डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका हुँदै चीन पुगेका जुम्लाको गुठीचौर-१ मणिसाँघुका ३८ वर्षीय गणेश लामा साउन १७ गतेदेखि सम्पर्कविहीन बनेका छन्।
जिल्ला कारागार जुम्लामा एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका अन्दाजी ३४ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको हो।
क्यान्सर रोगले अभिभावकको मृत्युपछि परिवार बिचल्लीमा परेको छ। जुम्लाको पातारासी गाउँपालिका- ४ रुपली बोहोराका पतिको दुई वर्षअगाडि मृत्यु भएपछि उनी र तीन सन्तानको बिचल्ली भएको हो।
जुम्लामा पहिचान नभएको रोगका कारण मौरीहरू धमाधम मर्न थालेपछि किसानहरूले मौरी विशेषज्ञ झिकाउने निर्णय गरेका छन्। जुम्लाका किसानले गोदावरीस्थित मौरी विकास केन्द्रबाट विशेषज्ञ ल्याउने भएका हुन्।
जुम्लाको तिला गाउँपालिका-७ स्थित देउली पाटनमा चट्याङका कारण १२९ भेडाहरू मरेका छन्। मंगलबार दिउँसो चराइराखेको समयमा चट्याङ पर्दा १७ जना किसानका एक सय २९ भेडा मरेका हुन्।