नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनका मतदाता हालका १४/१५ वर्षका बालबालिकानै हुने भएकाले उनीहरूलाई समेत काँग्रेसको विचार र भिजन बुझाउनुपर्ने बताएका छन्।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको तेस्रो खेलमा आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई पराजित गरेको छ।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि कुशल मल्ले अर्धशतक पूरा गरेका छन्।