तराई क्षेत्रको महत्वपूर्ण पर्वमध्ये छठ पर्व (पूजा)लाई विशेष रुपमा मनाउने गरिन्छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै ४ दिनदेखि मनाउँदै आएको छठ पर्व सम्पन्न भएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।
रंगेलीको बक्राह खोलाले बुधबार २ जनालाई बगाएको छ। रंगेली नगरपालिका–७ बक्राह खोलामा छठ पूजाका लागि घाट सिंर्गानने क्रममा नुहाउन पसेका २ जना युवकलाई खोलाले बगाएको हो।
दोहोरो झडप भएपछि तनावग्रस्त भएको कारागारबाट घाइते भएको कैदीबन्दीसहित १४ जनालाई स्थानान्तरण गरिएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए।
मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो ठोकिएर दुर्घटना भएको थियो।
आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ। भारतीय वरिष्ठ नाटककार दयाप्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ कात्तिक २१ गतेदेखि ७ दि...