नयाँ मन्त्रीहरु फागुन १२ मा शीतलनिवासमा सपथ लिँदै थिए। त्यो पनि जनताको नाममा। सोही दिन सुर्खेतको साटाखानी गाविसस्थित रुप्से गाउँको दलित बस्तीमा वन प्रशासनले आगो लगायो। १३ घर खरानी बनाइयो। २ जना गरिबलाई ल्याएर थुनिएको छ। आरोप छ– गरिबले वन मासे। वन क्षेत्र अतिक्रमण गरे। तिनले वातावरण बिगारे। यो त उदाहरणमात्र हो ज्यादतिको।यतिखेर वन क्षेत्र आसपासका हजारौं समुदाय त्रासमा छन्। सयौं बस्ती उठाउने उर्दी छ। प्रहरीलाई वन प्रशासनले गरिबको घर जलाउन आगो थमाएको छ। प्रमुख जिल्ला अधिकारीलाई ती गरिबको आवास र सुरक्षाको मतलव छैन। राजनीतिक दल बोल्दैनन्। किनकि वन क्षेत्र आसपास बस्नेहरु गरिब हुन्। दलित हुन्। आदिवासी हुन्। हामीकहाँ सरकारको कुनै पनि सेवा वा मद्दत पाउन बलियो हुनुपर्छ। धनी हुनुपर्छ। शक्तिवाला व्यक्तिको १२ हैन, एउटै घर जलाइएको भए प्रमुख जिल्ला अधिकारी आफैं पुग्थे अन्याय भयो भनेर। सञ्चार माध्यमले मुख्य समचार बनाउँथे। व्यक्तिगत सम्पत्ति रक्षाको दुहाई दिन्थे तर ती गरिबको कसलाई के मतलव? किन मतलव?
परिवारमा आमाले सबैलाई माया गर्छिन् तर उनले पहिले साना बच्चा र बिरामीको स्याहार गर्छिन्। तिनलाई पहिले खाना खुवाउँछिन्। समाजमा पनि सबभन्दा कमजोर वर्गलाई बढी संरक्षण चाहिने हो। सरकार चाहिने नै मूलतः कमजोर वर्गका लागि हो तर परिवारमा लागु हुने यो नियम समाजमा लागु गरिँदैंन। हुनुपर्ने हो। तर सरकार धनीलाई धेरै धनी र गरिबलाई अझै गरिब बनाउँदैछ। काठमाडौंको सडक विस्तार गर्न अरबौं खर्च भइरहेको छ। तर सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई चासो छैन। सयौं ठाउँमा विद्यार्थी तुइन चढेर नदी तर्छन् त्यहाँ झोलुङ्गे पुल बनाउन सरकारसँग बजेट छैन। स्पष्ट छ– सरकार पक्षपाती छ गाउँ र गरिबप्रति।
आज जो वन र त्यसका आसपासमा बस्न बाध्य पारिएका छन्। हिजो तिनीहरुकोे जमिन जमिनदारी व्यवस्थाले खोस्यो। बाध्यताले जीविका चलाउन वनसँग नजिकिए। जहाँ बसेका छन् आज ती जमिन वन क्षेत्रभित्र पछि पारियो। अहिले अतिक्रमण क्षेत्र भनिएको अधिकांश ठाउँ सर्वसाधारण नागरिकबाट खोसिएकै जमिन हो। अहिले त्यहाँबाट उठिबास लगाउनु कहाँको मानवीयता हो? ती क्षेत्र त जसबाट खोसिएको हो तिनलाई नै फिर्ता गर्नुपर्छ। ल केही ठाउँमा वन क्षेत्रमा नै गएर पछि बसेका हुन रे। कतै ठाउँ नभएपछि जाने कहाँ त? तिनका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने हैन र? यो वास्तविकता नबुझी सरकार आफैँले गरिबको झुप्रोमा आगो झोस्न कसरी सकेको?
वन क्षेत्र धनीलाई भन्दा गरिबलाई बढी चाहिन्छ। डिएफओलाई हैन सुकुम्बासीलाई चाहिन्छ। सिडिओलाई हैन साना किसानलाई त्यसको खाँचो छ। त्यसको माया छ भने सबभन्दा धेरै तिनैलाई छ। यो देशको वन जोगाएका छन् भने तिनै गरिब जनताले जोगाएका छन्। वनको रखवारी गर्ने को छ? वृक्षारोपण गर्ने को छ? अनि तिनै नागरिक कसरी शत्रु भए सबैका? वन प्रशासनसँग मिलेर काठको गोलिया तस्करी गर्ने मित्र अनि सुकेको भिँकजा बटुलेर चुलो जोर्ने जनताचाहिँ वनको शत्रु? घाँस काटेर बाख्रा पाल्नेहरु तस्कर? यो कस्तो अन्याय? सरकारको यो ज्यादतिविरुद्ध देशभरका नागरिक बोल्नुपर्छ। के आवासको उचित व्यवस्थाबिना ज्याला गरेर जीविका चलाइरहेका नागरिकको घर जलाउन मिल्छ? जसको आफ्नै घर छ, जो राम्रो तलव र भत्ता बुझ्छन्, तिनलाई कि क्वाटर छ, छैन भने घर भाडा छ। अनि कमजोर वर्गको झुपडीमा आगो। यही हो लोकतन्त्र?
राज्यको स्रोत र शक्ति खर्चेर गरिबको घर जलाउने। शोषण र गरिबीले पिँधिएकालाई प्रहरीको खोरमा ल्याएर पिट्ने। अझै छ राणा शासनको झल्को। कहाँ छ लोकतन्त्र गरिबलाई? के गरिब जनताको वनमा कुनै अधिकार हुँदैन? कति जना अतिक्रमण गरेका धनीहरुको ढलान गरेको घर भत्काइयो? धनीहरु बसेको ठाउँ जसले पैसा टक्राउन सक्छन्, तिनको बस्ती अव्यवस्थितको नाममा नापिन्छ। के सबै मूल्य गरिबले मात्र चुकाउनुपर्ने? २०५८ सालमा हदबन्दी तोकिएकोभन्दा एक टुक्रा जग्गा लिन नसक्ने अनि गरिबलाई निचोर्ने? लखेट्ने? चिथोर्ने? जो दिनहुँ ज्याला गरेर खानुपर्छ तिनका घर राज्यको ढुकटी रित्याएर भत्ता खुवाएर आगो लगाउने? कतै हामी अर्को विद्रोहको बीउ त रोप्दै छैनौँ? दुनियाँलाई थाहा छ, चुरे क्षेत्रको दोहन। हिजो भारतले चारकोसे जङ्गल फाँडेर रेलको लिक बनायो। अहिले सबै गिट्टी र ढुंगा लगेर चुरेको नामोनिसान नहुने स्थिति भइसक्दा यो राज्यले कसलाई कार्बाही गर्यो।? खुलेआम माफियाहरुले वन सके। खोई कसलाई कार्बाही भयो? एउटा सुकुम्बासीले कतै विकल्प नभएर बनाएको एउटा ओतले वन क्षेत्र अतिक्रमण भयो? यो राज्य खुलमखुला गरिबहरुप्रति निर्दयी बनेको छ।
वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ ले गरिब सुकुम्बासीबाहेक कोही देख्दैन। यसले वन माफियालाई मित्र ठान्छ। चुरे सिध्याउने ठेकेदारलाई आफन्त। अनि निमुखा गरिबलाई शत्रु। के यो राज्य बलियाको मात्र हो? पुलिस बलियाको। प्रशासन बलियाको। राजनीतिक दलहरु बलियाको। मिडिया बलियाको। अहिलेका उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले बर्दियामा कसको भोटले जिते? स्पष्ट छ, सुकुम्बासी, भूमिहीन र कमैयाको। फाँटा फाँटा गएर उनले गरेको वाचालाई गरिबहरुले मोबाइलमै भए पनि रेकर्ड गरेका थिए। उनी अहिले उपप्रधान र गृह मन्त्री भएका छन् र तिनै क्षेत्रको बस्ती उठाइँदैछ। यस विषयमा उनको असली व्यवहार हेर्न बाँकी छ। गृह मन्त्रीको पहिलो निर्देशन फुटपाथको व्यापारी हटाउने गरेर उनले आफूलाई सम्भ्रान्तको पक्षमा देखाएका छन्।
अहिलेको वन ऐन अन्यायपूर्ण छ। कतिपय क्षेत्र गरिब बसेको ठाउँ जबर्जस्ती वन क्षेत्रमा हालिएको छ। यसो हुँदा नयाँ वन ऐनको आवश्यकता छ। यो वन ऐन बनाउँदा वन क्षेत्रका नागरिकसँग बढी परामर्श गरिनुपर्छ। तिनका आवाज सुन्नपर्छ। पछिल्लो चुनावपछिको सरकार बनिनसक्दै फेरि राजनीतिक दलका नेताहरुले वाचा बिर्सिएका छन्। चुनावको समयमा सुकुम्बासी बस्तीमा बास बस्न तँछाडमँछाड गर्ने अनि अहिले फेरि तिनै गरिबको घरमा आगो लगाउने? घोषणापत्रमा आवासको अधिकार दिने उल्लेख गरेका दलहरु किन बोल्दैनन्? केले मुख बन्द गरायो बोल्न सभासदलाई? के यो संसद पनि धनी र बहुराष्ट्रिय कम्पनीहरुको मात्र हो? कोही छैनन् गरिबको विषयमा बोल्ने? गरिबको घर जलाउने कार्य भनेको राज्यको दानवीय रूप हो। यसले कहिल्यै पनि समााधान दिँदैन। फगत ठूलो धनरासी मात्र सकिन्छ। यस वर्ष ५ करोड छुट्याइएको छ बस्तीमा आगो लगाउन। आवासको सुरक्षा गर्न हैन। आखिर विकल्प नभएपछि ती जनता कहीँ न कहीँ त बस्नुपर्यो । यो राज्यको तथ्याङ्कले १० लाख सुकुम्बासी भएको स्वीकारेको छ। त्यसो भए ती सुकुम्बासी बस्ने कहाँ? वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ कार्यान्वयनका लागि ५ करोड रकम सिद्धिन्छ। केही सुकुम्बासीले दुःख पाउँछन्। यो समस्याको समाधान हुँदै हैन।
वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ लाई संविधानमा उल्लेख गरिएको आवासको अधिकारको हनन हुनेगरी नागरिकको घर आगो लगाउने अधिकार कसरी र कहाँबाट आयो? यो रणनीति लागु गरिएपछि गरिब, दलित र लोपोन्मुख आदिवासीको घर जलाउनेबाहेक अरु कुनै काम भएको छ? के वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्ने भनेको गरिबको बास भत्काएर चिल्लिबिल्ली पार्नेमात्र हो? गरिबहरुलाई उचित बासको व्यवस्था गरेर तिनलाई त्यही वनको संरक्षणमा सहभागी गराउन सकिँदैन? वनको सुरक्षाको काममा कुन धनी खटिएको छ? हामी एउटा उपयुक्त मोडल विकास गर्न सक्दैनौं? वनको दोहन गर्ने ठेकेदार र माफियालाई किन कुनै कार्बाही हुँदैन। पैसा खाएर काठ बेच्ने वन हाकिमलाई किन कार्बाही हँुदैन? सुकुम्बासी बस्ती आगो लगाउने कार्य मूलतः वन क्षेत्रको बदमासी र त्यसको दोहनको मूल कारण छोप्न गरिएको नाटकमात्र हो। रहस्य अर्कै छ।
वन क्षेत्र आसपास बस्ने गरिब जनता समस्या हैनन्। तिनीहरु संरक्षणकर्ता हुन्। तिनलाई जिम्मेवारी दिनुपर्छ। वनमा अपनत्व जगाउनुपर्छ। निश्चित क्षेत्र बसोबासका लागि छुट्याएर उनीहरुलाई संरक्षणको काममा लगाउन सकिन्छ। प्रत्येक वर्ष एक परिवारले १० बिरुवा लगाउने नियम बनाउन सकिन्छ। देश लामो हिंसाबाट भरखर अंहिसाको बाटोमा गएको छ। नयाँ संविधान लेखिँदैछ। नयाँ सरकार बनेको छ। सर्वसाधारण नागरिकको समस्या सुनेर नयाँ ढंगले समाधान खोजौं। समाधान आगोको ज्वालामा छैन। समाधान त सम्वाद र सही विकल्प कार्यान्वयनमा छ। पछि परेका वर्गको न्याय र अधिकारको पक्षमा बोल्ने कोही छ बाँकी?