शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले ‘रन फर यूनिटी २०८१’ आयोजना गर्ने भएको छ। श्री उत्तर पश्चिम पृतना हेडक्वाटरको संयोजनमा फागुन ३ गते वीरेन्द्रनगरमा खुल्ला दौड प्रतियोगिता हुनेछ।
सेनाका अनुसार प्रतियोगितामा २१ किलोमिटर हाफ म्याराथन (महिला/पुरुष), १० किलोमिटर दौड (महिला/पुरुष), ५ किलोमिटर दौड (छात्र/छात्रा) र ५ किलोमिटर वाकाथन (अतिथिहरू) समावेश गरिएको छ।
खेलकुद क्षेत्रमा राष्ट्रिय स्तरमा योगदान दिनसक्ने प्रतिभाशाली खेलाडी पहिचान गर्न रन फर यूनिटीले सहयोग गर्ने सेनाले जनाएको छ।
कर्णाली प्रदेशभरका इच्छुक सहभागीहरूले आफ्नो जिल्लामा रहेको नेपाली सेनाको ब्यारेकमार्फत निःशुल्क फाराम भर्न सक्नेछन्। प्रतियोगिताका लागि माघ १५ देखि ३० गतेसम्म दर्ता खुला रहनेछ।
प्रतियोगितामा २१ किलोमिटर हाफ म्याराथनतर्फ प्रथम हुने महिला/पुरुष खेलाडीले जनही ३५ हजार, दोस्रो स्थान हासिल गर्नेले जनही २५ हजार, र तेस्रो स्थान प्राप्त गर्नेले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
१० किलोमिटर दौडतर्फ प्रथम हुनेलाई जनही २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै, ५ किलोमिटर दौडतर्फ प्रथम हुने छात्र/छात्राले जनही १० हजार, दोस्रो हुनेले ५ हजार, र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिता सुर्खेत उपत्यकाभित्रका विभिन्न स्थानलाई समेटेर सञ्चालन गरिनेछ। सेनाले ‘हाम्रो गौरव, हाम्रो सेना’ नारासहित आयोजना गर्न लागेको यो प्रतियोगिता राष्ट्रिय खेलकुद क्षेत्रका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरिएको छ।