दैलेखको डुंगेश्वर गाउँपालिका –१ का वडाध्यक्ष श्याम रानाले जिल्ला प्रहरीको सूचना भन्दै राति भूकम्प आउने भन्दै माईकिङ्ग गर्दै अफवाह फैलाएको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।
दुर्घटनामा ट्रक चालक दैलेख गुराँस गाउँपालिका–१ का ३१ वर्षका हिरा पुन मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।
शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले ‘रन फर यूनिटी २०८१’ आयोजना गर्ने भएको छ। श्री उत्तर पश्चिम पृतना हेडक्वाटरको संयोजनमा फागुन ३ गते वीरेन्द्रनगरमा खुल्ला दौड प्रतियोगिता हुनेछ।