झुम्का कारागारको ब्लक ‘ए’ र ‘बि’ गरी १ हजार ७९४ जना कैदी रहेका छन् । यहाँ अहिले सुगर, प्रेसर, मानसिक सन्तुलन गुमाएका, श्वासप्रश्वाससम्बन्धी, छाला, पायल्स, मुटु रोगीलगायतका बिरामी छन् ।
इटहरी वडा नं. २ को ‘गंगा जल’ पानी उद्योगबाट उत्पादित पानी धरान वडा नं. २० का युवराज तामाङले घरायसी प्रयोजनका लागि आइतबार किन्दा बाहिरबाटै किरा देखिएपछि उजुरीका आधारमा अनुगमन गरिएको हो ।
सुनसरीका निजी विद्यालय सञ्चालकले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टासम्म नाराबाजी गरेर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाए ।