सुदूरपश्चिमको बजेट : स्वास्थ्य क्षेत्रमा सुधार र स्वरोजगार
०५ असार २०७७
•
८ मिनेट पाठ
सुदूरपश्चिमको बजेट : स्वास्थ्य क्षेत्रमा सुधार र स्वरोजगार
सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राख्नुका साथै कोरोना भाइरस महामारीबाट बेरोजगार भएकाहरुलाई विभिन्न आयमूलक काममा लगाइ स्वरोजगार बनाउने गरी बजेट ल्याएको छ । देश यतिखेर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आर्थिक तथा सामाजिक रुपमा थला परिरहेका बेला नेपालको संघीय तथा अन्य प्रदेश सरकारहरुले जस्तै यस प्रदेश सरकारले पनि स्वास्थ्य र विदेशबाट फर्किएका युवावर्गलाई स्वरोजगारका कार्यक्रममा बजेटलाई केन्द्रित गर्न खोजेको देखिन्छ ।           

प्रदेश सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमार्फत यहाँको विगतको भन्दा स्वास्थ्य क्षेत्रमा सुदृढीकरणलाई पुग्ने गरी बजेट बिनियोजन भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले आगामी वर्षलाई अस्पताल सुदृढीकरण वर्षका रुपमा लिइएको र स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटबाट यस क्षेत्रको संरचनागत विकासमा टेवा पुग्ने बताए ।

‘कोरानाका लागि राखिएको बजेट स्थानीय तहमार्फत समेत परिचालित भएको छ,’ उनले भने ।           

समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि आगामी आर्थिक वर्षमा स्वास्थ्य सुधार वर्षको नाम दिएर रु तीन अर्ब २६ करोड ६६ लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ अर्ब ७८ करोड विनियोजित थियो । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।       

सोमबार सुदूरपश्चिम प्रदेश सरकारले अधिकांश पुराना र केही नयाँ कार्यक्रमहरु सहित ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट ल्याएको छ । कूल बजेटमध्ये १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ भने चालूतर्फ  १४ अर्ब १८ करोड ७८ लाख ६० हजार रहेको छ ।        

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट राखिएको छ । कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका र यस्तै अवस्थाका कारण विदेशबाट फर्किएकाहरुलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम यस बजेटमा अगाडि सारिएको छ ।           

प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सङ्क्रमितको उपचारका लागि आवश्यकताका आधारमा थप शय्या व्यवस्थापन गर्दै लैजाने, नौवटै जिल्ला अस्पतालको स्तरोन्नती गर्ने, धनगढी, भीमदत्तनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने कार्यक्रमहरु यस बजेटमा समेटिएको छ ।       

त्यसैगरी, बैतडी, डोटी र अछाम अस्पतालमा मोलीक्युलर सेटअफ सहितको प्रयोगशाला स्थापना गर्ने, प्रदेशमा एउटा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने, एक सय श्ययाको सरुवा रोग नियन्त्रण अस्पताल र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।           

टीकापुरसहितका सातवटा पहाडी जिल्लामा दश श्ययाको कोभिड उपचार भवन निर्माण गर्ने तथा सबै जिल्ला अस्पतालहरुमा आइसोलेसन भवनहरु निर्माण गर्ने कार्यक्रम बजेटमा समेटिएको मन्त्री बोहराले बताए । सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग उपचार केन्द्र स्थापना गर्ने योजनामा पनि बजेट विनियोजन गरिएको उनले बताए ।     

आगामी वर्ष कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै ‘रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ’ अभियान तथा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । प्रदेश सरकारको बजेटमा कोरोनाका कारण स्वदेश फर्किएका लाखौँ नेपालीलाई लक्षित गरी कृषि र स्वरोजगारलाई प्राथमिकता दिइएको छ । त्यसका लागि  १५ करोड रकम विनियोजन गरिएको छ । बजेटमा विदेशबाट फर्केकाहरुलाई स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत विना धितो ऋण प्रवाह गरिने समेत उल्लेख छ ।       

स्वदेश फर्केकाहरुलाई कृषि र गैरकृषि कार्यक्रम तथा यसमार्फत आयमा आवद्ध हुने गरी यो बजेटमा कार्यक्रम ल्याइएको छ । रोजगारी सिर्जनासँगैै कृषिलाई व्यावसायिक बनाउन किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले बजेटमार्फत गरेको छ । स्वरोजगार र रोजगारी सिर्जना गर्ने उद्यम र उद्यमशीलतालाई पनि प्रोत्साहनका कार्यक्रम बजेटमा ल्याइएका छन् ।        

सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्काले प्रदेशसभाले महामारीलाई सम्बोधन हुने गरी कृषिलाई आधुनिकीकरण, व्यावसायीकरणका कार्यक्रम ल्याएको बताए ।  

‘स्वास्थ्य क्षेत्रको व्यापार सुधार र विकासका लागि पर्याप्त बजेट बिनियोजन भएको छ,” प्रदेशसभा सदस्य खड्काले भने, ‘स्थानीय तहका मागअनुसार योजनाहरु पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’       

मेरो विशेषज्ञता मेरै प्रदेशका लागि           

त्यसैगरी, बजेटमा ‘मेरो विशेषज्ञता मेरै प्रदेशका लागि’ नामक छात्रवृत्ति कार्यक्रमका लागि  ४ करोड ९३ लाख विनियोजन गरिएको छ । त्यस्तै ‘म सानै छु बढ्न देऊ, बालविवाह हैन पढ्न देऊ’ कार्यक्रमका लागि एक करोड ६० लाख, ‘एउटै श्रृष्टि, समदृष्टि’ कार्यक्रमका लागि  २ करोड ५७ लाख विनियोजन गरेको छ ।          

स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकता राखेको छ । प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष’का लागि पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।           

आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सःसर्त विशेष र समपूरक समेत गरी नेपाल सरकारबाट  १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए । चालू आवका लागि सोही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।         
एक स्थानीय तह एक कृषि उपज उत्पादन पुरानै स्वरुपको कार्यक्रमलाई निरन्तरता दिएको छ । सिँचाइतर्फ १ अर्ब ४१ करोड विनियोजन गरिएको छ । पूर्वाधार विकासका कार्यक्रमहरुलाई पनि प्राथमिकतामै राखेको छ । सडक निर्माणका लागि  ४ अर्ब ७२ करोड विनियोजन गरिएको छ । यसबाट ५२८ किलोमिटर सडक निर्माण गर्ने प्रदेश सरकारको योजना छ ।           

‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’           

त्यसैगरी, शारीरीक स्फूर्ति बढाउने बानी विकास गर्न प्रदेशले ‘म हिँड्छु, मेरो प्रदेश हिँडछ्’ अभियान सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छ । नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न जनस्वास्थ्य प्रवर्धनका लागि बिहान वा बेलुका हिँड्ने वा दौडिने बानीको विकास गर्नुपर्ने उल्लेख छ ।           

प्रदेशभर मधुमेह, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, उच्च रक्तचाप, मुटु रोग र मिर्गौला रोगलगायतका नसर्ने रोगको जोखिम पहिचान एवं न्यूनीकरणका लागि नौवटै जिल्लाका विकट स्थानहरुमा प्रादेशिक स्क्रिनिङ् अभियानहरु सञ्चालन गर्नका लागि एक करोड बजेट विनियोजन गरिएको छ ।           

खेलकुदको माध्यमबाट प्रदेश स्वस्थ्य एवं अनुशासित युवा जनशक्ति उत्पादन गर्न प्रदेशसभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नतिका लागि रु ६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । 

निजी क्षेत्रको नजरमा बजेट           

प्रदेश सरकारले आगामी चालू आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति यहाँको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव विनोद जोशीले बजेट भाषणमा यहाँका व्यापारी र व्यवसायीहरुको विषय खासै नसमेटिएको बताए ।  

‘महामारीका बेला मारमा परेका व्यापारी, व्यवसायीहरुलाई कर छुट लगायतका विषय सम्बोधन हुनुपर्थ्यो,’ महासचिव जोशीले भने, ‘स्वास्थ्यमा बजेट भएर मात्रै हुँदैन । स्वास्थ्य सेवा गाम्रीण स्तरसम्म पुग्नु आवश्यक छ ।’           

सुदूरपश्चिममा रहेका ठूला विकास निर्माणका काममा प्रदेश सरकारको ध्यान नपुगेको जोशीको भनाइ छ । ‘यहाँका सुख्खाबन्दरगाह, औद्योगिक क्षेत्रको विकास र विस्तार लगायतका ठूला उद्योग खोल्नेलाई प्रदेशले प्रोत्साहन दिने कुरा पनि बजेटमा आउनुपर्थ्यो,’ उनले भने, ‘लगानी मैत्री वातावरणका लागि पनि प्रदेश सरकार गम्भीर हुनुपर्छ ।’         

सुदूरपञ्चिामञ्चल विश्वविद्यालयका प्राध्यापक सुरेश भण्डारीले बजेटमा रोजगारीलाई प्राथमिकतामा राखिएपनि सिर्जना कसरी गर्ने विषय उल्लेख नभएको बताए । ‘कोरोना महामारीले झन्डै एक लाख युवा शक्ति बाहिरबाट सुदूरपश्चिम फर्किएको भन्छन्,’ उनले भने, ‘तिनको तथ्याङ्क र भएको सीपको लगत सङ्कलन भएन ।’           

महामारीका कारण मुलुकको अर्थतन्त्र धरासायी भएका बेला रोजगारी सिर्जना गर्ने सम्वन्धमा स्पष्ट व्याख्या हुनुपर्ने उनको भनाइ छ ।  

‘यहाँको रोजगारी भनेको कृषि र साना तथा मझौला उद्योग हुन्,’ उनले भने, ‘तर पनि यस बजेटमा धेरै पक्ष र विषयहरु भने समेटिएका छन् ।’ उनले सुदूरपश्चिममा जडिबुटीलगायत धेरै क्षेत्रमा सम्भावना रहे पनि सम्भावनाको खोज तथा अनुसन्धान गर्ने विषय बजेटमा समावेश नगरिएको बताए ।    
त्यसैगरी, उद्योग वाणिज्य संघ प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले बजेट आशाको सञ्चार गर्ने किसिमको नभएको टिप्पणी गरे । ‘रेमिट्यान्सले चलेको अर्थतन्त्र कोरोना महामारीले बेरोजगारीको विकराल समस्या आउँदा पनि बजेटमा रोजगारीको विषयमा ठोस कुरा आएन,’ उपाध्यक्ष पाठकले भने, ‘समग्रमा बजेट परम्परागत नै देखियो ।’ उनले निर्यातमुखी उत्पादनका लागि पनि केही विषय बजेटमा नसमेटिएको सरकारले बन्दाबन्दीमा सामान्य आयकरमा छुट दिएको बताए । रोजगारी र स्वरोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउनुपर्नेमा उनको जोड थियो ।       
अर्को समाचार
विकासका उपलब्धी जोगाउन सार्थक सहयोग अपरिहार्य: उपप्रधानमन्त्रीको जोड
१८ वैशाख २०८१
•
२ मिनेट पाठ
विकासका उपलब्धी जोगाउन सार्थक सहयोग अपरिहार्य: उपप्रधानमन्त्रीको जोड
उपप्रधान एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा न्युयोर्कतमा रहेका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भेटवार्ता गरेका हुन्। भेटवार्ताको क्रममा उनले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिए।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए।

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरे। उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गरे। स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार रहेको बताए।

हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस