संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने बताएका छन्।
गृहजिल्ला इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले स्थानीय सरकारले पूर्वाधारदेखि नागरिकका सबैखाले समस्या समाधानमा...
नेकपा (एमाले)को उम्मेदवार राई हिजो साँझ गाउँपालिकाको वडा ५, जमुनामा ‘मतदाता प्रभावित पार्न’ गएको भन्दै एक समूहले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। उनी चढेको गाडी नियन्त्रण गर्ने प्रयास गरिएपछि...
गठबन्धनबाट उम्मेदवारमा महिलालाई पाखा लगाइएको चर्चा भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले दुई दलबाट उम्मेदवारी दिँदा ‘जे गरे पनि हुने’ धारणा राखे।
जिल्लाका धेरैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख पदमा यसअघिकै जनप्रतिनिधिले उम्मेदवारी दिएका छन्। कतिपयले दल परिवर्तन गरेर र कतिपयले पहिले निर्वाचित भएकै दलबाट पुनः त्यही पदमा उम्मेदवारी दिएका हुन्।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको नेतृत्व कसको हातमा पुग्ला भन्नेमा अहिले जिल्लाभित्र र बाहिरसमेत चौतर्फी चासो छ।
अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले सूर्याेदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।