स्थानीय तह निर्वाचन: प्रमुख–उपप्रमुख फेरि त्यही पदका उम्मेदवार
२६ वैशाख २०७९
•
३ मिनेट पाठ
स्थानीय तह निर्वाचन: प्रमुख–उपप्रमुख फेरि त्यही पदका उम्मेदवार
पहिलेकै पदमा पुनः उम्मेदवारी दिएका इलामका पाँच पालिकाका प्रमुख÷अध्यक्ष। तस्बिर: नागरिक
जिल्लाका धेरैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख पदमा यसअघिकै जनप्रतिनिधिले उम्मेदवारी दिएका छन्। कतिपयले दल परिवर्तन गरेर र कतिपयले पहिले निर्वाचित भएकै दलबाट पुनः त्यही पदमा उम्मेदवारी दिएका हुन्।




जिल्लाको देउमाई नगरपालिकाका मेयर सूर्य पोख्रल र उपमेयर पविमाया राईले पुनः त्यही पदमा उम्मेदवारी दिए। २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)बाट विजयी पोख्रेल र राईले पुनः त्यही दलबाट पहिलेकै पदमा दोहोर्‍याउन चाहेका हुन्। एमालेले उनीहरूलाई सर्वसम्मत् रूपमा उम्मेदवार चयन गरेको छ। नेपाली कांग्रेसका होम दुलाल अहिले गठबन्धनबाट देउमाईको मेयरका प्रत्यासी छन्। उनी ५ वर्षअघि पोख्रेलसँगै पराजित भएका थिए।  

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई र उपमेयर दुर्गादेवी भट्टराईले पनि पुनः तिनै पदमा उम्मेदवारी दिएका छन्। २०७४ सालमा राई र भट्टराई दुवैजना एमालेबाट विजयी बनेका थिए। अहिले राई नेकपा (एकीकृत समाजवादी)मा छन्। उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिए। भट्टराईले एमालेबाटै उम्मेदवारी दिएकी हुन्। सूर्याेदयमा एमालेका काजीमान कागते मेयर र सत्तारुढ गठबन्धनबाट दुर्गाकुमार बराल उपमेयरका उम्मेदवार छन्। कागते र बराल ०७४ सालको प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र १ (ख) मा प्रतिस्पर्धा गर्दा कागतेले बराललाई पराजित गरेका थिए।

माइजोगमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि यसअघिकै अध्यक्ष–उपाध्यक्षले उम्मेदवारी दिएका छन्। अध्यक्ष जितबहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराई ०७४ सालको निर्वाचनमा एमालेबाट विजयी बनेका थिए। अहिले राई नेकपा (एस)मा छन्। उनले गठबन्धनको तर्फबाट अध्यक्षमा र भट्टराईले एमालेबाटै उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन्। यहाँ गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा प्रविना राईले उम्मेदवारी दिएकी छिन्।  

माङ्सेबुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि यसअघिकै जनप्रतिनिधिले त्यही पदमा उम्मेदवारी दिएका छन्। अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका डिकेन्द्र इदिंगो उम्मेदवार छन्। उपाध्यक्षमा एमालेबाट सुनिता सुब्बा उम्मेदवार छिन्। ०७४ सालको निर्वाचनमा इदिंगोले अध्यक्षमा पराजित गरेका एमाले नेता हेमन्त राई नै पुनः उनका प्रतिस्पर्धी छन्। गठबन्धनबाट उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका पुरानै प्रतिस्पर्धी विनोद नेम्बाङ भिड्दैछन्।

सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पनि पुनः त्यही पदमा उम्मेदवारी दिएका छन्। उनले एमालेको तर्फबाट उम्मेदवारी दिएका हुन्। एमालेबाट गाउँपालिका उपाध्यक्षमा चाहिँ ३ नम्बर वडाकी महिला सदस्य तुलसा सेढाईं (ढकाल)ले उम्मेदवारी दिएकी छिन्। 

सन्दकपुरमा गठबन्धनको तर्फबाट कांग्रेसका तुलाराम गुरुङ अध्यक्ष र नेकपा (एस)का हरि लुंगेली उपाध्यक्षको उम्मेदवार छन्। पालिकाहरूका वडाध्यक्षमा पनि धेरैजसो उम्मेदवार दोहोरिएका छन्। ‘पहिले गरेका तर अपुरा रहेका काम पूरा गर्न पुरानै अनुभवी जनप्रतिनिधि चाहिने स्थानीय मतदाता र पार्टीले आवश्यक देखेकाले फेरि उम्मेदवार बनेको हुँ,’ देउमाई नगरका मेयर सूर्य पोख्रेलले भने, ‘यसअघिको कार्यकालमा कानुन बनाउन र त्यसलाई लयमा ल्याउन धेरै समय बित्यो, अब धमाधम थप काम अघि बढाउने बाटो खुलेको छ।’

०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका ४ नगर र ६ गाउँपालिका गरी १० स्थानीय तहमध्ये एमालेले ७ को प्रमुख/अध्यक्ष र ९ को उपप्रमुख/उपाध्यक्ष जितेको थियो। कांग्रेसले ३ गाउँपालिका अध्यक्ष र १ मा उपाध्यक्षमा विजय हासिल गरेको थियो।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस