भाग्यमानी बर
२४ फागुन २०८१
•
५ मिनेट पाठ
भाग्यमानी बर
पीपलबर–पीपलको महत्व सबैभन्दा पहिला कसले बुझ्यो किन बुझ्यो र केका लागि बुझ्यो? त्यसलाई चौतारीमा पहिला सजाउने कुरा कसको मानसपटलमा आयो? र, कसले पहिलो चौतारी बनायो? त्यसको उत्तर आजसम्म पाएको छैन। तर पीपलबर–पीपलको छायामा सयौँ बिसौनी बिसाइए। सुस्ताइए। लामो खुइँया काढिए। तर, चौतारी त्यहाँ अडिग छ, हजारौं यात्रुलाई शीतलता प्रदान गर्दै। यसैले नै होला अग्रजहरूले आशीर्वाद दिँदा पीपल‘बर–पीपलजस्तो तपेर रहनु’ भनेको पनि।




चौतारीको नजिकै पुगेर बिसाउँदा कहिलेकाहीँ मनमा एउटा भाव आउँछ। जहाँ प्यास मेटाउनका लागि कलकल बगिरहेको सानो धारो होस्। जसले जलेको आत्मालाई केही शीतलता प्रदान गरोस्। मीठो आशीष देबोस्– मैले जस्तै तिमीले पनि हजारौँको सेवा गर। तिनीहरूको दुःखलाई आफ्नो सम्झ तर याद गर तिम्रो मन लोभ–पापबाट टाढा रहोेस्। मलाई हेर न, मेरो शीतलतामा रमाउँछन्। कति त बास बस्छन्। मेरै काखमा खाना पकाउँछन्। मलाई उनीहरूको पसिनाको बास्नासँगै तिनीहरूले उमालेको गुन्द्रुकको वास्ना पनि उति नै मन पर्छ। उनीहरू खान्छन्। म अघाउँछु।

गोठालाहरूको सुसेली अर्को मीठो स्पन्दन हो मेरो। उनीहरूको बाँसुरीको धुन, बालबालिकाको गट्टाको उफ्राइ र बेलाबेलामा मेरो हाँगाका खेलिने सैसैला मलाई प्यारो लाग्छ। गोठालाहरूले मेरै आङ्मा बसेर बुन्ने डोकोका हरेक आँखाबाट म समाजलाई हेरिरहेको हुन्छु।

सिकारुले बनाउने हलोबाट जोतिने धर्तीको कल्पना गर्छु। तलतल टारीखेतमा त्यही हलोले जोतेर झुलेका लहलह धानका बाला हेर्छु। कहिलेकाहीँ म यी सबै कुरा नपाउँदा एक्लो महसुस गर्छु। नितान्त एक्लो। त्यसबेला मलाई छोएर जाने हावामा म सुस्केरा छोड्छु। त्यो मेरो वेदनाको पीडा हो। तर, आहा ! म त संसारको भाग्यमानी बर। मेरो आङ्मा ढाँक्रेले छरेका अङ्गार र खरानी, केटाकेटीले त्यागेका विष्टा यसमा मलाई कुनै गुनासो छैन। मलाई थाहा छ– उनीहरू यति गर्नकै लागि यहाँ आउँछन्। उनीहरू नआए मेरो आङलाई वनमारा र बद्रीफूलले ढाँक्छन्। मेरो मित्रता र वात्सल्य भने त्यसै त्यसै हराउँछ।

कतिको प्रेम कहानी। कतै विरहका गीत। युद्ध र वीरताका गाथा। मैले नसुनेको केही छैन। र, कहिलेकाहीँ म कचरी पनि सुन्छु। मनमनै भन्छु– हे ईश्वर! म संसारका सबै कुरा सुन्न सक्छु। तर, यो कचरी मेरो आङमा फेरि नहोस्। कति नमिल्दा आरोपहरू ओकल्न सक्छन् मान्छे। मनमिल्दा आन्द्राभुँडी साटेर हिँड्छन्। नमिल्दा कुरा काटेर हिँड्छन्।

म पनि यसै पीपलबर–पीपलको वरिपरि घुम्दाघुम्दै पाकेका बरका दानाहरू छाम्दाछाम्दै र यसको शीतलतामा हराउँदा हराउँदै भावुकतामा कतिबेला कवि बनें? मलाई यो कुराको कुनै सम्झना छैन। मैले उसका दुःख सुने। गोठालाले टुक्टुक्याएका डोब देखेँ। भाँचिएका हाँगा हेरेँ। भत्किएका पर्खाल भेटें। अझ साँचो अर्थमा चारैतिरबाट चिथोरिएको पाएँ। अनि निष्कर्ष निकालेँ– पीडा भोगाइ र सहनशीलतामा यो चौतारो र मेरो देश बराबर छन्।

हरेक चौतारोका हावा, शीतलता र पीडा बराबर छन्। सद्भाव र माया पनि उस्तै। तर पनि, मानिसहरू ‘फलानाले रोपेको यति वर्ष पुरानो’, यस्तै कुराहरूको चर्चा गर्छन्। राख्दैनन् चर्चा र सहानुभूति पीपलबर–पीपलको योगदानको। पानीको झोक्का, हावाको वेग, टाउको थिच्ने भारीको बिसौनी र पसिना ओभाउनमा उसले गरेको योगदानको मूल्य खै? मेरो मथिङ्गल चर्कने गर्छ यो कुराले कहिलेकाहीँ। यो बेला मलाई सुस्तरी ऊ कानमा भन्छ –म त अरू नै रूखमा रहेर पनि जीवन निर्वाह गर्ने वृक्ष हुँ। मलाई कसैले जमिनमा गाडिदियो र त अहिले म पूरै जमिनमा अडिएको छु। भो तिमी व्यार्थको चिन्ता नगर! अरे कति महान छ, यो चौतारो!

म कवि बन्दै गर्दा बरका हाँगाहरू लहरिएझैँ एकपछि अर्को झुण्डिदै आउँछन् कविता। यति मिठासपूर्ण भएर आउँछन्, मानौं वर्षौंदेखि तिर्खाएको जमिनमा वर्षात् आएको होस्। अनि, पलाउँछन् नयाँ आँकुरा कविता, गजल र मुक्तक भएर। कुनै गद्य त कुनै पद्य भएर। यी सबै प्रिय र बराबर लाग्छन् मानौ कुनै औँलाबिना मुठ्ठी बनाउनु नपरोस्।

चौतारीको हावा जस्तै कल्पना लगामबिना कल्पना नै भएर दौडिन्छ। जराले जमिनमा टेके जस्तै, लाग्छ उसको लक्ष्य सागर चुम्नु हो। अनि हाँगाबाट देखिने अर्को क्षितिज भेट्न लम्कनु हो। यो यात्रा निरन्तर अगाडि बढ्छ। जसरी ढुङ्गाबाट मूर्ति र मूर्तिबाट देवता बनेको होस्। जहाँ अगाध प्रेम र आस्था रहेको होस्। यस्तो परिवेशमा यसरी पुजिन्छन् शब्द कि ती सबै मूर्ति हुन्। जसलाई पूर्ण आस्थाले देवता मानिएको छ। अनि चढाइएको छ चौतारीमा भावपूर्ण पुष्पगुच्छाहरू।

सिकाइको एउटा महत्त्वपूर्ण गुरु हो चौतारो। त्यहाँ देखिएको बर त्यसको साक्षी हो। जसको विश्वास अगाध छ। जरा गाडिएको धरातल जस्तै। पूर्खाहरूको विश्वास र आस्था छ। यहाँ नत्र किन ‘ बर–पीपल तथा विष्णु शाखा देव महेश्वर’ भनिन्थ्यो होला र? यसमा केही कारण पक्कै छ। हामी सतहमा भुलिरहेकालाई यो कुरा जान्न मन नपर्न सक्छ।

कालदौरेको कथा जस्तै छ यो पनि। ‘खान लाउन पाएकै छु किन गर्नु सत्यनारायणको कथा’ भन्ने उसको उखान आज पनि धेरै गाउँमा सुन्न सकिन्छ। दसैंमा टीका लगाउँदा ‘खेती नगर्नु, बस्तु नपाल्नु, कहीँकतै जान पाइँदैन’ भनेको कुरा धेरैले स्मरण गर्छन्। तर, उसले चौतारो बनायो । हो, यस्तै कल्पनामा नै बनाइएका कति कुरा धरोहरको रूपमा विकास हुन्छन्। र, बिस्तारै आस्थामा परिणत भएर पूर्व जीवनको महत्वसँग गाँसिन्छन्। तर, पूर्व जीवनको कथा रहस्यको गर्भ जस्तै छ। कहिल्यै उजागर नहुने।

सुख्खा स्थानमा मौलाउन सक्ने बरजस्तै लामो आयुका लागि हामीलाई आशीर्वाद दिने गरेको पाइन्छ। यो विश्वास र आस्थाका कारण नै गरिएको होला। सुख्खा स्थानमा रोपिएको बरले पानीको चाह राखेको भए त्यसको अस्तित्व लोप भइसक्थ्यो होला। तर उसले त्यही सुख्खापनामा आफ्नो जीवनको अस्तित्व खोज्यो र त आजसम्म डाँडामा अडिइरहेको छ।  

जीवनमा जहाँ जसरी र जे छ त्यसैमा टिकेर रहनु भन्ने सन्देश यसले दिएको हुनुपर्छ। नत्र खन्यूँ, सिरिश र मलहोत्रो बन्ने किन सकेन? पक्कै पनि हामी मान्छे जस्तो बहुरूपी हुन नचाहेको हुनुपर्छ। यहाँ निष्ठा र सिद्धान्त दुवैको कुरा आउँछ। हामी त फाइदाको भोगी हौ। त्यसरी पर्खेर बस्ने फुर्सद कहाँ! सधैँको चटारो र हतारो।

यही कारण मलाई चौतारोले सम्झायो। जीवन अलिकता यात्रा, थोरै बाटो र अनगिन्ती मोडहरू भएर अगाडि बढ्छ। अहो! म कल्पना पनि गर्न चाहन्न, त्यो भत्किएको बाटो र छरिएका काँडाहरूका बारेमा। जहाँ त्यो पलको सम्झनाले मात्र काँडा उम्रन्छन् आफ्नै शरीरमा। त्यसपछि मात्र हो आभास हुने– रक्त र पीडाका। मेरो चौताराको आदिम कथा भन्ने र पूरै सुन्ने साहस त मभित्र छैन। र, पनि मनभित्र रहेका अन्तद्र्वन्द्वहरू यत्तिकै आउँछन्।

यही परिवेशमा मलाई गिजोल्दै जन्मन्छ एउटा भाव– चौताराहरू किन आउँछन् जीवनको अनुभूति र पथ निर्देशन गर्न? जुन यादगार बनेर रहन्छ, मानव मस्तिष्कको अन्तस्करणमा। चाहेर पनि त्यसलाई मेट्न सकिंदैन। सायद त्यो मेटिएको क्षण मानव शरीर कुनै घाटमा जल्दै गरेको हुनेछ। म भन्न सक्छु– मैले देखेको जीवनको शाश्वत सत्य यही हो।

(निबन्धकार पौडेलको निबन्धसंग्रह ‘सोकेसको ऐना’ मा संगृहीत।)
अर्को समाचार
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आइतबारदेखि, भाग्यमानी तीन ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
१८ साउन २०८२
•
१ मिनेट पाठ
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आइतबारदेखि, भाग्यमानी तीन ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गरेको छ ।




लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ। यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ।  

यस क्याम्पमार्फत् ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ। कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै तीन भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी-हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २०% सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।  

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस