प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। पीडितहरूले संक्रमणकालीन न्यायको विषय उठाउँदै सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिको जिम्मा लिन्छु भनेका दाहाललाई कानुनी प्रक्रियामा ल्याउन परमादेशको आदेश माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्।
सर्वोच्च अदालत प्रशासनले दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश दिएको रिट इजलासले आदेश दिएपछि मंगलबार दर्ता भएको हो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रधानमन्त्री दाहालविरुद्ध रिट निवेदन दर्ता गर्न शुक्रबार आदेश दिएको थियो। ज्ञानेन्द्रराज आरणसहित १४ जना, कल्याण बुढाथोकीसहित ८ जनाले छुट्टाछुट्टै दुईवटा रिट निवेदन दर्ता गराएका छन्। निवेदकले प्रधानमन्त्री दाहालले २०७६ साल माघ १ गते काठमाडौंको खुलामञ्चमा गरेको भाषणलाई आधार मान्दै रिट निवेदन दर्ता गराएका हुन्। त्यसबेला दाहालले द्वन्द्वकालमा मारिएकामध्ये ५ हजार व्यक्तिको जिम्मा आफूले लिने बताएका थिए। व्यक्ति हत्या गरेर त्यसको जिम्मा लिन्छु भन्नु विधिको विडम्बना भएको रिट निवेदनमा उल्लेख छ।
रिट निवेदकले आफूहरू दाहालकै कारण पीडित भएको भन्दै उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन्। त्रिभुवन विश्वविद्यालयको एक शोधपत्रमा तथ्यांकीय अभिलेखअनुसार नेपालमा द्वन्द्वका क्रममा माओवादीबाट २ हजार ७२५ जना सर्वसाधारण र २ हजार ८३५ सुरक्षाकर्मीको ज्यान गएको उल्लेख छ। व्यक्ति हत्याजस्तो जघन्य अपराधलाई फौजदारी जवाफदेही बनाउन रिट निवेदनमा माग गरिएको छ।
रिट निवेदकले आफूहरूको द्वन्द्वसँग सरोकार नभएको तर सशस्त्र द्वन्द्वकै कारण पीडित सर्वसाधारण भएको उल्लेख गरेका छन्। ‘पीडक पुरस्कृत र पीडित दण्डित भैरहेको अवस्थामा पनि हामी बदलाभाव नराखी संक्रमणकालीन न्यायकै पर्खाइमा र दण्डहीनता अन्त्यको आशामा थियौं र छौं’, रिट निवेदनमा लेखिएको छ।
द्वन्द्वका क्रममा माओवादीद्वारा भएका व्यक्ति हत्याका घटना तत्कालीन अवस्थामा समेत विशुद्ध फौजदारी अपराध भएकाले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम पनि जन्मकैद ठहर्ने दाबी रिटमा गरिएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले द्वन्द्वकालमा व्यक्ति हत्या गरेको स्विकारेको भन्दै उनलाई कारबाही गर्न रिट निवेदनमा माग गरिएकोे छ। ‘द्वन्द्वकालमा माओवादी तथा राज्य पक्षबाट पीडित बनाइएका व्यक्तिका परिवारका सदस्यको हत्या गर्ने, यातना दिने, विस्थापित बनाउनेलगायतका अमानवीय कार्य गर्ने, व्यक्तिको पहिचान हुँदा, साबिती बयान दिंदा, व्यक्ति हत्या गरेकोलगायतका अपराध स्वीकार गर्दा पनि प्रचण्ड (दाहाल) जस्ता पीडकलाई कारबाही नहुने भनी विपक्षीहरूबाट कुनै अमानवीय एवं गैरकानुनी निर्णय भएको भए त्यस्ता निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,’ रिटमा माग गरिएको छ।
द्वन्द्वकालमा तत्कालीन माओवादी विद्रोहीबाट हत्या गरिएका, मारिएका, अपहरण तथा शरीर बन्धक बनाइएका, बेपत्ता पारिएका, अंगभंग बनाइएका, बलात्कार गरिएका, यातना दिइएका, सम्पत्ति लुट र कब्जा गरिएका, विस्थापित गरिएकालगायतको यकिन तथ्यांक अदालतबाटै झिकाउन रिटमा माग गरिएको छ। ‘राज्यविरुद्ध हतियार उठाई स्वेच्छाचारी ढंगले माओवादी लडाकुलगायतमार्फत बल प्रयोग गरी निर्दाेष नागरिकउपर गोली चलाउने, खुकुरी प्रहार गर्ने, रुखमा झुन्डाएर मार्ने, घाँटी थिचेर मार्ने, यातना दिएर मार्नेजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतका अपराध गर्ने र त्यस्तो क्रूर अपराध गर्न आदेश दिने र द्वन्द्वकालमा मारिएका, हत्या गरिएका ५ हजार व्यक्तिको नैतिक जिम्मा लिई सार्वजनिक अभिव्यक्ति दिने प्रचण्ड (दाहाल) लगायतलाई कानुनबमोजिम हदैसम्मको सजाय गरी पाउन विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरिपाऊँ’, रिट निवेदनमा माग गरिएको छ।