पढेर हजारौं पुस्तकका ठेलीहरूमा,कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान, तपाईंले म भएर हेर्नुभयो भने,साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग,जहाँ खुट्टा काँटेर वैशाखी र,आँखा फोडेर चश्मा दिने सरकार छ...
हे प्यारी कसम सम्झिन्छु सधैं यो सन्ध्या एक्लै छ, ‘सधैं झैं रङ्गीन छैन यो साँझ अचेल बेग्लै छ।
त्यो हाँसो छैन, त्यो प्यार छैन, छ बाँकी रोदन यही, हिजोझैं सुन्दर यो घर छैन, फोहोर जताततै।
बोक्न नसकेर अभावको भारी, थेग्न नसक्दा मनको पीर, गरिबको खुसी र हाँसो, कब्जा गरेर बसेको राज्यसत्ताले, आफ्नै आँखामुनिको परेला नदेखेपछि,जलेको मन सेकाउन आगोको लप्कामा जल्छ मान्छे।