निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङको तेस्रो वार्षिक साधारणसभाको अवसरमा ७५ वर्ष वा सो भन्दा माथि उमेर समूहका २० जना सेवा निवृत राष्ट्रसेवकलाई सम्मान गरिएको छ।
राष्ट्रिय भूमि आयोग र ताप्लेजुङका ५ वटा स्थानीय तहबीच शनिबार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी कार्य प्रारम्भ गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बिहीबार बेलुकी अचानक ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति भवनमा प्रवेश गरेको भालुलाई सुरक्षित ढंगले बासस्थानमा फर्काउने कार्यमा अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टोली खटाइने भएको छ।
बस्नेत नेपाली काँग्रेस निकट,अन्छङ्वो माओवादी केन्द्र निकट र यक्सो नेकपा एकिकृत समाजवादी निकट रहेका छन्। बस्नेत यसअघि नै नियुक्त भएका थिए भने दुई सदस्य भने यो सातामात्र नियुक्त भएका हुन्।
सभापति गजेन्द्रप्रसाद तुम्याहाङले नेपाली काँग्रेसको विधान २०१७(संशोधनसहित)धारा १२ को उपधारा ५(ख)२ बमोजिम मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघुका कविता सुब्बा, फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङ्खिमक...