नेपालमै पहिलो पटक निर्माण गरिएको ग्वार्को फ्लाई ओभर (ओभर पास) गाडी गुडाउन तयार हुँदैछ। यही महिनाभित्र ओभर पासको सबै काम पूरा गरी ठेकेदार कम्पनीले सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा विभिन्न संवैधानिका आयोगमा गरिएका नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतले यही जेठ २८ गते फैसला सुनाउने भनेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको संघीय निजामती सेवा ऐनको मस्यौदाबाट ‘कुलिङ पिरियड’ हटाउन सरकारका सचिवहरूले तीव्र ‘लबिइङ’ गर्न थालेका छन्।
रेल सेवाको विकास र विस्तार गरी नेपालमा सुरक्षित र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवासम्बन्धी अनुसन्धान गर्ने र रेल सेवा विस्तार गर्न सम्भाव्य भएका ठाउँहरूको अध्ययन गर्ने नाममा एक वर्षमै...
कुलिङ पिरिएड नराख्न मुख्यसचिव एकनारायण अर्यालसहित केही सचिवहरूले निकै जोड गरिरहेका छन् । उनीहरूको जोडबल राज्य व्यवस्था समितिले मस्यौदा पास गर्नुभन्दा अघिदेखि नै थियो ।
बागमती विकास समितिका सदस्यसचिव नारायण भण्डारीले टुकुचा ढल प्रशोधन केन्द्रको काम समयमा पूरा नभएपछि म्याद थपका लागि एसियाली विकास बैंक (एडिबी) लाई चिठी पठाएको बताए।
काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयबाट प्लटिङ गर्ने अनुमति नलिएका र तोकिएको मापदण्ड पूरा नगरी अवैध प्लटिङ गरिएका काठमाडौं जिल्लाभित्रका विभिन्न स्थानका करिब दुई हजार पाँ...