भारतमा रहेका नेपाली भन्छन्ः 'सरकार हाम्रा लागि रहेनछ'
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
भारतमा रहेका नेपाली भन्छन्ः 'सरकार हाम्रा लागि रहेनछ'
सीमा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली। तस्बिर सौजन्यः कमल रावल
भारत गुजरातकोे राजकोट शहरमा एउटा घरमा काम गर्ने अछाम बान्नीगढी गाउँपालिका जनालिकोटका सेरे हुड्केलाई कामबाट निकालियो। ६ जना परिवारसहित बस्दै आएका हुड्केले बस्दै आएको घर पनि छोडेर जान घरबेटीले दबाव दिए। 




दिल्लीमा क्रियासिल पत्रकार इन्द्रकमल जैरुका अनुसार ६ जनाको परिवारलाई कहाँ लैजाने र कसरी पाल्ने भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो। गुजरातमा रहेका नेपालीलाई उदृत गर्दै जैरुले भने, ‘घरबेटीले छोडेर जान अन्तिम अल्टिमेटम दिएपछि उनले आइतबार आत्महत्या गरे।’  

गर्दै आएको काम पनि बन्द भएपछि र बसिरहेको घरको मालिकले छोडेर जान अन्तिम अल्टिमेटम दिएपछि उनी आत्महत्या गर्न बाध्य भए।  

संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा एउटा भिडियोको प्रसंग उठाएका थिए। सम्बोधनका क्रममा उनले भनेका थिए, ‘एउटा भिडियो भाइरल भएको छ। सबैले हेर्नु भएको होला। मैले पनि सेयर गरेको छु। त्यो सुनौं, हेरौं एक पटक, त्यसबाट पनि हाम्रो आत्मा पग्लिएन भने, आँखाबाट आशु आएन भने हामी आफैले सोच्नुपर्छ। हामी मानव हौं कि होइनौं?’

उनले भनेको भिडियोमा के थियो? कहाली लाग्दो भिडियो भारतको उत्तराखण्ड राज्यको हल्द्वानी को हो। जहाँ क्वारेन्टाइनबाट १७ जना नेपालीलाई निकालिएको थियो।

सीमा बन्द भएकोले आफूहरु घर जान पनि नसक्ने र भोकै मर्ने अवस्था आउने भिडियोमा नेपालीहरुले बताएका छन्।  ‘जहाँ गएपनि मर्ने नै हो भने, हामीलाई यहीँ मर्न दिनुस् वा मारिदिनुस्,’ भिडियोमा एक नेपालीले भनेका छन्।

जवाफमा भारतीय एक महिलाले अब खान र बस्न दिन नसक्ने बताएकी छन्। उनले नेपाल सरकारले आफ्ना नागरिकलाई फिर्ता लैजान नसकेको भन्दै भारतले पनि सित्तैमा  खाना दिन नसक्ने बताएकी छन्। उनले अगाडि भनेकी छन्, “तिमीहरूलाई यहाँ भारत सरकारले जबरजस्ती ल्याएको  होइन, तिमीहरू पैसा कमाउन आएका हौ। पैसा कमाउन आएकालाई निःशुल्क खान र बस्न दिन सक्दैनौँ।’

‘कोरोनाले मात्रै होइन नेपालीहरु खानै नपाएर पनि मर्ने अवस्था छ। मर्नै परे पनि हामी आफ्नै देशको माटोमा मर्न चाहन्छौं।’ कुँवरले भने, ‘हामीलाई यहाँबाट नेपाल जान दिइयोस्।’
भारतमा रहेका प्रवासी मजदूरको विचल्ली भएको पत्रकार जैरुले बताए। कोरोना महामारीका कारण जारी पहिलो चरणको लकडाउनसम्म उनीहरु काम गर्ने व्यापारी, होटल संचालकहरुले बस्न खान दिए पनि अब उनीहरुले पनि दिन नसक्ने भनेका छन्।  

भारतमा रहेका नेपालीका विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका जैरुका अनुसार दिल्ली, उत्तर प्रदेश, हरियाणा, पंजाब, हिमाचल, महाराष्ट्र, गुजरात, केरल, जम्मु कश्मीर, मध्य प्रदेश, पश्चिम बंगाल लगायतका ठाउँबाट ठूलो संख्यामा नेपालीहरुले आफुहरु भोकै मर्ने अवस्थामा रहेका बताएका छन्।

अधिकांश नेपालीहरुले स्वदेश फर्कन चाहेको उनले बताए। स्वदेश फर्किने वाताबरण नभए भारतमै खान र बस्नको व्यवस्था हुनुपर्ने माग उनीहरुको रहेको जैरुको भनाइ छ। भारतले आफ्नै नागरिकको समस्या समाधान गर्न नसकेकोले नेपाली नागरिकहरुलाई यताको प्रशासनले बेवास्ता गर्ने गरेको उनले सुनाए।

बैंलोरमा बस्ने विष्णु देवकोटाले धेरै नेपालीलाई कामबाट निकालिएको र बस्ने ठाउँ समेत नभएर भोकभोकै रोडमा सुत्नुपर्ने अवस्था आएको बताए। ‘कोरोना महामारीका कारण लकडाउन भएको लामो समय भयो। केही दिन सम्बन्धीत मालिकले खान बस्न दिए पनि अहिले भने उनीहरुको विचल्ली भएको छ। विशेषतः होटेल र अस्थायी प्रकृतिकोमा काम गर्ने प्रवासीहरु बढी समस्यामा परेका छन्।’

सानो कोठामा ८/१० जनासम्म नेपालीहरू कोच्चिएर बसिरहेकाे उनले बताए। पछिल्लो समय त्यही पनि घर मालिकले छोड्न भन्दै चेतावनी दिन थालेकाे नेपालीहरूले बताएकाे  उनले जानकारी दिए।  

गुजरातमा रहेका खकेन्द्र कुवँरले पनि आफूहरुलाई सरकारले सौतेनी व्यवहार गरेको गुनासो गरे। दिनभरि काम गरे मात्रै खान पाइने स्मरण गर्दै रोगले भन्दा भोकले मर्ने अवस्था आएको उनले बताए। ‘कोरोनाले मात्रै होइन नेपालीहरु खानै नपाएर पनि मर्ने अवस्था छ। मर्नै परे पनि हामी आफ्नै देशको माटोमा मर्न चाहन्छौं।’ कुँवरले भने, ‘हामीलाई यहाँबाट नेपाल जान दिइयोस्।’ 

यी त प्रतिनिधि घटना मात्रै हुन्। भारतमा रहेका अधिकांश नेपालीको बिचल्ली भएको छ।

प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय  सदस्य  कमल रावलले भारतमा रहेका लाखौं नेपालीका लागि सरकार नै नभएको भान भएको बताए। 'सरकारले चुनावताका मात्रै प्रवासीलाई खोज्दो रहेछ। अहिले त सरकार नै हाम्रा लागि रहेनछ भन्ने लागेको छ।' उनले भने।

‘विभिन्न ठाउँबाट नेपालीहरुले विचल्ली भएको भन्दै फोन गर्ने गरेको उनले बताए। सीमा क्षेत्रमा पनि हजारौं नेपालीको विचल्ली छ। भारतकै विभिन्न ठाउँमा भएका नेपालीहरुको अवस्था पनि नाजुक छ। अधिकांशलाई खान र बस्नको समस्या छ।’ उनले अगाडि भने। सीमामा महिनौंदेखि अलपत्र नेपाली घरको न घाटको भएको उनले बताए। ‘उनीहरुले न राम्रो बास पाएका छन् न खाना नैं। न नेपाल सरकारले उनीहरुका विषयमा सोच्यो न भारतले नै व्यवस्था गर्न सकेको छ।’ उनले भने।  

भारतस्थित नेपाली राजदूतावासले पनि खासै चासो नदिएको उनले बताए। दूतावासले नेपालीहरुलाई समस्या नभएको र सहयोग गरिरहेको भन्ने झुठो  दाबी गरिरहेको समेत उनको भनाइ छ। ‘कयौं पटक म आफैले फोन गरेको छु।’ ‘ नागरिकसँग टेलिफोनमा उनले भने, ‘अधिकांश बेला फोन नै उठ्दैन। 

उठिहाले एकले अर्कोको र अर्कोले अर्को नम्बर मात्रै दिन्छन्।’ एक पटक फोेन गर्दा पाँच पटकसम्म नम्बर मात्रै दिएको उनले सम्झिए। ‘दूतावासले सबै ठिक छ भनिरहेको छ।’ उनले भने, ‘यो मेरो मात्रै गुनासो होइन। अधिकांश नेपालीले भन्छन्, दूतावासको फोन नै उठ्दैन।’
अर्को समाचार
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
४ घण्टा अघि
•
१ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
९औँ गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी निरीक्षण तथा आवश्यक समन्वयका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष हेमराज शर्मा कतार आइपुगेका छन्।




आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।

कतार आगमनपछि शर्माले सम्मेलनकै सन्दर्भमा नेपाली राजदूतावाससँग विशेष समय लिएर भेटघाट तथा छलफल गरेका छन्। सम्मेलनको तयारी, दूतावाससँगको समन्वय, नेपाली समुदायको सहभागिता तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका साझा सवाललगायतका विषयमा छलफल भएको बताइएको छ।

त्यसैगरी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको अगुवाइमा कतारमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा एनआरएनएका अभियन्ताहरूसँग शर्माको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम केही बेरमा आयोजना हुँदैछ।

आज (नोभेम्बर २९) साँझ दोहाको मुन्तजा इस्टेटस्थित गोर्खाली रेस्टुरेन्टमा हुने उक्त कार्यक्रममा सम्मेलनको तयारी, नेपाली समुदायको सहभागिता र एनआरएनएको आगामी भूमिकाबारे छलफल हुने एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिएका छन्।

यसैबिच, एनआरएनए आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले शर्माको कतार आगमनदेखि स्वागत तथा भेटघाटका कार्यक्रमहरूमा सहजीकरण गरिरहेका छन्। उनले सम्मेलनको तयारीका क्रममा हालसम्म भएका गतिविधि, प्रगति र व्यवस्थापकीय तयारीबारे आईसीसी अध्यक्ष शर्मालाई जानकारी गराइसकेको बताएका छन्। कतारस्थित नेपाली समुदायका सरोकारवाला तथा अभियन्ताहरूसँग आवश्यक भेटघाट र समन्वयका लागि पनि सहजीकरण भइरहेको उनले जनाएका छन्।

'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, उद्धार तथा राहत, लगानी प्रवर्द्धन र प्रवासी नेपालीका साझा सरोकारका विषयमा छलफल हुनेछन्।

सम्मेलनको तयारीका लागि मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा विभिन्न समिति तथा उपसमितिहरू परिचालित छन्। मिडिया व्यवस्थापन, अतिथि सत्कार, आवास, यातायात, आर्थिक व्यवस्थापन, प्रायोजन तथा कार्यक्रम सञ्चालनलगायतका पक्षमा तयारी अघि बढाइएको छ।

यसअघि अक्टोबर ३० मा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको उद्देश्य, तयारी र प्राथमिकताबारे जानकारी गराइएको थियो। त्यसयता आयोजक समिति, एनसीसी कतार तथा विभिन्न सामाजिक संघसंस्थाबिच आवश्यक समन्वय र सहकार्यका गतिविधि जारी छन्।

मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र सम्भावनालाई साझा मञ्चमार्फत उठाउने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनलाई सहभागितामूलक र परिणाममुखी बनाउन आयोजकहरू जुटिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस