कोहलपुरमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १३ र १० बीचमा पर्ने सिमरी बन्दास्थित डुडुवा खोलामा नुहाउँन गएका उनीहरूको मंगलबार दिउसो डुबेर मृत्यु भएको हो।
विगत वर्षभन्दा शान्त र सभ्य रूपले होली मनाइएको हो। जिल्ला प्रशासन कार्यालयले होली पर्व सभ्य रूपले मनाउन र कसैलाई जबरजस्त रङ्ग दल्न वा लोला हान्न नपाइने गरी सार्वजनिक सूचना जारी गरेको थियो।
प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।