डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गत वर्ष युरोपियन च्याम्पियनसिपमा भएको दुखद घटनापछि पुनः विश्वकप खेल्न पाउनु आफ्ना लागि विशेष क्षण भएको बताए।
एरिक्सन युरोपियन च्याम्पियनसिप अन्तर्गत फिनल्यान्डविरुद्धको खेलका दौरान हृदयघातका कारण मैदानमा ढलेका थिए। मैदानमा प्राथमिक उपचारपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पताल लैजाने क्रममा एरिक्सनले श्रीमती सर्बिनालाई आफू कहिल्यै पनि मैदान फर्कने नसक्ने बताएका थिए। तर, उनी सो घटनाको आठ महिनापछि नै मैदान फर्किए।
आइसिडी राखिएका कारण इन्टर मिलानका एरिक्सनले इटालियन सिरी ‘ए’ मा निरन्तरता दिन सकेनन्। तर, उनी इङ्लिस प्रिमियर लिगको क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भए। हाल उनी प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध छन्।
‘मेरा लागि कतार विश्वकप २०२२ विशेष छ,’एरिक्सनले भने, ‘म निकै खुसी छु।’ समूह ‘डी’ मा रहेको डेनमार्कले मंगलबार पहिलो खेलमा ट्युनेसियाको सामना गर्नेछ। समूह ‘डी’ मा डेनमार्कले ट्युनेसियासँगै विश्वविजेता फ्रान्स र अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।