क्युबासँग नयाँ सम्बन्ध चाहन्छ अमेरिका
०५ वैशाख २०६६
•
४ मिनेट पाठ
क्युबासँग नयाँ सम्बन्ध चाहन्छ अमेरिका
न्युयोर्क वैशाख ५ (एजेन्सी)- अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाले क्युबासँग नयाँ सम्बन्ध चाहेको बताएका छन् । टि्रनिडाड एन्ड टोबागोमा आयोजित अमेरिकी राष्ट्रहरुको संगठन अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स ओएएस सम्मेलनमा ओबामाले भने ुहामी अमेरिकी महादेशका अन्य राष्ट्रसँग पनि समान सहकार्य चाहन्छौं।
अमेरिका र क्युबाबीच वर्षौंदेखिको चिसो सम्बन्धमा सुधार आउने संकेत देखिइरहँदा अमेरिकी महादेशका ३४ मुलुक सहभागी सम्मेलन भएको हो । क्युबालाई भने सम्मेलनमा सहभागी गराइएको थिएन । यसअघि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोको वार्ता प्रस्तावलाई स्वागत गरेकी थिइन् ।




क्यास्ट्रोले पनि अमेरिकासँग हरेक विषयमा वार्ता गर्न तयार रहेको बताइसकेका थिए । 'अमेरिकासँग मानवअधिकार राजनीतिक बन्दी र प्रेस स्वतन्त्रताका विषयमा समेत वार्ता गरिने छ' उनको भनाइ थियो ।

ओबामा प्रशासनले अमेरिकामा रहेका क्युबालीलाई कमाएको पैसा घर पठाउन र परिवारलाई भेट्न जान अनुमति दिएलगत्तै क्युबाली राष्ट्रपति क्यास्ट्रोको वार्ता प्रस्ताव आएको हो । 'अमेरिका क्युबासँग नयाँ सम्बन्ध चाहन्छ' टि्रनिडाड एन्ड टोबागोको राजधानी पोर्ट अफ स्पेनमा आयोजित सम्मेलनमा ओबामाले भने 'मलाई थाहा छ दशकौंदेखिको अविश्वास अन्त्य गर्न लामो यात्रा तय गर्नु छ तर एउटा नौलो दिनका लागि हामी केही गम्भीर कदम चाल्न सक्छौं ।'

क्युबामा फिडेल क्यास्ट्रोले सत्ता कब्जा गरेपछि सन् १९६० देखि अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोड्नुका साथै व्यापारिक नाकाबन्दी लगाएको थियो । त्यहाँको कम्युनिस्ट शासन ढाल्ने उद्देश्यले पटक-पटक क्युबामाथिको नीति कडा पार्दै ल्याएको थियो । अघिल्ला राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा पनि क्युबामा विपक्षीहरुलाई उचालेर क्यास्ट्रो वंश पतन गर्ने प्रयास भएको थियो । तर अमेरिकी विदेशमन्त्री क्लिन्टनले अमेरिकाको क्युबा नीति असफल भइसकेकॊ स्वीकार गरिसकेकी छन् ।

अमेरिकी सम्मेलनमा ओबामाले अमेरिकासँग परम्परागत रुपमा चिसो सम्बन्ध भएका अन्य ल्याटिन अमेरिकी मुलुकसँग पनि सहकार्य सुरु गरिने बताए । 'नयाँ अध्याय सुरु गर्न म यहाँ उपस्थित छु हाम्रो दिगो सम्बन्ध मेरो कार्यकालभरि कायम रहनेछ' ओबामाले यसो भनिरहँदा सम्मेलनस्थल तालीले गुञ्जायमान थियो ।

सम्मेलन सुरु हुनुअघि ओबामाले अनौपचारिक रुपमा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजलाई समेत भेटेका छन् । पूर्वराष्ट्रपति बुसका कट्टर आलोचक मानिने चाभेज र ओबामा हात मिलाउँदै हाँसेको तस्बिर सार्वजनिक भएका छन् ।

भेनेजुएलाको राष्ट्रपति कार्यालयको वक्तव्यअनुसार ओबामासँग हात मिलाएपछि चाभेजले भने 'आठ वर्षअघि मैले यही हातले बुसलाई अभिवादन गरेको थिएँ । म तपाइँको साथी बन्न चाहन्छु ।' अमेरिकी अधिकारीहरुले भने चाभेजसँगको भेट 'निकै छोटो' भएको बताएका छन् । 'राष्ट्रपतिले हात मिलाए हाँसे र आफ्नो ठाउँमा गएर बसे' एक अमेरिकी अधिकारीले भने।
अर्को समाचार
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
७ घण्टा अघि
•
१ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
९औँ गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी निरीक्षण तथा आवश्यक समन्वयका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष हेमराज शर्मा कतार आइपुगेका छन्।




आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।

कतार आगमनपछि शर्माले सम्मेलनकै सन्दर्भमा नेपाली राजदूतावाससँग विशेष समय लिएर भेटघाट तथा छलफल गरेका छन्। सम्मेलनको तयारी, दूतावाससँगको समन्वय, नेपाली समुदायको सहभागिता तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका साझा सवाललगायतका विषयमा छलफल भएको बताइएको छ।

त्यसैगरी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको अगुवाइमा कतारमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा एनआरएनएका अभियन्ताहरूसँग शर्माको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम केही बेरमा आयोजना हुँदैछ।

आज (नोभेम्बर २९) साँझ दोहाको मुन्तजा इस्टेटस्थित गोर्खाली रेस्टुरेन्टमा हुने उक्त कार्यक्रममा सम्मेलनको तयारी, नेपाली समुदायको सहभागिता र एनआरएनएको आगामी भूमिकाबारे छलफल हुने एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिएका छन्।

यसैबिच, एनआरएनए आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले शर्माको कतार आगमनदेखि स्वागत तथा भेटघाटका कार्यक्रमहरूमा सहजीकरण गरिरहेका छन्। उनले सम्मेलनको तयारीका क्रममा हालसम्म भएका गतिविधि, प्रगति र व्यवस्थापकीय तयारीबारे आईसीसी अध्यक्ष शर्मालाई जानकारी गराइसकेको बताएका छन्। कतारस्थित नेपाली समुदायका सरोकारवाला तथा अभियन्ताहरूसँग आवश्यक भेटघाट र समन्वयका लागि पनि सहजीकरण भइरहेको उनले जनाएका छन्।

'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, उद्धार तथा राहत, लगानी प्रवर्द्धन र प्रवासी नेपालीका साझा सरोकारका विषयमा छलफल हुनेछन्।

सम्मेलनको तयारीका लागि मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा विभिन्न समिति तथा उपसमितिहरू परिचालित छन्। मिडिया व्यवस्थापन, अतिथि सत्कार, आवास, यातायात, आर्थिक व्यवस्थापन, प्रायोजन तथा कार्यक्रम सञ्चालनलगायतका पक्षमा तयारी अघि बढाइएको छ।

यसअघि अक्टोबर ३० मा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको उद्देश्य, तयारी र प्राथमिकताबारे जानकारी गराइएको थियो। त्यसयता आयोजक समिति, एनसीसी कतार तथा विभिन्न सामाजिक संघसंस्थाबिच आवश्यक समन्वय र सहकार्यका गतिविधि जारी छन्।

मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र सम्भावनालाई साझा मञ्चमार्फत उठाउने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनलाई सहभागितामूलक र परिणाममुखी बनाउन आयोजकहरू जुटिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस