राप्तीसोनारी–२ कचनापुरका शखीलाल थारु २०४९ जेठ २ गतेदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा प्रवेश गरे। त्यति बेला उनको मासिक तलब थियो, ‘तीन सय ५०।’ हाल उनको तलब आठ हजारसम्म पुगेको छ।
१५ वर्षदेखि जुत्ता–चप्पल सिलाएर जीविकोपार्जन गरेकी दीपा यसमै खुसी र सन्तुष्ट छिन्। सडकपेटीमा बसेर जुत्ता–चप्पल सिलाउनु रहर होइन, बाध्यताले उनी सडक पेटीसम्म पुगिन्।
डुडुवा खोलामा डेढ दशकअघिसम्म कलकल सफा पानी बग्थ्यो। खोला आसपासका मानिस यही पानी खान्थे। नेपालगन्जलगायत क्षेत्रबाट गर्मी छल्न यहाँ आउने मानिसको घुइँचो नै लाग्थ्यो।
गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका नेपालगन्जलगायतका क्षेत्रमा तातो हावा चल्दै आएको छ।