जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिनाअघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन्।
चर्चित टीकापुर काण्डको अभियोगमा ५ वर्ष जेल जीवन बिताएर भर्खरै निस्केका रेशमलाल चौधरीले पहिचानको मुद्दा उठाउँदा जातिवादीको झुटा मुद्दा लगाएर आफूलाई जेल कोचेको दुःखेसो गरेका छन्।
स्थानीयतहहरुमा चरम भ्रष्टाचार र बेथिति मौलाइरहेको भन्ने जनगुनासो व्यापक आइरहेका बेला उदयपुरमा वडा कार्यालयको घेरावार (कम्पाउण्ड) पर्खाल हावाहुरीले भत्काइदिएको छ।
झण्डै दुई दशकदेखि जिर्ण भए पनि राज्यको नजर पुग्न नसकेको ‘मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा’ जोड्ने सिद्धिचरण लोकमार्ग बजेट अभावमा स्तरोन्नति हुन सकेको छैन।