क्यान्सर रोगले अभिभावकको मृत्युपछि परिवार बिचल्लीमा परेको छ। जुम्लाको पातारासी गाउँपालिका– ४ रुपली बोहोराका पतिको दुई वर्षअगाडि मृत्यु भएपछि उनी र तीन सन्तानको बिचल्ली भएको हो।
दुई वर्षपहिले उपचार गर्न भारत गएका पति फेरि घर फर्किएनन्। उनको उपचारका लागि झन्डै सात लाख रुपैयाँ सकियो। त्यो पनि आफन्त र गाउँलेले संकलन गरी ज’टाइदिएका थिए।
रुपली आफैं पनि मेरुदण्डको समस्याले ग्रस्त छिन्। उनले भनिन्, ‘दुई लाख खर्च गरेर उपचार त गरें तर राम्रोसँग हिँडडुल र काम गर्न सक्दिनँ ’। उनको बस्ने घर पनि जीर्ण छ । चारैतिर भत्किएको छ। ‘के गर्नु, गरिबको कर्म यस्तै रहेछ’, उनले भनिन्।
गरिबीका कारण नयाँ घर बनाउने अवस्था छैन । पटकपटक भत्किँदै गएको घरसमेत टालटुल गर्ने सकेकी छैनन् । ‘घर त आठ कोठाको छ, तर के गर्नु जताततै दरार परेको छ । चुहिने छानो छ’, उनले भनिन्, ‘कतिबेला भत्किने हो भन्ने चिन्ताले पिरोल्छ।’
उनले आफूहरू चिहान घरमा बसिरहेको बताइन्। ‘बर्खायाममा पानी चुहिएर भिजाउँछ। हिउँदमा चिसोले सताउँछ’, उनले भनिन्, ‘जीवनमरणको दोसाँधमा उभिएर बाँचिरहेका छौं।’ उनका दुइ छोरी र एक छोरा छन्। त्यही भत्किएको घरमा बस्छन्। रुपलीले भनिन्, ‘म एक्लैको कमाइले घर लगाउँ कि छोराछोरी पालौं।’ साँझ र बिहानको हातमुख जोड्न पनि निकै गाह्रो छ।’
सानै भए पनि उनी छोराछोरीलाई यार्सा सिजनमा पाटन पठाउँछिन्। स्याउ ओखरको सानोतिनो बगैंचा छ, तर त्यतिले उनीहरूको गुजारा चल्दैन। दुई दशकपहिले पतिले निर्माण गरेको जीर्ण घरमा बस्नुपर्दाको पीडा सुनाउँदै उनी भक्कानिन्छिन्।
भारी वर्षा हुँदा उनको परिवार जाग्राम बस्छ । अलिकति पानी पर्यो कि दुई तलासम्म चुहिने भइसकेको छ। धेरै हावा चल्नेबित्तिकै घर नै हल्लिन थाल्छ।
उनले पटकपटक स्थानीय सरकारसँग कथाव्यथा सुनाएकी छन्, तर कसैले वास्ता गरेनन्। ‘पति मात्रै मसँग भइदिएको भए घर नयाँ बनिसक्थ्यो होला। उनी भन्छिन्, ‘क्यान्सरले साहराविहीन बनाइदियो।’
छोराछोरीहरू एक सिजनमा जडीबुटी संकलनका लागि पाटन जान्छन्। उनीहरू सानै भएकाले धेरै कमाउन सक्दैनन्। जडीबुटी संकलन गर्न गएका बेला तिनै सन्तानको पढाइ छुट्ने गरेको उनी बताउँछिन्।
यता पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जीर्ण घर प”रै निर्माण गर्न नसके पनि स्थानीय सरकारले सक्दो सहयोग गर्न तयार रहेको बताए । ‘घरको अवस्था हेरी सरकारका तर्फबाट सकिने सहयोग गर्न प्रतिबद्ध छौं’, उनले भने।
उनका अनुसार औषधोपचारका लागि स्थानीय सरकारले नै सहयोग गरेको थियो। घर निर्माणका लागि स्थानीय सरकार तयार छ।