बिहीबार बेलुकी अचानक ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति भवनमा प्रवेश गरेको भालुलाई सुरक्षित ढंगले बासस्थानमा फर्काउने कार्यमा अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टोली खटाइने भएको छ। शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट बिशेषज्ञ टोली ताप्लेजुङतर्फ आउने कार्यसूची बनेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
वन्यजन्तुको क्षेत्रमा काम गर्ने बिशेषज्ञ झिकाएर सुईमार्फत भालुलाई लठ्याई सुरक्षित तवरले जंगलमा छाड्ने उपाय अवलम्बन गरिने तयारी गरिएको प्रजिअ पोखरेलले बताए। डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु बिशेषज्ञ नभएको अवस्थामा अन्यत्रबाट झिकाइ भालुलाई सुरक्षित ढंगले बासस्थानमा फर्काउन प्रयास गरिएको डिभिजन वन अधिकृत वीरेन्द्र शाहले बताए। यसअघि अस्पतालका कर्मचारी र प्रहरीले मिलेर प्रसूति कक्षको एउटा खाली कोठामा थुनेको भालुलाई सुरक्षित तवरले बासस्थानमा फर्काउने पहिलो प्रयास स्वरुप शुक्रबार राति थुनिएको कोठा खोल्ने योजना बनेको थियो।
‘सबै मानिसलाई माइकिङमार्फत ढोका थुनेर घरभित्र सुरक्षित रहन आग्रह गर्ने र थुनिएको कोठाबाट भालुलाई बासस्थानतर्फ फर्काउन प्रयास गरिने योजना पनि थियो’, डिभिजन वन अधिकृत शाहले भने, ‘तर सबैको सल्लाहमा बिशेषज्ञ झिकाएर नियन्त्रणमा लिइ सुरक्षित बासस्थानमा फर्काउने योजना अघि बढेको छ।’ बिशेषज्ञसहितको टोली नआइञ्जेलसम्मका लागि भालुको दैनिकी रेखदेख तथा व्यवस्थापनको कार्यको अगुवाइ कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले गर्ने भएको छ। संरक्षण अधिकृत रमेशकुमार यादवले आफु र आफ्नो टोलीले यस कार्यको जिम्मेवारी लिइसकेको बताए।
मानिसको भिडभाड र कोलाहलले भालुलाई थप आक्रामक बनाउने निश्कर्षसहित अहिले मानिसको आवागमन कम गर्न भालु रहेको स्थान परिसरलाई घेराबारा गरिएको छ। अत्यावश्यक काम बाहेक अस्पतालमा भिडभाड नगरिदिन डिभिजन वन कार्यालयले आग्रह गरेको छ। अस्पताल परिसर नजिकै सामान्य झाडी जंगल र त्यसभन्दा वरपर भने अलैंची तथा अन्य बोटबिरुवासहितको जंगल क्षेत्र रहेको छ। बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थिए।