इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा शुक्रबार साँझ आगलागी भएको छ। क्याम्पसको पुरानो कार्यालयको कोठा नं. १०५ मा रहेको बिजुलीको सम्पूर्ण तार भएको स्थानबाट आगलागी भएको हो।
आगलागीलाई तत्काल बारुण यन्त्रको सहायताले नियन्त्रणमा लिइयो। क्याम्पस सञ्चालक समितिका सदस्य शेखर लुइँटेलले बताए।
उनका अनुसार क्याम्पस सुरक्षा गार्डले तत्काल आगो लागेको थाहा पाएपछि तुरुन्त बारुण यन्त्र झिकाएर आगो नियन्त्रणमा ल्याइयो। ‘आगो लाग्ने बित्तिकै जानकारी पाएपछि ठूलो क्षति हुन पाएन,’ उनले भने, ‘बेलैमा नियन्त्रणमा लिन सफल भएकाले खासै क्षति भएन।’