फलानो
१२ मंसिर २०७१
•
१ मिनेट पाठ
फलानो
अर्को समाचार
साइनबोर्ड एउटा धन्दा अर्कै
११ चैत्र २०७२
•
१५ मिनेट पाठ
साइनबोर्ड एउटा धन्दा अर्कै
फलानो मेनपावर कम्पनी ! फलानो ब्युटिपार्लर ! फलानो खाजापसल ! साइनबोर्डमा यस्तो लेखिएको हुन्छ । तर, लेखिएअनुसार नै काम हुन्छ भन्न कहाँ सकिन्छ र ? राजधानीमा एकथरी पेशा वा व्यवसायको साइनबोर्ड झुन्ड्याएर अर्कै थरी धन्दा गर्नेहरूको बिगबिगी छ । खाजापसलमा खाजाको सट्टा यौनप्यास मेट्ने सुविधा उपलब्ध हुनसक्छ । अम्मर जिसी र अनिल यादवले विभिन्न आवरणमा हुने राजधानीको यौन व्यापारका अनेक पक्ष नियालेका छन् ।काठमाडौँ, कलंकीस्थित मकालु पेट्रोल पम्पको पछाडिपट्टि एउटा साढे तीनतले घर छ । जहाँ 'सोसाइटल ओभरसिज सर्भिसेज प्रालि' लेखिएको साइनबोर्ड देख्न सकिन्छ । साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौन व्यापार भइरहेको थियो । जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौनकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत 'सेवा' पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौनकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो ।
IMG 4161 copy
पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो– मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् ।




०००

नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौन भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौनकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् ।

खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौनधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा यत्रतत्र तैनाथ भेट्न सकिन्छ । एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौनप्यास मेट्ने अवसर जुर्छ । पाँच सयमा यौनकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ ।

उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौनप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् । 'अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,' अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, 'यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुप¥यो ।'

खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् । झुपडीमै यौनधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौनकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौनधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् । यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, 'घुमुवालाई हातमा लिन सके सब कुरो मिल्छ ।' उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू 'दिन दुगुना, रात चौगुना' महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ ।

०००

सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौनप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्, 'यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् । गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर 'एक्स्ट्रा टिप्स' पाइरहेका छन् ।' उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा 'डेलिभर' पनि भइरहेको छ । 'जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी–प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?' सरकारलाई सञ्चालिकाको प्रश्न छ, 'हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?' पार्लरमा सुन्दर हुन आउने ग्राहककै 'डिमान्ड'का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ । 'सरकारका बाउ आए पनि यो शहरमा यस्तो काम बन्द हुन सक्दैन,' उनी कडा रूपमा प्रस्तुत हुन्छिन्, 'व्यवस्थित गर्नतिर सरकारले सोचेन भने उसकै लाज हुने हो । लगेर दुई–चार दिन थुन्दैमा डराउनेवाला छैनौँ ।' कैयौँ पटक प्रहरी खोरमा पर्दै÷छुट्दै गरेको अनुभवले उनी खारिएकी छिन् ।

आवरण बदलिरहने धन्दा
IMG 9628 copy
मेनपावर, पार्लर, खाजापसल, कस्मेटिक, सैलुन, होटल, बार, मसाज, स्पा...। यस्ता कैयौँ आवरणमा यौनधन्दा चलिरहेको छ । धन्दावालहरू चौपट्टै बाठा छन् । जो देखाउने दाँत अर्थात् आवरण बदलेको बदल्यै हुन्छन् । ग्राहकसँग साक्षात्कार गर्ने जुक्ति र माध्यम अनौठा लाग्छन् । प्रहरी र धन्दावालाहरूबीच बेलाबेला लुकामारी चलिरहन्छ ।

बदलिइरहने आवरणले यौनधन्दा पहिचान गर्नै गाह्रो पर्ने गरेको प्रहरी बताउँछ । 'धन्दावालाहरू हामी (प्रहरी) भन्दा धेरै बाठा छन्,' महानगरीय प्रहरी बौद्ध वृत्तका डीएसपी नरहरि रेग्मी स्वीकार्छन्, 'पहिचान भइहाले पनि तह लगाउनै मुस्किल छ ।' प्रहरीका अनुसार धन्दावालाहरूलाई सार्वजनिक अपराधभन्दा ठूलो सजाय हुने मुद्दा चलाउन सकिन्न । सार्वजनिक अपराध मुद्दा चलाउन पनि संस्थागत रूपमा पेशेवर तवरले लागेकाहरूलाई भन्दा अरूलाई गाह्रो छ । पछिल्लो समय संस्थागत तवरले भन्दा व्यक्तिगत सम्पर्क र 'बार्गेनिङ'मा देह व्यापार गर्ने धेरै छन् ।

मेनपावरका नाममा यौनधन्दा चलाइरहेका सञ्चालकहरूविरुद्ध महानगरीय प्रहरी कालिमाटी वृत्तले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइरहेको छ । 'त्यहीँ काम गरिरहेका पीडित महिलाहरूले दिएको उजुरीका आधारमा मुद्दा अघि बढाएका छौँ,' वृत्तका डीएसपी हेम थापाले भने, 'मेनपावरमा जागिर लगाइदिने आश्वासन दिएर शरीर बेच्न बाध्य पारेको पीडित महिलाहरूको भनाइ छ ।' डीएसपी थापाका अनुसार धन्दावालाहरूले महिनामा पाँच हजार रुपैयाँ तलब दिने भन्दै १८÷१९ वर्ष उमेरका किशोरीहरूलाई यौनकार्यमा लाग्न बाध्य पारेका थिए ।

संस्थागत तवरले चलेका यौनधन्दा बाहेकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ । 'धन्दाको सूचना पाएसम्म रेड हान्ने हो,' डीएसपी थापाले भने, 'सार्वजनिक अपराध मुद्दा चलाएर बढीमा २५ दिन थुनामा राख्यो । फेरि सुरु गरिहाल्छन् । अझ व्यक्तिगत सम्पर्कमा धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउनै मुस्किल छ ।'

डीएसपी थापाका अनुसार पछिल्लो पटक छापा हानिएको मेनपावरले यौनकर्मी र विदेश जाने कामदार दुवैको दलाली गरिरहेको थियो । विदेश जाने र आउने कामदारलाई यौनकर्मी मिलाइदिएर महँगो रकमसमेत असुलिरहेको थियो ।

'फ्ल्याट'को यौनधन्दा सदाबहार

सामान्य मान्छेको पहुँच कमै हुने 'फ्ल्याट'को यौनधन्दा शहरका लागि सदाबहार बनिसकेको छ । बलियो 'सेटिङ'का भरमा चलाइएका यस्ता फ्ल्याटमा प्रहरीले वास्ता गर्दैन । फ्ल्याटमा रेगुलर ग्राहक धेरै जान्छन् । टोले गुण्डाहरूको समेत सहयोग हुने भएकाले ढुक्कसँग व्यवसाय चलाउँछन् । काठमाडौँ, नारायणटारस्थित एक फ्ल्याटबाट निस्कँदै गरेका ग्राहकले भने, 'बरु महँगै तिर्ने हो । ढुक्कसँग मज्जा लिइन्छ । यहाँ त पुलिस, गुण्डा कसैको टेन्सन हुँदैन । जो पायो त्यही आउने पनि चान्स कम हुन्छ ।' ग्राहकहरूका अनुसार अझ फ्ल्याटमा भन्दा अपार्टमेन्टमा सञ्चालित कोठीहरू सुरक्षित र आरामदायी हुन्छन् ।

यौनधन्दाविरुद्ध प्रभावकारी कदम चाल्न प्रहरीलाई पनि गाह्रो छ भन्छन्, प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पोल्मीमगर । 'ग्राहक खोज्न सडकमै उत्रनेहरूलाई लखेट्न सक्छौँ, सम्झाउन सक्छौँ,' उनले भने, 'कोठी नै खोलेर बस्नेलाई सार्वजनिक मुद्दा चलाइन्छ । यसलाई उनीहरू सामान्य रूपमा लिन्छन् । नैतिकता हुनेले पो थाहा पाउँछ, सार्वजनिक मुद्दा कति गम्भीर हो भनेर ।'

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र राठौरका अनुसार यौनधन्दाको निगरानी राख्नु यहाँको प्रहरीको 'डेली रुटिन' हो । 'यस्ता धन्दाहरू घरबेटी, सञ्चालक, कामदार, ग्राहक धेरै पक्षको सहमतिमा थरीथरी आवरणमा चलेका हुन्छन्,' उनले भने, 'त्यस्ता धन्दालाई बन्दै गराउन गाह्रो पर्छ । तर, सूचना पाएसम्म धन्दा रोक्ने काम गरिरहेकै हुन्छौँ ।' गौशाला वृत्तका डीएसपी नवराज कार्की छुट्टै टिम बनाएर यौनधन्दा बन्द गराउन लाग्ने योजना सुनाउँछन् । प्रहरीका अनुसार जुनसुकै आवरणमा पनि सञ्चालित हुन सक्छन्, यौनधन्दा । धन्दावालाहरू ग्राहक बटुल्ने तामझामसँगै आवरण बदल्ने योजना बुन्नमा व्यस्त हुन्छन् ।

उता, यौनधन्दाको बलियो 'स्पट' गोंगबु क्षेत्रको प्रहरी पनि धन्दावालाको आवरण बदलिइरहने रणनीति र गतिलाई पछ्याउन नसकेको स्वीकार्छ । गोंगबु प्रहरी प्रभागका प्रहरी निरीक्षक रामनारायण माझी वेश्यावृत्तिमा मुद्दा चलाउनु मात्र समस्याको समाधान होइन भन्छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस