रोबर्ट लेवान्डोस्कीले पेनाल्टीको अवसर गुमाएपछि पोल्यान्डले मंगलबार मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिँदै कतार विश्वकपमा सुखद सुरुआत गर्ने अवसर गुमाएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप २०२२ प्रति पश्चिमा संचारमाध्यमहरू सुरुआतबाटै नकारात्मक रहेको र मानव अधिकारका विषयलाई नकारात्मक तरिकाले टिप्पणी गरिएको आरोप लगाएका छन्।
बिहीबार सेनेगल फुटबल फेडेरेसनले घाइते भएका मानेलाई समेट्दै टोली सार्वजनिक गरे पनि चोटका कारण अन्तिम समयमा नाम फिर्ता लिएको जनाएको छ। जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्वकप गुमाउने पुष्टि गरेको छ।
ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद हार व्यहोर्दै अन्त्य भयो। ब्राजिल विश्वकप समापन भएको आठ वर्ष भैसकेको छ। विश्व फुटबलमा पनि धेरै परिवर्तन भइसकेको छ। तर पनि नेइमार अझै पनि विश्व...