डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका हुँदै चीन पुगेका जुम्लाको गुठीचौर-१ मणिसाँघुका ३८ वर्षीय गणेश लामा साउन १७ गतेदेखि सम्पर्कविहीन बनेका छन्।
लामासँग डोल्पा जगदुल्ला गाउँपालिका-४ का सिंहबहादुर महतारा पनि चीन गएका थिए। नेपाल-चीन नाका कटेको पाँच घण्टापछि लामा सम्पर्कविहीन भएको आफन्तजनहरुले बताएका छन्।
लामा र महतारा व्यापारिक सामान लिन चीन गएका थिए। सिंहबहादुर चीनमा रहेका आफ्ना आफन्तहरुको सम्पर्कमा पुगेका छन्। महताराले बन मान्छे जस्तो देखिने व्यक्तिले गणेशलाई तानेर लगेको बताए। उनले लामाको कुनै अत्तोपत्तो नभएको जानकारी दिए।
मोरिम्ला नाकापारि तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टीमा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने गर्छ। यही सस्तो सामान खरिद गर्न उनीहरु चीन गएका थिए। चीनका व्यापारीले काठमाडौंमा रहेका कमल बरुवाललाई लामा हराएको जानकारी दिएका थिए।
काठमाडौंका कमलले गणेशका पुसाईं पर्ने चन्द्रमान रोकायालाई खबर पठाए। चन्द्रमानले गणेश लामाको खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएका छन्। डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले लामाको हराएको प्रारम्भिक जानकारी आइपुगेको बताए।
दाहालले भने, 'विस्तृत बुझ्दैछौं। डोल्पादेखि गएका जनप्रतिनिधिहरुसँग सम्पर्क गर्न खोजिरहेका छौं।'
डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका जनप्रतिनिधिहरु पनि चीनतिरै छन्। उनीहरुमार्फत चिनियाँ पक्षलाई लामाको खोजीको लागि आग्रह गरिएको दाहालले बताए।
सीमा नाकामा खटिएका प्रहरीलाई आधिकारिक र विस्तृत विवरण माग गरिएको समेत दाहालले जनाए। आधिकारिक रुपमा प्रहरीले रिपोर्ट पठाउने बित्तिकै खोजीको लागि सरकारसँग आग्रह गर्ने उनको भनाइ छ।
लामाका आफन्तहरुले चीनमा खोजीको लागि डोल्पा प्रशासनले पास दिन नमानेको भन्दै आक्रोश पोखेका छन्। पाँच दिनदेखि नेपाली हराउँदा समेत सरकार मूकदर्शक बनिरहेको भन्दै तत्काल खोजी गर्न आग्रह गरेका छन्। लामा होटल व्यवसायी हुन् र नाका खुलेपछि सामान किनेर खच्चरबाट सार्ने योजनामा थिए।
वडाध्यक्ष अर्जुन महताराले लामाको खोजीको लागि आफैं जान लागेको बताए। प्रमुख जिल्ला अधिकारी दाहालले १५ दिनका लागि मात्र खुल्ने उक्त नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, पेय पदार्थलगायत खाद्यवस्तु किनमेल गर्ने गर्दछन्। खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौंरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ।