जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शनिबार नेपालगन्जको तापक्रम ४१ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। तातो हावासहितको गर्मीले यहाँको जनजीवन प्रभावित पारेको छ। यही तातो हावा खाँदै वीपी चोकमा नेपालगन्ज–५, एमपी स्कुल नजिकैका अजिज मलिकले अरुलाई चिसो पानी खुवाइरहेका थिए। उनलाई उनका साथीभाइले समेत सहयोग गरिरहेका थिए।
कतिबेला त्रिभुवन चोकमा त कतिबेला वीपी चोकमा चिसो पानी सार्नमा उनी व्यस्त बने। उनले चिसो पानी वितरण गर्नुमा ठूलो कारण छैन। गर्मीमा प्यासिएकालाई प्यास मेटाउने मात्र हो। कसरी पानी वितरण गर्ने सोच आयो त?, ‘शनिबार अजिज सामान्य कामका लागि भारतीय बजार बाबागन्ज जाँदै थिए।
नेपालगन्जबाट जमुनाह पुग्दा उनलाई प्यासले कम्ता सताएन। जमुनाहमा पानी किनेर खाए र तातो हावामा रापिँदै बाबागन्ज पुगे। त्यहाँबाट फर्किँदा पनि उनलाई प्यासले निकै सतायो। अनि उनले सोचे, एकै दिन भए पनि मैले चिसो पानी वितरण गर्नुपर्छ। अनि लागे चिसो पानी वितरण गर्न ’ बास यति हो, उनले चिसो पानी वितरण गर्नुको मुख्य कारण।
तर, उनले पानी वितरण गर्दा भने ठूलो सन्देश दिन खोजेका छन्। अहिले पनि समाजमा कहिलेकाहिँ हिन्दु र मुस्लिम समुदायका व्यक्तिबीच सामान्य धार्मिक मनमुनाब हुन्छ। व्यक्तिगत विवादमा धर्म जोडिँदा समुदायप्रति नकारात्मक भाव पैदा भएको हुन्छ। अजिजले धर्मधर्मबीचको विभेद् र नकारात्मक सन्देश चिर्न खोजेका छन्।
अर्काे सन्देश, उनले उक्त ब्यानरको ‘ब्यागराउण्ड’ मा ग्रेटर नेपालको नक्सा राखेका छन्। जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा राखेका थिए, सोही नक्सा उनले ब्यानरमा राखेका छन्। यसमा उनी भन्छन्, ‘यसमा हाम्रो पुरानो इतिहास देखाउन खोजिएको हो। अर्काे कुरा, काठमाडौंका मेयर शाहले राम्रो गर्नु भएको थियो । त्यसलाई साथ दिन खोजिएको हो।’ उक्त नक्सा नेपालको पुरानो विराशत सहितको छ।
उनले आफ्नो व्यक्तिगत खर्चमा पानी वितरण गरेका हुन्। उनी नेपालगन्जको एक लेखा परीक्षण संस्थामा काम गर्छन्। सोहीबाट आउने तलबको पैसाबाट सर्वसाधारणलाई पानी खुवाएको उनी बताउँछन्।

उनले पानी वितरण गर्दा राखेको ब्यानरमा लेखेका छन्, ‘तपाईंमध्ये कसैले पनि कुनै दिन ब्लड (रगत) बैंकमा यो प्रश्न सोध्नु भएको छ की मलाई हिन्दुको ब्लड चाहियो। मलाई मुस्लिमको ब्लड चाहियो। कसैले पनि कहिल्यै सोधेनन्। जब मृत्युको समयमा भेद्भाव गरिँदैन भने जीवनमा के का लागि भेद्भाव गर्छाैं ? हामी सबै एक हौँ।’ यसले हिन्दु र मुस्लिम समुदायप्रति सकारात्मक सन्देश दिएको छ। मान्छे मृत्युको बेला जात, समुदाय, वर्ग लिंगको विभेद् गर्दैन भने सुखदुःखमा किन बिमेल राख्ने ? उनले एउटा प्रश्न छेडेका छन्।यसमा उनी भन्छन्, ‘केही दिन अगाडि मेरा गाउँले भाइ (मुस्लिम समुदायका युवा) ले हिन्दु समुदायकी युवतीलाई भगायो (विवाह गर्यो) त्यतिबेला हिन्दुहरुले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिए। कहिले कसो केही विषयमा मुस्लिम समुदायले पनि केही प्रतिक्रिया दिन्छन्। यो राम्रो कुरा होइन। समाजमा सामाजिक एकता र धार्मिक सद्भाव दुवै चाहिन्छ। अहिलेसम्म नेपालगन्ज सद्भावको सहर हो। यसलाई खल्बलिन दिनु हुँदैन। सबैको धर्मलाई एकअर्काले सम्मान गर्नुपर्छ।’ उनको नारा दिएका छन्, ‘हिन्दुमुस्लिम भाइभाइ।’ उनले अक्षरमा समेत समुदायलाई एकतामा जोडेर सद्भावको सन्देश दिएका छन्।
अर्काे सन्देश, उनले उक्त ब्यानरको ‘ब्यागराउण्ड’ मा ग्रेटर नेपालको नक्सा राखेका छन्। जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा राखेका थिए, सोही नक्सा उनले ब्यानरमा राखेका छन्। यसमा उनी भन्छन्, ‘यसमा हाम्रो पुरानो इतिहास देखाउन खोजिएको हो। अर्काे कुरा, काठमाडौंका मेयर शाहले राम्रो गर्नु भएको थियो । त्यसलाई साथ दिन खोजिएको हो।’ उक्त नक्सा नेपालको पुरानो विराशत सहितको छ।
उनले आफ्नो व्यक्तिगत खर्चमा पानी वितरण गरेका हुन्। उनी नेपालगन्जको एक लेखा परीक्षण संस्थामा काम गर्छन्। सोहीबाट आउने तलबको पैसाबाट सर्वसाधारणलाई पानी खुवाएको उनी बताउँछन्।
‘पैसा हुने मान्छे त रोकिएर पसल तथा होटेलबाट चिसो पानी किनेर खान सक्ला,’ उनी भन्छन्, ‘विपन्न तथा गरिब समुदायका व्यक्ति जो तिर्खाउँदा पनि पानी किन्ने पैसा हुँदैन। मजदुरहरु किनेर पानी खान मुस्किल पर्ला।'उनीहरुलाई लक्षित गरेर एक दिन भए पनि निःशुल्क चिसो पानी वितरण गरेको हुँ ।’ एक दिनका लागि मात्र निःशुल्क चिसो पानी वितरण गरिएको उनको भनाइ छ। शनिबार दिउसो ११ः३० बाट सुरु भएको पानी वितरणको काम २ः४० बजेसम्म भएको थियो। यो अवधिमा चार हजार गिलास पानी वितरण भएको उनको भनाइ छ। ‘पैसा खर्चको हिसाबले कम होला,’ उनी भन्छन्, ‘तर, एउटा प्यासीले प्यास मेटाउनुनै ठूलो हो।’