बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदान प्रदान, उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने विषयमा छलफल भएको छ।
अर्घाखाँचीमा पहिलो पटक आधिकारिक ‘डोरी तान’ प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला डोरी तान संघले आयोजना गरेको प्रतियोगितामा फलाम खिल्ली युथ स्पोट्स क्लब प्रथम भएको छ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभि भाइरस विरुद्धको खोप यही माघ २२ गतेदेखि देशव्यापी लगाइँदै छ । सोही अभियान अन्तर्गत अर्घाखाँचीका ८ हजार बढी किशोरीहरूलाई खोप लगाइने भएको छ ।
अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको पाँचौं संस्करणको उपाधि सौजन्य समाज किमडाँडाले जितेको छ। फाइनल खेलमा रोयल सन्धिखर्कलाई ५९ रनले पराजित गर्दै किमडाँडाले उपाधि आफ्नो बनाएको हो।
अर्घाखाँचीको पाणिनी गाउँपालिका सुन्तला खेतीका लागि देशमै प्रसिद्ध नाम हो। पुस, माघ र फागुन महिना यहाँका किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई हुन्छ। सुन्तला टिप्ने, दाना छाँट्ने, क्यारेटमा राख्ने र गाडीस...