ताप्लेजुङमा फागुन २२ बाट २९ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज सहितको खोप अभियान सञ्चालन हुने भएको छ। जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले दुई चरणमा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले फागुन २२ देखि २६ गतेसम्म सात स्थानीय तहमा र फागुन २५ गतेदेखि २९ गतेसम्म दुई स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, सिरिजङ्गा गाउँपालिका, सिदिङ्वा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा फागुन २२ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।
आठराइ त्रिवेणी र मैवाखोला गाउँपालिकामा भने फागुन २५ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने उनले जानकारी दिए। खोप अभियानमा १२ वर्ष भन्दाका माथिका खोप लगाउन बाँकी रहेका सबै, दोस्रो डोज लगाउन बाँकीलाई तथा बुस्टर डोज समेत सोही अभियानका क्रममा लगाइने रायले जानकारी दिए।
कोरोनाविरुद्धको कार्यमा अग्रपंक्तिमा रहेर काम गर्ने तथा सामाजिक कार्यमा संलग्नहरुलाई पहिलो प्राथमिकतामा राखी यसअघि प्रारम्भिक चरणमा बुस्टर डोज लगाइएको थियो। अहिले भने खोपको प्रक्रिया पार गरेका सबैलाई बुस्टर डोज लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
खोप अभियान सकिएको तीन दिन भित्र विवरण दिनुपर्ने
जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले खोप अभियान सकिएको बढीमा तीन दिन भित्र खोपको विवरण तत्–तत् निकायमा पठाउन सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकहरुलाई निर्देशन दिएको छ।
खोप अभियान सम्पन्न भएको लामो समयसम्म पनि अधिकांश पालिकाहरुबाट खोपको पूर्ण विवरण प्राप्त नभएको गुनासो आएपछि सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकहरुलाई लिखित परिपत्र गर्दै खोपको विवरण पठाउन निर्देशन दिने निर्णय भएको प्रजिअ पोखरेलले जानकारी दिए।
स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले पटक–पटकको तागेतामा समेत अधिकांश पालिकाहरुले कोरोनाविरुद्धको खोपको पूर्ण विवरण नपठाएकोले यकिन तथ्याङ्क प्रविष्ट गर्न कठिनाइ हुने बताए।
सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले पालिकाहरुबाट तथ्याङ्क पठाउनमा ढिलाइ भएको जानकारी आफूले पहिलो पटक सुनेको भन्दै आफूले समेत खोपको पूर्ण विवरण पठाउने कार्यमा स्वास्थ्य शाखालाइ तागेता गर्ने बताए। पालिकाका स्वास्थ्य शाखाहरुले खोपको पूर्ण विवरण स्वास्थ्य कार्यालय ताप्लेजुङमा पठाउनुपर्ने हुन्छ।
करिव एक लाख ४० हजारले लगाए कोरोनाविरुद्धको खोप
माघ मसान्तसम्ममा ताप्लेजुङमा १ हजार २ सय ४२ जनाले बुस्टर डोज लगाइ सकेका छन् । सो अवधि सम्ममा १ लाख ३९ हजार १ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्। स्वास्थ्य कार्यालयका अनुसार ७० हजार ७ सय ५६ जनाले दोस्रो डोज लगाएका छन् भने पहिलो डोज लगाउनको संख्या ७६ हजार ६ सय ८५ रहेको छ।
कोभिशिल्ड/एक्सट्राजेनेका लगाउनेको संख्या ३७ हजार १ सय ८७ रहेको छ। ७० हजार ४ सय ९३ जनाले भेरोसिल खोप लगाएका छन्। २३ हजार ४ सय २५ जनाले मोर्डना खोप लगाएका छन् भने ८ हजार ५३ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।