सेनेगलका स्ट्राइकर साडियो मानेले कतारमा आयोजना हुन लागेको २२औं संस्करणको विश्वकप गुमाउने भएका छन्।
बिहीबार सेनेगल फुटबल फेडेरेसनले घाइते भएका मानेलाई समेट्दै टोली सार्वजनिक गरे पनि चोटका कारण अन्तिम समयमा नाम फिर्ता लिएको जनाएको छ। जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्वकप गुमाउने पुष्टि गरेको छ। बुन्डेसलिगाअन्तर्गत वेर्डेर ब्रेमेनविरुद्धको खेलमा मानेले चोट बोकेका थिए। केही दिनअघि सेनेगल फुटबल फेडेरेसनले मानेले विश्वकपको पहिलो खेल गुमाउने जनाएको थियो। यद्यपि दायाँ खुट्टाको (फिबुला) चोटका कारण माने सेनेगल विश्वकप खेल्ने टोलीमा रहेका थिए। तर, चोटको शल्यक्रिया गरिएपछि उनले विश्वकप गुमाउने भएका हुन्। माने करिब ३ महिना मैदानबाहिर रहनेछन्। एमआरआई स्क्यानको रिपोर्टबाट उनकोे शल्यक्रिया नै गर्नुपर्ने भएपछि उनले विश्वकपबाट बाहिरिनुपरेको हो। बिहीबार मानेको दायाँ खुट्टाको सफल शल्यक्रिया भएको छ। शल्यक्रियासँगै अब माने फिजियोमा व्यस्त रहनेछन्।
‘बिहीबार गरिएको एमआरआईबाट अपेक्षाअनुसारको सुधार हामीले पाउन सकेनौं। यसै कारण आसन्न विश्वकपमा उनको स्थानमा अन्य कोहीलाई प्रतिस्थापन गर्नुपर्ने देखिएको छ,’ सेनेगलका टिम डाक्टर म्यानुएल अफोन्सोले सामाजिक सञ्जाल ट्विटरको अफिसियल पेजमा भनेका छन्। यस्तै सेनेगल फुटबल फेडेरेसनका प्रमुख औगुस्टिन सेन्घोरले उनको उपस्थितिभन्दा उनको स्वास्थ्य गम्भीर भएको भन्दै शीघ्र स्वास्थलाभको कामना व्यक्त गरेका छन्। ‘उनको चोटबारे हामीले चासो राखिरहेका थियौं। र मानसिक हिसाबमा हामी तयार पनि भएका थियौं,’ सेनेगल फुटबल फेडेरेसनका प्रमुख सेन्घोरले भने, ‘हामी नयाँ परीक्षणको पर्खाइमा थियौं। बिहीबारको परीक्षणले सबै दुबिधा मेटिएको छ। माने टोलीभन्दा बाहिर रहने पक्का भयो। हाम्रो प्राथमिकता उनको स्वास्थ्य हो। हामी शीघ्र स्वास्थलाभको कामना गर्दछौं।’
दुई पटकका अफ्रिकन फुटबलर अफ दी इयर माने सेनेगलका अपेक्षा राखिएका खेलाडी हुन्। जसले सेनेगललाई अफ्रिका कप अफ नेसन्सको च्याम्पियनसँगै विश्वकपमा पुर्याएका थिए। दुवै खेलमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दा मानेले विजयी पेनाल्टी गोल गरेका थिए। सेनेगलले सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्दै छ। समूह ‘ए’ मा रहेको सेनेगलले आयोजक कतारसँग २५ नोभेम्बरमा तथा इक्वेडरसँग २९ नोभेम्बरमा खल्नेछ।