मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । जब मान्छे त्यो ढोकाबाट पस्छ अनि मात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने अवसर पाउँछ।
सिकाइको एउटा महत्त्वपूर्ण गुरु हो चौतारो। त्यहाँ देखिएको बर त्यसको साक्षी हो। जसको विश्वास अगाध छ। जरा गाडिएको धरातल जस्तै। पूर्खाहरूको विश्वास र आस्था छ।
समुन्द्रले आफूसँग अथाह जल भएको भन्दै सगरमाथालाई पानीविहीन ठानिरहेको छ। उचाइँमा छु भन्ने ज्ञान पाएको सगरमाथाले आफ्नो उचाइँको कहिल्यै अहंता देखाएन। त्यसैले त ऊ निरन्तर आफ्नो थाप्लोमा भएको हिउँ पग्लाएर न...