यसरी बनाइयो दलित
०६ असोज २०७७
•
७ मिनेट पाठ
यसरी बनाइयो दलित
क्याप्शन
पृथ्वीनारायण शाहले भनेका थिए- ‘नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो।’ यही भनाइजस्तै नेपाल विभिन्न जात, धर्म, संस्कार, संस्कृति, परम्परा तथा रीतिरिवाजको साझा थलोका रूपमा छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईसम्म विभिन्न जैविक, सामाजिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ। समाजशास्त्रीय अध्ययनअनुसार मानिसले जब आर्थिक क्रियाकलापको सुरुवात ग¥यो, तब मात्र समाजमा विभिन्न खालका वर्ग विभाजन भयो। जब मानिसले खाने कुरा पोलेर खान थाले, तब झुण्ड भएर बस्न थाले। त्यसपछि तेरो, मेरो भन्ने भावना विकास भयो।  

जहाँ आर्य छन्, त्यहाँ जातीय भेदभाव र छुवाछूत चरम रूपमा छ।
जब समाजमा पुँजीको उदय भयो, तब वर्ग पनि देखापरेको हो। अनि पछि विभिन्न जात, धर्म, संस्कार र संस्कृति स्थापना भएको पाइन्छ। यसैगरी जात व्यवस्था पनि पुँजीको उदयपश्चात् निहित शासक वर्गको स्वार्थ पूर्तिका लागि कायम गरिएको एक अमानवीय व्यवस्था हो। विश्वमा विभिन्न खालका विभेद अहिले पनि कायम छ। त्यस्तै नेपालमा पनि जात व्यवस्थाले मानिसलाई अमानवीय व्यवहारको सिकार बनाइरहको छ।

इतिहास हेर्दा नेपालमा जयस्थिति मल्लको पालादेखि जात विभाजन गरिएको पाइन्छ। तर केही महत्वपूर्ण अभिलेख अध्ययन गर्दा जातको व्यवस्था कहिले र कहाँबाट भयो भनेर ठ्याक्कै कुनै प्रमाण भने छैन। केही लिखित दस्तावेज अध्ययन गर्दा नेपालमा जात व्यवस्था २६ सय वर्षपहिले नै सुरु भएको थाहा पाइन्छ। गौतम बुद्धले चण्डालकी छोरीको हातबाट पानी खाएपछि निकै आलोचना भएको बुद्धको जीवनीमा पढ्न पाइन्छ।  

नेपालमा जातीय विभेदलाई विभिन्न कालखण्डमा विभिन्न राज्यसत्ताले कठोर बनाउँदै लगेका थिए। जसमा शासकले आफ्नो सत्ता जोगाइराख्न पनि यस प्रकारको विभेद सिर्जना गरी श्रेणी बनाएको पाइन्छ।  

इतिहास भन्छ– इरानको खसिस्थानबाट आर्यसँगै पूर्वी एसियामा फैलिएका खसलाई जुम्लाको सिँजाका आर्यले हिन्दुकृत गरेका हुन्। काँसीबाट मुलमानले बाहुनलाई आपमानजनक रूपमा गाईको आन्द्रा भिराएर नेपालतर्फ लखेटेको इतिहास पनि पढ्न पाइन्छ। उनीहरूले कालान्तरमा हिन्दु धर्मको प्रतीकका रूपमा धागोको डोरी (जनै) लगाउन थालेका हुन् भन्ने भनाइ पनि छ।  

कालान्तरमा यिनै सन्तान पूर्वी एसियामा फैलँदै गए। वैदिक ग्रन्थका लेखक आर्य ब्राह्मण नै भएकाले अन्य मानिसलाई म्लेच्छ, दानव, राक्षस, असुरलगायतका उपमा दिए। आर्यकोे प्रवेशले मात्र जातिवादी प्रथा आरम्भ भएको मान्न सकिन्छ, यसरी हेर्दा। आर्य मतको विशेषता भनेको पुरोहितवाद, ब्राह्मणवाद, गुरुवाद, सतीप्रथा आदि हुन्। करिब ७ सय वर्षअघि नेपाल उपत्यका प्रवेश गरेका बाहुनले राजा जयस्थिति मल्लमार्फत १४औं शताब्दीमा छुवाछूत र जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था भित्र्याएका हुन्। जहाँ आर्य प्रवेश गर्नुपूर्व जातपात थिएन र अहिलेसम्म पनि संसारमा अनेक प्रकारका विभेद छन्, तर जातीय होइन।  

जस्तै : रंगका आधारमा काला र गोरा, आर्थिक आधारमा धनी र गरिब छ भने जातका आधारमा राज्यसत्ता भएका देश भारत र नेपाल मात्रै हुन्। १८औं शताब्दीमा गोरखाका राजा नरभुपाल शाहको दोस्रो विवाह लम्जुङे राजा मगरकी छोरी कौशल्यावती देवीसँग भएपछि उनीबाटै सन् १७२३ मा पृथ्वीनारायण शाहको जन्म भएको हो। पृथ्वीनारायण शाहको शासनसत्ताअघि नेपालमा ५२ गणराज्य थिए। जब कीर्तिपुर, भक्तपुर र ललितपुरलाई पृथ्वीनारायणले कब्जामा लिएपछि वि.सं. १८२५ मा नेपाल अधिराज्य घोषणा भएको हो।  

जब बेलायती आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा युरोपदेखि भारतसम्म आइपुगे, तब त्यसकै प्रेरणाले पृथ्वीनारायण शाह गोर्खा साम्राज्य विस्तारमा लागेका थिए। त्यो बेला जयस्थिति मल्लको पालादेखि यता करिब ५ सय वर्ष १८ जात थिए। पृथ्वीनारायण शाहले विशेष रणनीतिसहित ४ वर्ण, ३६ जातमा विभाजन गरेका थिए।

जातीय विभेद अन्त्य हुनुपर्छ भन्ने चेतना सबैभन्दा पहिला पश्चिम नेपालको बागलुङबाट विकास भएको पाइन्छ। जब २००४ सालमा भगतसर्वजित विश्वकर्माको नेतृत्वमा ‘विश्व सर्वजन संघ’ स्थापना भयो तब दलित समुदायबाट विद्रोहको सुरुवात भएको पाइन्छ। 
जस्तै : आर्य बाहुनलाई उपाध्याय र जैसी, खसलाई क्षत्री र खत्री, किरातलाई राई र लिम्बु आदि। यसरी मनुस्मृतिमा आधारित राज्यसत्ता स्थापना गरी सञ्चालन गरियो। जसका कारण नेपालमा जात व्यवस्थालाई झनै पेचिलो बन्यो। जंगबहादुर राणाले वि.सं. १९१० मा नेपालको पहिलो लिखित कानुनका रूपमा परिचित मुलुकी ऐन जारी गरी वर्णवादी हिन्दु व्यवस्थालाई संस्थागत गरे। राणा शासन वि.सं. १९०३ देखि २००७ (१०४ वर्ष) सम्म सञ्चालन हुँदा नेपालमा १ सय २५ जात बनेका थिए। १४औं शाताब्दीदेखि १९औं  शताब्दी भनेको झण्डै ५ सय वर्षमा १८ वटा बनाइएका जात आखिर बाहुन (आर्य ) ले सुरुमै ३६ वटा बनाए।  

१०४ वर्षमा १२५ वटा जात मात्रै बनेन, मनुस्मृति र वर्णवादी व्यवस्थाबाट निकै डरलाग्दा सामाजिक रूपसमेत संस्थागत भए। साथै पुरुष (लोग्ने) को मृत्युमा महिला सतीका नाममा जिउँदै चितामा जल्नुपर्ने, गरिबले बोक्सा/बोक्सीको आरोपमा मारिनुपर्ने, दाइजो र अंशका नाममा महिला मारिनुपर्ने, पतिव्रता र भक्तिका नाममा वेश्या बन्नुपर्नेजस्ता हदैसम्मका सामाजिक अपराधसँगै जातीय छुवाछूत र भेदभावको विकराल रूप बन्यो। वास्तवमा दलित, अछूत वा जे भने पनि सानो/ठूलो जाति भनेर यिनै शासकले तोकिदिएका हुन्।  

नेपालमा नेपाल संवत्  (नेवार समुदायले चलाएको, येले संवत् किराँतले चलाएको) र अन्य जातिले चलाएका सबै तिथिमितिसमेत हटाई चन्द्रशमशेर राणा प्रधानमन्त्री हुँदा विक्रम संवत् (१९५९) को चलन सुरु गरेका थिए। भारतमा आर्य हुँदा विक्रम आदित्य भन्ने आर्य पुरुषले शासन गरेका थिए, त्यसैलाई आधार मानेर अहिलेसम्म पनि विक्रम संवत् प्रयोगमा ल्याइएको छ। तर यो पनि नेपालीको दिमागमा परापूर्वकालबाट नै हो कि भन्ने भ्रम परेको छ।  

यसरी नेपालमा जहाँ आर्य छन्, त्यहाँ जातीय भेदभाव र छुवाछूत चरम रूपमा छ। जातीय विभेद अन्त्य हुनुपर्छ भन्ने चेतना सबैभन्दा पहिला पश्चिम नेपालको बागलुङबाट विकास भएको पाइन्छ। जब २००४ सालमा भगतसर्वजित विश्वकर्माको नेतृत्वमा ‘विश्व सर्वजन संघ’ स्थापना भयो तब दलित समुदायबाट विद्रोहको सुरुवात भएको पाइन्छ। त्यसपछि जातीय आधारमा भेदभाव र छुवाछूत गर्न नपाइने आन्दोलन सुरु भयो। हाल जातीय विभेद अन्त्यको माग राखी सयौंको संख्यामा दलितका संघ/संगठन खुलेका छन्।  

सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक सबै क्षेत्रमा पछाडि पारिएको समुदायलाई दलित वर्गमा राखिएको हो। ६० लाखभन्दा बढीको संख्यामा रहेका दलित, राज्यको पहुँचबाट सधैं विमुख भएर बस्नुपर्ने बाध्यता छ। नेपाल एकीकरणको समयमा जसवीर कामीले हातहतियार तथा सामग्री निर्माण गर्ने काम गर्थे, बिसे नगर्चीले आर्थिक सहयोग र सल्लाह दिने गर्थे, मनिराम गाइनेले गीत/संगीतका माध्यमबाट मानिसलाई जागरुक गराउने काम गर्थे। बाङगे सार्की अंग्रेजसँगको युद्धमा बाटो नदेखाइदिँदा मारिएका थिए। दलितको यस्तो बलिदान र योगदानको राज्यले अवमूल्यन गरिरहेको छ।  

जातीय विभेदविरुद्धको अभियानमा २००७ सालको परिवर्तनले ठूलो भूमिका खेल्यो भने २०२० सालमा बनेको छुवाछूतविरुद्धको कानुनले त झन् दलित आन्दोलनलाई अझ सशक्त बनायो। २०३६ सालको आन्दोलनले यसमा अझ ऊर्जा थप्यो भने २०४६ सालको राजनीतिक परिवर्तनले पनि ठूलो मद्दत गर्याे। २००७ सालदेखि हालसम्मको प्रजातान्त्रिक आन्दोलनमा दलित समुदायको ठूलो योगदान छ, तर पनि यो समुदाय अझै दोस्रो दर्जाको नागरिक भएर जिउन विवश छ। गोल्छे सार्कीदेखि तिलक परियारसम्मको योगदान खेर गएको छ। सशस्त्र जनयुद्धको बलमा भएको २०६२/०६३ सालको जानलान्दोलनमा पनि दलितले बलिदानी दिएका छन्।  

जनगणना २०६८ अनुसार दलितको जनसंख्या १३.१२ प्रतिशत छ। संविधान र कानुनबमोजिम राजनीतिक प्रतिनिधित्वको अभ्यास सुरु भएपछि पनि उनीहरूको सहभागिता अत्यन्तै न्यून देखिन्छ। संघीय संसदमा दलितको सहभागिता ६.९ प्रतिशत र सरकारमा ४ प्रतिशतमा सीमित छ। यसैगरी प्रदेशसभामा ६.८ प्रतिशत र प्रदेश सरकारमा १.८८ प्रतिशत दलित छन्।  

यसैगरी नगरपालिकाको प्र्रमुखमा २.०५ प्रतिशत र उपमेयरमा ४.१० प्रतिशत दलितको प्रतिनिधित्व छ। वडा कार्यपालिका र वडा सदस्यमा २१.९ प्रतिशत दलित जनप्रतिनिधिको उपस्थिति छ। छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १४ वर्ष पूरा भए पनि जातीय विभेदकै कारण दलितको हत्या जारी छ।  

२००७ सालदेखि हालसम्मको प्रजातान्त्रिक आन्दोलनमा दलित समुदायको ठूलो योगदान छ, तर पनि यो समुदाय अझै दोस्रो दर्जाको नागरिक भएर जिउन विवश छ। गोल्छे सार्कीदेखि तिलक परियारसम्मको योगदान खेर गएको छ। 
सन् २०११ को नेपाल जीवनस्तर सर्वेक्षण हेर्ने हो भने ४१ प्रतिशत दलित निरपेक्ष गरिबीको रेखामुनि छन्। झन्डै ७७ प्रतिशत दलितलाई आफ्नै जमिनको उब्जनीले खान पुग्दैन। पहाडमा २० प्रतिशत र तराईमा ४४ प्रतिशत दलित भूमिहीन छन्। शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा पनि दलित समुदाय उस्तै पछाडि छ। साक्षरता दर अत्यन्तै कम छ। त्यसमा पनि तराईका दलितको अवस्था झन् ज्यादै दयनीय छ। एसइई पास गर्नेको संख्या एकदमै कम छ भने स्नातक उत्तीर्ण गर्ने त  कूल संख्याको १ प्रतिशत पनि पुग्दैनन्। झन्डै ८० प्रतिशत बाल मृत्यु  दलितकै भागमा पर्छ। निजामती क्षेत्रमा समावेशीकरणका कारण हाल १ प्रतिशत दलित समावेश भएको देखिन्छ। हालसम्म दलित समुदायबाट १ जना मात्र न्यायाधीश बनेका छन् भने धेरै क्षेत्रमा दलितको उपस्थिति शून्यजस्तै छ। यस्तो अवस्थामा दलितको उन्नति कसरी हुन सक्छ? सोचनीय छ।  

सामाजिक अभियन्ता
अर्को समाचार
गुनासो सुन्दै मेयर गाउँ-गाउँमा
११ पौष २०७६
•
९ मिनेट पाठ
गुनासो सुन्दै मेयर गाउँ-गाउँमा
इलाम नगरपालिका–५ को वडा कार्यालयमा आयोजित ‘जनतासँग मेयर’ कार्यक्रममा आफ्नो गुनासो सुनाउँदै सर्वसाधारण । तस्बिर:भीम/नागरिक
इलाम- ‘गाउँमा खानेपानी आयोजना सञ्चालन गर्न लाखौं रुपैयाँ भयो, पानी पनि आयो तर स्थानीय दलित बस्तीका धारामा किन पानी झरेन?’ इलाम नगरपालिका–५ का होमनाथ घिमिरेले जिज्ञासा राखे, ‘उपभोक्ता समिति बनाइयो तर समितिले अरूसँग सल्लाह गरेन। बैठक नै गोप्य ढंगले गरेको सुनियो। अहिले विपन्न समुदाय नै खानेपानीबाट वञ्चित भएको छ।’

मेयरका अघि उनले देवीथान–दमाईंडाँडा खानेपानी आयोजनाको कुरा उठाउँदा उनको कुरामा समर्थन जनाउनेको संख्या धेरै थियो। ‘मुहानमा पानी छ, आयोजना गाउँमा पुर्‍याउन बजेट पनि खर्च भयो तर जहाँका सर्वसाधारण काकाकुल भएका छन्, त्यहाँको दलित बस्ती पानीविहीन छ,’ उनले थपे, ‘पानी भएर पनि वितरण समान नहुँदा यहाँको विपन्न समुदाय खानेपानी अभाव झेल्न बाध्य छ।’

स्थानीय चन्द्र घिमिरेले आफ्नै जमिनमा पानीको मुहान भएपनि आफैंले पानी खान नपाएको दुखेसो पोखे। ‘मुहानमा छङछङ पानी छ, आफ्नै वरपर गाउँमा मेरै जमिनको पानी ल्याइयो तर मेरो घरमा पानी आएन,’ उनले भने, ‘आफ्नै पानी धारामा ल्याउन मैले अब कसलाई गुहार माग्नु?’

सदरमुकामसँगै जोडिएको सुगम मानिने वडा ५ को दुर्गम क्षेत्रका बासिन्दाको गुनासो हो यो। ‘गाउँमै सिंहदरवार’को रटान लगाइरहेका स्थानीय तहका जनप्रतिनिधिले पनि ध्यान पुर्‍याउन नसकेका दूरदराजका बासिन्दा अहिले पनि आधारभूत सेवाबाट वञ्चित छन्। गाउँको विकासका नाममा करोडौं रुपैयाँ खर्च भइरहेको छ, हरेक वर्ष विकास बजेटको दोब्बर भन्दा बढी रकम विकासकै नाममा चालु खर्चमा गइरहेको छ। तर, नागरिकले अहिले पनि सरकार सामु खानेपानी, बाटो, बिजुली, विद्यालय, स्वास्थ्य चौकीकै माग गरिरहनुपरेको यथार्थ सदरमुकाम रहेको इलाम नगरपालिकामै देखिएको हो।

यही वडाका मानबहादुर लिम्बूले स्थानीय तहले ह्वात्तै कर बढाउँदा सर्वसाधारणलाई बोझ परेको बताए। ‘देशमा गणतन्त्र, संघीयता आउनु त ठूलो उपलब्धी हो तर त्यसैको नाममा सर्वसाधारणले तिर्नै नसक्नेगरी कर बढाउँदा जनप्रतिनिधि र स्थानीय सरकारप्रति हामीले के राहत महशुस गर्ने?’ उनले भने, ‘आम्दानी नै नहुनेखालका जग्गाको मोटो कर तिर्दा हामीलाई मार परेको छ।’

इलाम नगरपालिकाले सञ्चालन गरिरहेको ‘जनतासँग मेयर’ कार्यक्रममा सहभागी भएर सर्वसाधारणले खुला रूपमा आफ्ना गुनासा राखिरहेका छन्। वडैपिच्छे सञ्चालन भइरहेको यो कार्यक्रममा सबैभन्दा बढी गुनासा शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीजस्ता न्यूनतम आधारभूत आवश्यकतामै केन्द्रित देखिन्छन्। सदरमुकाम रहेको नगरका ६, ७, ८ र ९ नम्बर वडा साविक नगरपालिकामै थिए। १, २, ३, ४, १०, ११ र १२ वडा स्थानीय तह पुर्नसंरचनामा थपिएका साविकका गाउँ विकास समिति हुन्। पूर्वाधारका हिसाबले दुर्गम मानिने यी वडाका बासिन्दा अझै पनि खाने–लाउने समस्यासँगै जुधिरहेका छन्।

‘निजी र सामुदायिक विद्यालयबीच किन शैक्षिक कार्यक्रम र भौतिक अवस्थामा यति ठूलो खाडल छ,’ वडा ५ कै युवक टीका पौडेलले मेयरसँग जिज्ञासा राखे, ‘शिक्षाजस्तो संवेदनशील र आधारभूत क्षेत्रमा नगरपालिकाले किन कम चासो दिएको हो?’ मेयरका अघि समस्या सुनाएका वडा ५ का ३० भन्दा बढी सर्वसाधारणले गाउँमा स्वास्थ्य सेवा सहज नभएको, लाखौं रुपैयाँ खर्चका भएका सडकमा गाडी गुड्न नसकेको, विद्युतका पोल र तार लथालिंग भइसक्दा पनि संरक्षणका लागि उचित पहल नभएकोजस्ता गुनासो पोखे। ‘नगरपालिकामा हामीले पठाएका जनप्रतिनिधिले एकैपटक ह्वात्तै हामीमाथि करको बोझ त थपे तर सर्वसाधारणको कर तिर्ने क्षमता चाहिँ अध्ययन गरेनन्,’ स्थानीय बसन्ती लिम्बूले भनिन्, ‘१० लाख रुपैयाँको सम्पत्ति हुने मान्छेको ५ लाख रुपैयाँ ऋण छ भने त्यो सम्पत्ति १० लाख हो कि ५ लाख?’

मेयर महेश बस्नेतले वडा १ देखि ५ सम्म पुगेर स्थानीयसँग उनीहरूका गुनासा, समस्या सुन्दै सुझाव लिएका छन्। नगरले सबै वडाका सर्वसाधारणसँग पुगेर उनीहरूका समस्या र सुझाव सुन्ने कार्यक्रम बनाएको हो। कार्यक्रममा वडास्तरका जनप्रतिनिधि पनि सहभागी भइरहेका छन्। सर्वसाधारणले खेलमैदान, पानीको मुहान संरक्षण, बजार व्यवस्थापन, सरसफाइलगायत विषयमा पनि गुनासो र सुझाव राखिरहेको नगरले जनाएको छ।

‘हामीले सर्वसाधारणबाट धेरै क्षेत्रका कामको प्रत्यक्ष अनुगमन गर्न पाएका छौं,’ उनले भने, ‘कतिपय कानुनी व्यवस्थाबारे सर्वसाधारणमा चेतना र बुझाइ कम भएको पनि पाइयो, हामीले अझै सर्वसाधारणलाई धेरै कुरा बुझाउन बाँकी नै छ।’

मेयर बस्नेतले नागरिकका आवश्यकता असीमित भएपनि सीमित साधन र स्रोतले काम गर्नुपर्दा सबैका चाहना पूरा गर्न नसकेको बताए। ‘नागरिकले त सबै काम स्थानीय सरकारले नै गर्ने हो भन्ने पनि बुझ्नुभएको छ,’ उनले भने, ‘तर, स्थानीय सरकार पनि निश्चित अधिकार क्षेत्रमा रहेर काम गरिरहेको छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले गुनासोहरू यहीं ठोक्किनु अन्यथा पनि होइन।’

नगरपालिकाका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले नगरले गरिरहेका गतिविधिबाट नागरिकका आवश्यकता, चाहना कति पूरा हुँदैछन् भन्ने थाहा पाउन ‘जनतासँग मेयर’ कार्यक्रम गरिरहेको बताए। ‘हुन त योजना तर्जुमादेखि कार्यान्वयनसम्म नागरिककै सहभागिता रहन्छ तर त्यसले मात्र सर्वसाधारणको आवश्यकता पूरा हुँदैनन्,’ उनले भने, ‘नगरले लागू गरेका कार्यक्रम कत्तिको प्रभावकारी छन्, नगरले सुधार गर्नुपर्ने पक्ष के छन् भन्नने थाहा पाउन पनि यस्तो कार्यक्रम आवश्यक परेको हो।’

उनले सबै वडाका नागरिकसँग छलफल गरेपछि नगरले आफ्ना योजना, कार्यक्रमको कार्यान्वयन र अनुगमनमा आएका सुझावअनुसार सुधार गर्दै अघि बढ्ने उद्देश्य राखेको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस