्युजले सबैभन्दा पहिले तेस्रो तल्लामा ओसामालाई अमेरिकी सिल कमाण्डोले मारेको कोठालाई भत्काइएको थियो।
त्यस क्रममा अधिकारीहरूले स्थानीयलाई घरबाट निस्कनबाट रोक लगाएका थिए। ओसामाको घर वरिपरि वस्नेहरूलाई त्यसक्रममा आफ्नो छतमा समेत जान दिइएको थिएन। ओसामा मारिएपछि घर सेनाको कब्जामा थियो।