तराई क्षेत्रको महत्वपूर्ण पर्वमध्ये छठ पर्व (पूजा)लाई विशेष रुपमा मनाउने गरिन्छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै ४ दिनदेखि मनाउँदै आएको छठ पर्व सम्पन्न भएको छ।
बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन्। प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठ घाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्ने गर्छछन्। छठ पर्वमा खोला, पोखरी, तलाउलगायतका किनारमा पूजा स्थाल (घाट)विशेष रुपमा श्रृंगारेर पूजाआजा गर्ने चलन रहेको छ।
यसरी श्रृंगारेका घाटमा कतिपय व्रतालुहरु राति भरि जाग्राम बस्ने गर्छन्। छठ पर्वमा व्रत गरे दुःख, दरिद्रता, चर्म रोगबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक आस्था रहिआएको छ। पछिल्लो समय छठ पर्व तराईमा मात्रै नभई पहाडी क्षेत्रमा समेत भव्य रुपमा मनाउन थालिएको छ। विराटनगरको सिंघिया खोला, केसलिया खोला, नहर र पोखरी तलाउमा छठको रौनक देखिएको छ। कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर ‘छठी’ माता र सूर्यको आराधना गर्दछन्।
कोभिडको महामारी फैलिएसँगै बाहिर छठ पूजा गर्न नपाएपछि घर आगानमै खाल्डो खनेर पानी जमाए पूजाआजा गरेका व्रतालुहरुले यस पटक भने खोला, पोखरीहरुमा गएर धुमधामका साथ छठ पूजा गरेका छन्।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...